Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

प्रहरी र जनप्रतिनिधि कै मिलोमतोमा भारतिय धान नेपाल तस्करी

spot_img
spot_img

पर्सा, २१ मंसिर ।
प्रहरी र जनप्रतिनिधि कै मिलोमतोमा पर्साको ग्रामिण भेगको नाका भएर भारतिय धान नेपाल भित्रि रहेको छ । पर्साको छिपहरमाई गाउँपालिकाको वडा नं. १, मिर्जापुर र भारत बभनौली नाका भएर दिनहु दर्जनौ धानको ट्रेक्टरहरु नेपाल भित्रिरहेको स्थानियहरुले वताएका छन । प्रहरी चौकी मिर्जापुर अगाडीबाट नै प्रहरीलाई नजराना बुझाई दिनहु दर्जनौं ट्रेक्टर नेपाल भित्रिरहेका छन ।

नेपाली व्यापारीहरुले सिमावर्ती भारतको गाउँहरुबाट धान खरिद गरी वडा अध्यक्ष संग सिफारिस लिई नेपाल भित्राउने गरेको स्थानियहरुको भनाई छ ।

dhan-kalikatimesयस्तै छिपहरमाई गाउँपालिकाको वडा नं. २ टिहुकी र भारतको प्रसोतिपुर नाका भएर पनि धान नेपाल भित्रिने गरेको छ । यस्तै प्रहरी चौकी टिहुकीको मिलोमतोमा नेपालको भेडिहारवा र भारतको भेडिहारवा नाका भएर पनि भारतिय धान भित्रिने गरेको स्थानियहरुले वताएका छन ।

मिर्जापुरको भलवहिया र भारतको बसमपुर नाकाबाट पनि भारतिय धान नेपाल तस्करी भइरहेको छ । यी नाकाहरुबाट बैल गाडामा पनि धान तस्करी भइरहेको छ । भारतको मैनाटाड, प्रसोतिपुर थाना र एस.एस.बी.लाई पनि व्यपारीहरुले नजराना बुझाई धान तस्करी गरीरहेका छन ।

भारतमा धानको भाउ सस्तो र नेपालमा महंगो भएकोले भारतिय धान नेपाल भित्रियाई व्यापरीहरुले पोखरिया, गर्दोल, बहुअर्वा लगायतका सेलर मिलहरुमा बिक्री गर्ने गरेका छन । व्यापरीहरुले भारतको गाउँहरमा भारु ११ सय क्युन्टल धान खरिद गर्ने गरेका छन भने नेपालमा धानको मुल्य नेरु २४ सय रहेको छ । स्थानियहरुका अनुसार मुल्य धेरैको फरक रहेका कारण व्यापारीहरु नेपाली धान खरिद गर्दैन ।

खरिद गरे पनि मनपरी मुल्यमा खरिद गर्दछन । भारतिय धान नेपाल खुल्याम भित्रेका कारण हामीहरु मर्कामा परहेको स्थानियहरु बताउँछन । विशेष गरी विहान र रातीको समयमा भारतिय धानहरु नेपाल भित्रिने गरेका छन । सम्बन्धीत वडा अध्यक्ष, प्रहरी चौकी र भारतिय एस.एस.वी. को मिलोमतोमा धान भित्रिने गरेको स्थानियहरु बताउँछन ।

यस्तै अझै पनि नेपालबाट भारत गिटी तस्करी रुकन सकेको छैन । पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलको छडकेमा गिटीको ट्रेक्टर पक्राउ परेको केही समय मात्र गिटी तस्करी रुके पनि यता आएर फेरी सुरु भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...