Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

पर्साको मानव अधिकारको अवस्था बारेमा छलफल

spot_img
spot_img

वीरगंज, ४ मंसिर ।
मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम मंगलबार वीरगंजमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रिय कार्यालय काठमाण्डौ र प्रदेश कार्यालय जनकपुरको संयुक्त आयोजनामा होटल कुमु प्यालेस वीरगंजमा आयोजित कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका सहभागि मानव अधिकारको क्षेत्रमा कार्यरत संघ/संस्थाका प्रतिनिधिहरुले स्थानिय तहको निति, नियम निर्माण मानव अधिकार मुखी हुनु पर्नेमा वताएका छन । स्थानिय तहहरुले निति, नियम बनाउदा मनाव अधिकारलाई ख्याल गरी बालबालिका, दलित, महिला लगायतको क्षेत्रमा पनि रकम छुट्याउन दबाव दिनु पर्ने वताए ।

 

मानव अधिकारीको घटना निगरानी गर्ने निकायको उदासिन्ता देखिएको समेत वताएका हुन । अझै पनि हाम्रो गाउँ समाजमा वालविवाह नरोकिएको वताउदै त्यो रोकने निकाय नदेखिएको सहभागिहरुको भनाई थियो ।

मानव अधिकार निगरानी समुहका अध्यक्ष तबरेज अहमदको अध्यक्षतामा भएको कार्यक्रममा इनसेक केन्द्रिय कार्यालय काठमाण्डौका समझना श्रेष्ठ, प्रदेश कार्यालय जनकपुरका राजु पासवान, प्रदेश नं. ३ को कार्यालय हेटौडाका जागेशवर यादव लगायतकाले मन्तव्य राखेका थिए भने रहेका भने कार्यक्रमको सहजिकरण इन्सेक पर्सा प्रतिनिधि के.सी. लामिक्षानेले गरेक थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...