Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

गुठी संस्थानको लापरवाहीले कट्टी मठको अवस्था दिनप्रदिन जिर्ण बन्दै

spot_img
spot_img

पर्सा, ७ मंसिर ।
पर्साको पकहामैनपुर गाउँपालिका र कालिकामाई गाउँपालिकाको सिमानामा रहेको राधाकृष्ण सुर्जाहा कट्टी मठको अवस्था दिनप्रदिन जिर्ण बन्दै गएको छ । ६५ बिगहा जग्गा र २ वटा पोखरी समेत सम्पति रहेको मंठको अवस्था खस्दै गएको स्थानिवासीहरु गुनासो गरेका छन । कुल ६५ बिगहा जग्गा मध्ये सुजार्हाको जग्गा २१ बिगहालाई मात्रै गुठी संस्थानले ठेक्कापटा गरेकोले अवस्था नाजुक बन्दै गएको हो ।

मंन्दिरको जग्गा गुठी अन्तर्गत रहेकोले स्थानियवासीहरुले चाहेर पनि केही गर्न नसकेको स्थानिय सोनालाल दासले बताए । पकहामैनुर गाउँपालिकाको लहावरथकरी, धोरे, कालिकामाई गाउँपालिकाको भेडिहारी, प्रशुरामपुर, बलुवा, कटी, हरिहरपुर बिर्ता, धोबिनी गाउँपालिकाको गुलरीया, जगरनाथपुर गाउँपालिकाको सन्ठी औराहा र पोखरीया नगरपालिकाको बसन्तपुरमा बाकी ४४ बिगहा जग्गा रहेको छ ।

सुर्जाहाको २१ बिगहा जग्गालाई मात्रै ६ सय ५० मन धान लिने गरी ठेक्का भएको छ भने २ वटा पोखरी मध्ये १ मात्र पोखरी ६२ लाखमा ठेक्का भएको छ । गुठी संस्थानको लापरवाहीले गर्दा बाकी ४४ बिगहा जग्गाको ठेक्का पटा र १ पोखरीको ठेक्कापटा हुन नसकेको स्थानियहरु आरोप लगाएका छन ।

बिगत केही बर्ष अगाडी सो आसपासका अगुवाहरुको भेलाले सोही जग्गामा बिश्वबिधालय बनाउने समेत निर्णय गरेको थियो । बिश्व बिधालय बनाउने सम्मपुर्ण क्षेत्रफल र सम्मपति रहेको मठको जग्गा प्रयाप्त भए पनि मठ नै ब्यवस्थित र मर्यादित अवस्थामा नरहेकोले स्थानियवासीहरु चिन्तीत बनेका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...