Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

घरमा कोही नभएको मौका छोपी पर्सामा फेरि एक युवतीको बलात्कार

spot_img
spot_img

पर्सा । सामुहिक बलात्कारको शिकार भएकी महिलाले न्याय नपाएको गुनासो आईरहेकै अवस्थामा पर्सामा फेरि एउटा बलात्कारको घटना सार्वजनिक भएको छ । पर्साको छिपहरमाई गाउँपालिका वडा नं १ मिर्जापुरकी २५ बर्षिया महिलाको बलात्कार भएको हो । महिलाले जिल्ला प्रहरी कार्यालय पर्सामा आफूमाथि बालात्कार भएको उजुरी दिएकी छन् ।

उनले लिखित जाहेरी दिँदै गाउँकै ३२ बर्षिय राजकुमार यादवले आफूमाथि जर्बजस्ती करणी गरेको दावी गरेकी हुन् । परिवारका कुनै पनि सदस्य घरमा नभएको मौका छोपी घरभित्र प्रवेश गरी यादवले मंसिर ४ गते दिउँसो मुख थुनेर जर्बजस्ती करणी गरेको महिलाले प्रहरी कार्यालयमा दिएको उजुरीमा उल्लेख छ । पिडित महिलाले बाहिर रहेको श्रीमानलाई फोन गरेर घटना बारे जानकारी गराए पछि घर आएका श्रीमानको सहयोगमा उजरी दिएकी हुन ।

महिलालाई स्वास्थ्य परीक्षणका लागि नारायणी उपक्षेत्रिय अस्पतालमा पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । यस अघि वीरगञ्ज महानगरपालिका वडा नं १६ सौराह टोलमा सामुहिक बलात्कारको शिकार भएकी पीडित महिलाले अझै न्याय नपाएको गुनासो गरिरहेकी छन् । राति शौच गर्न गएको समयमा कात्तिक ५ गते भएको घटनाबारे प्रहरीमा किटानी जाहेरी दिएको भएपनि पक्राउ पर्न सकेका छैनन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

1 COMMENT

  1. प्रहरिले कसरी समात छ पैसा लिएर आफैमा मिलो मतो गरिसक्या होलान।यसलाइ पनि यस्तै हुन्छ मात्र त्यो पिडित महिलाको इज्जत उछाल्न बाहेक अरु केही हुदैन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...