Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026

सखुवा प्रसौनी गाउँपालिकाबाट जुवा खेल्ने ६ जना पक्राउ

spot_img
spot_img

वीरगंज, ६ मंसिर ।
पर्साको सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. ५, बलुवाबाट जुवा खेल्ने ६ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. ६ बस्ने वर्ष ३५ को मुक्तार मिया, वडा नं. ५ बस्ने वर्ष ३८ को जयराम राउत कुर्मी, वडा नं. ६, लखनपुर बस्ने वर्ष २५ को जोखु राउत मंकर, वडा नं. ५, बलुवा बस्ने वर्ष २६ को दिनेश राम, वर्ष ५४ को राम गुलाम प्रसाद यादव र बहुदरमाई न.पा. वडा नं. ५ पटनी बस्ने वर्ष १९ को दिपनारायण महतो कोईरी रहेका छन ।

बुधबार अंदाजी २३:३० बजे सखुवा प्रसौनी गा.पा.५ बलुवा स्थित जलान्धर यादवको घरमा कौडा खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको प्रहरी टोलीले कौडा खेली रहेको अवस्थामा ६ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाही भई रहेको जनाएको छ ।

जुवा स्थलबाट कौडा १६ पिस, मोबाइल २ थान र नगद रु २८ हजार ७ सय ५ समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

शिक्षकलाई डिजिटल साक्षरता र अनलाइन सुरक्षा तालिम

वीरगंज । पर्साकाे पटेर्वा सुगाैली गाउँपालिकामा शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि दुईदिने डिजिटल साक्षरता तथा अनलाइन सुरक्षा तालिम सुरु भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

भोटेकोसी बाढीपीडितका लागि वीरगंज महानगरले १ करोड ११ लाख सहयोग गर्ने

वीरगंज । भोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि वीरगंज महानगरपालिकाले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । कार्यवाहक नगर...

लंगडीमा ३ महिलासहित ८८ जनाद्वारा रक्तदान

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–४ स्थित लंगडी चौकमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मानवीय प्रेम परोपकार कोषको आयोजनामा भएको कार्यक्रममा ३ महिलासहित...