Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

नेपाल पर्यटन बोर्डलाई संयोजक सर्राफद्वारा ८८ पृष्ठको तराई पर्यटन दस्तावेज हस्तान्तरण

spot_img
spot_img

वीरगन्ज, १८ मंसिर ।
भिजिट मधेश नेपालका राष्ट्रिय संयोजक ओम प्रकाश सर्राफले नेपाल पर्यटन बोर्डका प्रबन्धकद्वय उदय भट्टराई र संतोष घिमिरेलाई तराई मधेसका पर्यटकिय सम्भावना बारे ध्यानाकर्षण गराएका छन । मधेसको पर्यटन बिकाश बिना नेपालको पर्यटनको बिकाश सम्भव नरहेको भन्दै ८८ पृष्ठ लामो दस्तावेज संयोजक सर्राफले हस्तान्तरण गरे ।

तराई मधेसका २२ जिल्लाबाट संकल्न गरिएको धार्मिक, ईतिहासिक, पुरातात्विक, साँस्कृतिक पर्यटकिय सम्भावना बोकेका धरोहरहरुको सुचि रहेको दस्तावेज बुझाउदै संयोजक सर्राफले नेपाल पर्यटन बोर्डलाई २२ जिल्लामा रहेका पर्यटकिय धरोहरहरुमा लगानी एवं समर्वद्धन गरी पर्यटन प्रवद्धन गर्न आग्रह गरेका थिए ।

अहिले सम्म नेपाल पर्यटन बोर्डले पहाडी र हिमाली पर्यटकिय स्थललाई मात्रै प्राथमिकता दिएकोमा आपती जनाउदै अब तराई मधेसमा रहेका पर्यटकिय धरोहरहरुमा लगानी गर्न आग्रह गर्नु भयो ।

भिजिट नेपाल २०२०को उद्देश्य पुरा गर्न पनि तराई मधेशमा पर्यटन प्रर्वद्धन गरी त्यसको अनुभुति र प्रभाव पार्ने गरी निति नियम बनाउन आग्रह गर्नुभयो । दस्तावेज बुझदै नेपाल पर्यटन बोर्डका प्रबन्धक उदय भट्टराइले अभियानको प्रंशसा गर्दै दस्तावेजलाई ठुलो उपलब्धिको रुपमा लिएर अघि बढने बताए ।

भिजिट मधेस नेपाल तराई मधेसका २२ वटै जिल्लालाई जोड्दै पर्यटन प्रवद्र्धनको लागि राष्ट्रिय र अन्र्तराष्ट्रिय रुपमा अभियान संचाल्न गर्दै आएको छ ।

नेपाल पर्यटन बोर्डले ईच्छा होटलमा आयोजना गरेको कार्यक्रममा प्रदेश नम्बर २ का होटल एवं पर्यटन व्यवसायि संघका महासचिव मोहन शर्मा लामिछाने,पर्सा वन्यजन्तु आरक्षका वाडेन लगायत पर्यटन व्यवसाय संग आवद्ध प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भाथाधाममा ट्र्याक्टरबाट खसेका किशोरको चक्काले किचेर मृत्यु, चालक फरार

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा ट्र्याक्टरबाट खसेका एक किशोरको सोही ट्र्याक्टरले किचेर मृत्यु भएको...

२५ वर्षदेखि बन्द वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगंज । करिब २५ वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदल स्थलगत निरीक्षणमा जुटेको छ ।...

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुर । मुक्त हरवाचरवाको पहिचान, भूमि अधिकार तथा पुनर्स्थापनाको माग गर्दै जनकपुरधाममा हजारौँ मुक्त हरवाचरवाले विरोध प्रदर्शन गरेका छन्। हरवाचरवा संघर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो...