Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

२२ देशका मुद्रा तथा एटिएम कार्ड सहित एक जना भारतीय नागरीक पक्राउ

spot_img
spot_img

वीरगंज, २ मंसिर । सशस्त्र प्रहरीले वीरगंज महानगरपालीका वडा नम्बर १६, भन्सार मुल गेटबाट विभिन्न देशका मुद्रा तथा एटिएम कार्ड सहित एकजना भारतीय नागरीकलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल भन्सार राजश्व सुरक्षा गुल्मबाट सशस्त्र प्रहरी नायव निरिक्षक सुदेश राईको कमाण्डमा खटिएको डिउटी टोलीले नेपालबाट भारत तर्फ शंकास्पद रुपमा गइरहेका भारत उत्तरप्रदेश बस्ने वर्ष ३७ को रामनाथ यादवले बोकेको झोला चेकजाच गर्ने क्रममा विभिन्न समानहरु बरामद गरेको हो ।

यादवको साथबाट विभिन्न २२ देशहरु तानजिनीया डलर ४६ हजार, इन्डोनेसीया १५ हजार, रसियन १० हजार, भियतनाम ६ हजार, लेवनान २ हजार, म्यानमार ५ सय, सुडानी पाउण्ड ३ सय, ओमन डलर, २ सय, केन्या १ सय, नेपाली रुपैया १४ हजार ६५ रुपैया, भारतीय २ हजार ५ सय, मलेसिया रिंगेट १२, हंकंग डलर ४२, चाइनिज युवान १८, साउदीअरब रियाल ३, कतार ५, श्रीलंका ४०, कुवेत डलर ०.५, फिलिपीन्स ५०, नाइजेरीया १०, युएई १० र बंगलादेश १२ रुपैया तथा नेपाल र भारतका ५३ वटा बैंक एटिएम कार्डहरु, आइएमई कार्ड थान ३०, विभिन्न आईडि कार्ड थान ४४, विभिन्न किसीमका नक्कली गहनाहरु एक पोका र निजको मतदाता परिचयपत्र र पासपोर्ट समेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ  ।

पक्राउ परेका यादवलाई थप आवश्यक कार्यवाहीका लागी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको सशस्त्र प्रहरी निरीक्षक पदम खडकाले बताउनु भयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...