Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

चोरीको अभियोगमा कपाल मुडुलो गरी जुत्ताको माला

spot_img
spot_img

पर्सा । जीराभवानी गाउँपालिका–१ महादेवपट्टिमा शनिवार पञ्च भलादमीको निर्णयबाट एकजना युवकलाई मोबाइल चोरीको अभियोगमा कपाल मुडुलो गरी दुव्र्यवहार गरिएको छ । महादेवपट्टिस्थित पिपराटोलका १७ वर्षीय युवक विक्रम महतोलाई पञ्चायतको निर्णयबाट कपाल मुडुलो गरी जुत्ताको माला लगाइएको थियो ।

बिहान युवक महतोले मणिलाल साहको घरबाट मोबाइल चोरी गरेको अभियोग प्रमाणित भएपछि उनीविरुद्ध बसेको पञ्चायतले आज यस्तो निर्णय गरेको हो । पञ्चायतको निर्णयबाट युवक महतोको कपाल मुडुलो गरी जुत्ताको माला लगाएर सार्वजनिकरूपमा दुव्र्यवहार गरिएको थियो ।

पञ्चायतीमा गाउँका १० जनाभन्दा बढी गणमान्य व्यक्ति सहभागी थिए । अहिले उनीहरू फरार छन् । दुव्र्यवहार हुने युवक महतोले प्रहरीमा मौखिक उजुरी गरेपछि पञ्चायती गर्ने १० जना फरार भएका हुन् । प्रहरीले उनीहरूको खोजी गरिरहेको छ ।

सामाजिक सुरक्ष्Fा ऐन अनुसार कुनै पनि व्यक्तिलाई दुव्र्यवहार गर्ने अधिकार छैन । पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले दुव्र्यवहार गर्ने कार्यमा संलग्न पञ्चहरूको खोजी भइरहेको बताए ।

यता फरार रहेका पञ्चका परिवारले चोरी अभियोगमा पक्राउ परेका महतोका पितालाई दबाबमा पारेर कागज गराएका छन् । पञ्चका परिवारले चोरीको अभियोग लागेका महतोका पितासँग प्रहरीमा उजुरी नगर्ने आशयको पत्रमा सही सनाखत गराएको स्थानीयले बताएका छन् । सभार प्रतिक

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...