Date
शनि, कार्तिक २२, २०८२
Sat, November 8, 2025

नेपाल पर्यटन बोर्डलाई संयोजक सर्राफद्वारा ८८ पृष्ठको तराई पर्यटन दस्तावेज हस्तान्तरण

वीरगन्ज, १८ मंसिर ।
भिजिट मधेश नेपालका राष्ट्रिय संयोजक ओम प्रकाश सर्राफले नेपाल पर्यटन बोर्डका प्रबन्धकद्वय उदय भट्टराई र संतोष घिमिरेलाई तराई मधेसका पर्यटकिय सम्भावना बारे ध्यानाकर्षण गराएका छन । मधेसको पर्यटन बिकाश बिना नेपालको पर्यटनको बिकाश सम्भव नरहेको भन्दै ८८ पृष्ठ लामो दस्तावेज संयोजक सर्राफले हस्तान्तरण गरे ।

- Advertisement -

तराई मधेसका २२ जिल्लाबाट संकल्न गरिएको धार्मिक, ईतिहासिक, पुरातात्विक, साँस्कृतिक पर्यटकिय सम्भावना बोकेका धरोहरहरुको सुचि रहेको दस्तावेज बुझाउदै संयोजक सर्राफले नेपाल पर्यटन बोर्डलाई २२ जिल्लामा रहेका पर्यटकिय धरोहरहरुमा लगानी एवं समर्वद्धन गरी पर्यटन प्रवद्धन गर्न आग्रह गरेका थिए ।

अहिले सम्म नेपाल पर्यटन बोर्डले पहाडी र हिमाली पर्यटकिय स्थललाई मात्रै प्राथमिकता दिएकोमा आपती जनाउदै अब तराई मधेसमा रहेका पर्यटकिय धरोहरहरुमा लगानी गर्न आग्रह गर्नु भयो ।

भिजिट नेपाल २०२०को उद्देश्य पुरा गर्न पनि तराई मधेशमा पर्यटन प्रर्वद्धन गरी त्यसको अनुभुति र प्रभाव पार्ने गरी निति नियम बनाउन आग्रह गर्नुभयो । दस्तावेज बुझदै नेपाल पर्यटन बोर्डका प्रबन्धक उदय भट्टराइले अभियानको प्रंशसा गर्दै दस्तावेजलाई ठुलो उपलब्धिको रुपमा लिएर अघि बढने बताए ।

भिजिट मधेस नेपाल तराई मधेसका २२ वटै जिल्लालाई जोड्दै पर्यटन प्रवद्र्धनको लागि राष्ट्रिय र अन्र्तराष्ट्रिय रुपमा अभियान संचाल्न गर्दै आएको छ ।

नेपाल पर्यटन बोर्डले ईच्छा होटलमा आयोजना गरेको कार्यक्रममा प्रदेश नम्बर २ का होटल एवं पर्यटन व्यवसायि संघका महासचिव मोहन शर्मा लामिछाने,पर्सा वन्यजन्तु आरक्षका वाडेन लगायत पर्यटन व्यवसाय संग आवद्ध प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जनमत पार्टीद्वारा ‘घर–घर जनसन्देश’ अभियान सुरु, मतदाता दर्ता र सचेत सहभागितामा जोड

वीरगंज । लोकतन्त्रको महापर्व आगामी निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टीले मतदाता दर्ता अभियानलाई गाउँ–गाउँ र टोल–टोलसम्म पुर्‍याउने उद्देश्यका साथ ‘घर–घर जनसन्देश’ अभियान सुरु गरेको...

आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रसँग सहकार्यमा अघि बढ्दैछ : अर्थमन्त्री खनाल

वीरगंज । अर्थमन्त्री रामेश्वर खनालले आर्थिक समृद्धि हासिल गर्न सरकार निजी क्षेत्रसँग सहकार्यका लागि अग्रसर रहेको बताएका छन्। शुक्रबार वीरगंज उद्योग वाणिज्य संघमा आयोजित...

बीरगंजमा पोखरीमा डुबेर १२ वर्षीय बालकको मृत्यु

वीरगंज । वीरगंज महानगरपालिका–२८ सिधुवाटोलस्थित छठिघाट नजिकको पोखरीमा डुबेर एक १२ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु भएको बालकको शव सशस्त्र प्रहरीले उद्धार...