Date
बुध, असार ४, २०८२
Wed, June 18, 2025

रेडियो वीरगंजले शनिबार आयोजना गर्ने बृहत सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा

वीरगंज, २० मंसिर ।
रेडियो वीरगंज ९९ मेगाहर्जले आफ्नो १६ औँ बार्षिकोत्सवको अवसरमा विगत बर्ष झै यस बर्ष पनि साताव्यापी कार्यक्रमको आयोजना गर्दै छ । मध्यतराइकै पहिलो रेडियोको रुपमा रहेको रेडियो वीरगंजले साताव्यापी कार्यक्रमको पहिलो दिन मंसिर २२ गते, शनिबार बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको र त्यसको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

- Advertisement -

रेडियो परिसरमा बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै रेडियो वीरगजका कार्यकारी अध्यक्ष धु्रव साहले मंसिर शनिबार आदर्शनगरमा आयोजना हुने बृहत सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराउनु भयो । अध्यक्ष साहले समाजीक क्षेत्रमा समेत उल्लेख्य योगदान पु¥याउदै आएको रेडियो वीरगंजले वार्षिकोत्सवको अवसरमा समाजमा उल्लेख्य योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गर्ने घोषणा समेत गर्नु भयो ।

radio brj-kalikatimes

उहाले बार्षिकोत्सवका अवसरमा यही मंसिर २२ गते देखि शुरु साताव्यापि कार्यक्रमको पहिलो दिन वीरगंजको आदर्श नगर चोकमा बृहत सांस्कृतिक कार्यक्रम गरिने र कार्यक्रमको लागि मन्च व्यवस्थापन, स्वागतद्धारा लगायत सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको बताउनु भयो । शनिबार मध्यान्ह १२ बजे देखि शुरु हुने खुला बृहत सास्कृतिक कार्यक्रममा नेपालका चर्चित गायक, गायीकाहरुको प्रस्तुति दिने छन् ।

कार्यक्रममा मेलिना राई, हेमन्त शर्मा, टिका प्रसाई, कमल खत्री, सन्जु अमात्य, सुनिल पण्डित, सोनी आचार्य, कलिउड डान्स सेन्टर हटौडाको प्रस्तुति रहने कार्यक्रम रहेको साहले जानकारी गराउनु भयो । यसैगरी पत्रकार सम्मेलनमा साहले रेडियो वीरगंजले मंसिर २९ गते, शनिबार रक्तदान कार्यक्रमको आयोजना गर्ने जानकारी गराउनु भयो ।

गत बर्षको रक्तदान कार्यक्रममा ३ सय ५० जनाले रक्तदान गरेकोमा यस बर्ष ५ सय जनाले रक्तदान गर्ने रेडियोको लक्ष्य रहेको छ । यसका साथै साताव्यापी कार्यक्रम अन्तर्ग स्रोता मिलन, अन्तरक्रिया कार्यक्रम लगायतको कार्यक्रम रहेको छ । पत्रकार सम्मेलन मै बोल्दै अध्यक्ष साहले अव रेडियोको २ हजार वाटमा क्षमता वृद्धि भएको वताउदै तराई कै पहिलो रेडियो रुपमा प्रसारण गर्न गइरहेको दावी गर्नु भयो । २ हजार वाटमा मंसिर २७ गते देखी नै प्रचारण गर्ने रेडियोको तयारी रहेको साहले वताउनु भयो ।

हालको रेडियो टावरलाई आधुनिकिकरण गरी ४० मिटर थप अग्लो बनाइ प्रसारण क्षमतामा तराईकै पहिलो रेडियो वन्ने अध्यक्ष साहको दावी थियो । नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य कृष्ण गिरीको विशेष उपस्थितीमा भएको पत्रकार सम्मेलनमा रेडियोका समाचार प्रमुख धु्रव अधिकारी लगायतकाको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण पत्रकार आरके पटेलले गर्नु भएको थियो ।

ताजा अपडेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नबिल बैंककर्मी सन्तोष साहद्वारा सडक दुर्घटनाबाट दुई युवाको साहसी उद्धार

बारा | नबिल बैंक लिमिटेडमा कार्यरत कर्मचारी सन्तोष कुमार साहले बाराको नितनपुरमा भएको एक गम्भीर सडक दुर्घटनामा घाइते भएका दुई युवाको साहसी र तत्काल...

संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न माग

काठमाडौं । मधेशी अधिकृत समाज, नेपालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी...

वडाअध्यक्ष स्वर्णकारद्वारा रक्तसञ्चार केन्द्र वीरगंजलाई एसी हस्तान्तरण

वीरगंज । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाअन्तर्गत सञ्चालनमा रहेको रक्तसञ्चार केन्द्र, वीरगञ्जलाई वडानम्बर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार नेतृत्वको वडा समितिले एसी (एयर...