Date
शनि, कार्तिक १४, २०८३
Sat, October 31, 2026

मुश्लिम अगुवाहरुलाई शिक्षामा जोड दिन मुख्यमन्त्री राउतको आग्रह 

spot_img
spot_img

जनकपुरधाम, ९ पुष ।

प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले मुश्लिम अगुवाहरुलाई बालबालिकाको शिक्षामा जोड दिन आग्रह गर्नु भएको छ । अलहुदा एजुकेशन एण्ड वेलफेयर सोसाइटीले आयोजन गरेको तीन दिवसीय प्रशिक्षण कार्यक्रमको समापन समारोहमा मुख्यमन्त्री राउतले मुस्लिम समुदायको समाजिक, राजनीति र आर्थिक उन्नयनका लागि बालबालिको शिक्षामा जोड दिनु पर्ने बताउनु भयो ।

उहाँले प्रदेश सरकार सबै जात समुदायको अधिकारको रक्षाको लागि प्रतिबद्ध रहेको उल्लेख गर्नु हुँदै राज्यले प्रदान गर्ने अधिकार प्राप्त गर्न समेत शिक्षा आवश्यक रहेको तर्फ अगुवाहरुलाई सचेत गराउनु भयो । प्रदेश सरकारले ल्याउन लागेको मदरसा बोर्डले इस्लामिक शिक्षाको साथै आधुनिक शिक्षाको पनि ज्ञारेन्टी गरेको हुँदा विधेयक पारित भए पछि मदरसामा अध्ययन गर्ने छात्र छात्राहरु समेत राज्यको मुलधारमा समाहित हुने उल्लेख गर्नु भयो ।

अब्दुला जोलमको अध्यक्षतामा भएको समापन समारोहमा पूर्व गृहराज्यमन्त्री रिजवान अन्सारी लगायतका वक्ताहरुले सम्बोधन गरेका थिए । योग्य शिक्षक उत्पादन गर्ने उद्देश्यले आयोजन गरिएको तालिममा मुलुकको विभिन्न मदरसामा अध्ययनरत ६० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...