Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026

छिपरहमाई गाउँपालिका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गर्दै

spot_img
spot_img

जितेन्द्र यादव / छिपहरमाई, २८ मंसिर ।
पर्साको छिपहरमाई गाउँपालिकाको वडा नं. १, मिर्जापुरमा विहिबार जेष्ठ नागरिक पुरुष तथा महिलाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । गाउँपालिकाले वडा अन्तर्गतका ८० पुरुष र ८९ महिला गरी १ सय ६९ जना जेष्ठ नागरिकहरुलाई स्वीटर, जयाकेट तथा टाउजर वितरण गरेको हो ।

वडा अध्यक्ष राजबली राउत अहिरको अध्यक्षतामा र गाउँपालिका अध्यक्ष मनोज गुप्ताको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको थियो । कार्यक्रममा स्थानिय अगुवा पप्पु कुमार यादव, मगनी यादव, चन्द्रिका यादव, चामचन्द्र साह लगायतकाको सहभागिता रहेको थियो ।

चिसो र शितलहरबाट जोगाउन जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको गाउँपालिका अध्यक्ष गुप्ताले वताए । वडा नं. १, मिर्जापुरबाट सुरु गरिएको न्यानो कपडा वितरण कार्य सबै वडामा वितरण गरिने गुप्ताले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...