Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

शिव साहकाे नेतृत्वमा कृषि सहकारी संघ पर्साको नयाँ संचालक समिति चयन

spot_img
spot_img

पर्सा, २ मंसिर ।
जिल्ला कृषि सहकारी संघ लि. पर्साको सातौ बार्षिक साधारण सभा सम्पन भएको छ । बहुदरमाई नगरपालिकाको रामनगरीमा भएको सभाले शिव कुमार साहको नेतृतवमा नयाँ ९ सदस्यीय संचालक समिति र ३ सदसीय लेखा समिति सर्वासहमतिले चयन गरेको छ ।

संचालक समितिको उपाध्यक्ष रामानन्द कोइरी, कमला घिमिरे, महासचिव जगदीश यादव, सचिव खडक बहादुर श्रेष्ठ, कोषध्यक्ष अनरुध प्रसाद सदस्य प्रभु रौनियार, संजित चौधुरी र कमलेश प्रसाद चयन भएका छन ।

यस्तै लेखा समितिको संयोजकमा अरविन्द कुमार साह, सदस्य जितेन्द्र यादव, कबुल नेसा अंसारि चयन भएका छन । चयन भएका पदाधिकारीहरुको आज पद भार ग्रहण तथा सपथ ग्रहण गराईएको छ ।

कृषि अनुसन्धान केन्द्र बिरगंजमा एक कार्यक्रमका बिच निर्वाचन अधिकृत नरेश प्रसाद जयसवालले पदाधिकारीहरु सपथ खुवाउनु भएको हो ।

संघ अध्यक्ष शिव साहको अध्यक्षतामा भएको सधारण सभामा लेखा समितिको प्रतिबेदन, कर्जा उप-समितिको प्रतिबेदन, आर्थिक एवं बार्षिक लेखा परिक्षण प्रतिबेदन रु.१,२६,२०,९८८.४२/- र बार्षिक बजेट तथा कार्यक्रम रु.१,५७,४०८/- को प्रस्तुत गरिएको थियो |

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...