Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

सखुवा प्रसौनी गाउँपालिकाबाट जुवा खेल्ने ६ जना पक्राउ

spot_img
spot_img

वीरगंज, ६ मंसिर ।
पर्साको सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. ५, बलुवाबाट जुवा खेल्ने ६ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. ६ बस्ने वर्ष ३५ को मुक्तार मिया, वडा नं. ५ बस्ने वर्ष ३८ को जयराम राउत कुर्मी, वडा नं. ६, लखनपुर बस्ने वर्ष २५ को जोखु राउत मंकर, वडा नं. ५, बलुवा बस्ने वर्ष २६ को दिनेश राम, वर्ष ५४ को राम गुलाम प्रसाद यादव र बहुदरमाई न.पा. वडा नं. ५ पटनी बस्ने वर्ष १९ को दिपनारायण महतो कोईरी रहेका छन ।

बुधबार अंदाजी २३:३० बजे सखुवा प्रसौनी गा.पा.५ बलुवा स्थित जलान्धर यादवको घरमा कौडा खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको प्रहरी टोलीले कौडा खेली रहेको अवस्थामा ६ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाही भई रहेको जनाएको छ ।

जुवा स्थलबाट कौडा १६ पिस, मोबाइल २ थान र नगद रु २८ हजार ७ सय ५ समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...