Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

नेताहरुको गुटको शिकार बने विद्यार्थी नेता इशक कुमार

spot_img
spot_img

पर्सा । तत्कालिन नेकपा माओवादी केन्द्रको एकतादेखि नै गुटबन्दीमा चलेको पर्साको तत्कालिन नेकपा माओवादी पार्टी एमाले सँगको एकीकरण प्रकृयासम्म आईपुग्दा सम्म झन गुटबन्दी सतहमा देखिएको छ । पछिल्लो समयमा गुटको शिकार भएका छन् तत्कालिन नेकपा माओवादीको भातृ संगठन अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य इशक कुमार ।

प्रहरीसँग भनाभन गरेको आरोपमा पक्राउ परेका केन्द्रीय सदस्य इशक कुमारलाई छुटाउन कुनै पहल नगरेको भन्दै विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) र अनेरास्ववियुका विद्यार्थीहरु आक्रोशित भएका छन् । एकताको प्रकृयामा रहेको नेकपा पर्साको कार्यदल पनि आफ्नो भातृ संगठनका कार्यकर्तालाई छुटाउनका लागि चासो नदेखाएको विद्याथीहरुको गुनासो छ ।

इशक कुमार तत्कालिन नेकपा माओवादी केन्द्रको नारायणकाजी श्रेष्ठ गुटका विद्यार्थी भएकै कारणले अन्य गुटका पार्टीका नेता तथा विद्यार्थीहरुले पनि उनको रिहाका लागि खासै चासो नदेखाएको उनीहरुको भनाई छ । नेकपाको कार्यदलका सदस्यहरु लगायतका पार्टीका सबै नेताहरुसँग इशक कुमारको बारेमा जानकारी गराउँदा समेत कोहीपनि जवाफदेही नभएकोमा विद्यार्थीहरु पार्टीप्रति नै असन्तुष्ट बनेका छन् ।

तत्कालिन नेकपा माओवादी केन्द्रको संगठनमा पनि संस्थापन, राम बहादुर थापा ‘बादल’ नारायणकाजी र मातृका गुटमा विभाजन भएकाले प्रहरी हिरासतमा रहेका इशक कुमारको रिहाइमा खासै दबाव नपरेको विद्यार्थीहरुको बुझाई छ । जिल्लाका नेताहरु व्यक्ति केन्द्रीत र गुटबन्दीकै कारण पार्टीका केन्द्रीय स्तरका नेताहरु पनि पर्सामा आउन खासै इच्छा देखाउदैनन् ।

माओवादी आन्दोलनका क्रममा वीरगन्जमा काशी तिवारीको हत्यापछि प्रभु साहमाथि व्यापक दबाव परेपनि पर्साका नेताहरुले साथ नदिएकै कारण र पछिल्लो समयमा देखिएको पार्टीको गुटबन्दीले साह पनि पर्सामा आउन खासै रुची नदेखाउने गरेको जानकारहरु बताउछन् ।

गुटबन्दीकै कारण उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकका यादव पनि जिल्लामा आउन चाहदैनन् । पछिल्लो समयमा निम्बसको उद्योगमा छापा मारेको विषयमा विवादमा परेपछि यादव पर्सामा आफ्नो गुटकै नेताहरुमाथि असन्तुष्ट बनेको स्रोतको भनाई छ । पूर्व सांसदहरुदेखि वर्तमान सांसदहरुको पनि पर्सा पार्टी र कार्यकर्ताहरुमा खासै प्रभाव नरहेको देखिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...