Date
शनि, कार्तिक २२, २०८२
Sat, November 8, 2025

छठ पुजाको अवसरमा ग्रामिण भेगको गाउँहरुमा सांस्कृतिक कार्यक्रम

पर्सा, २९ कात्तिक ।
छठ पुजाको अवसरमा पर्साको ग्रामिण भेगको अधिकांश गाउँहरूमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । छठ सुरु भएको दिन देखि नै गाउँहरु नाटक सहितको सांस्कृतिक कार्यक्रम भईरहेका छन ।

- Advertisement -

कालिकामाई गाउँपालिकाको भेडिहारी, टिनडोबिया, पकहा मैनपुर गाउँपालिकाको धोरे, पकहा मैनपुर, सुर्जाहा, पोखरिया नगरपालिकाको पोखरिया, सतवरिया, धोबनी गाउँपालिकाको लगंडी, असवारी, हरिहरपुर लगायत दर्जन भन्दा बढी गाउँहरुमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

धोरे र असवारि लगायत केहु गाउँमा बहिरबाट डान्स तथा ड्रामा पर्टी नै बोलाई कार्यक्रम गरिएको छ भने भेडिहारी, टिनडोबिया लगायतका गाउँमा स्थानिय युवाहरु आफै ड्रामा तथा नृत्य कार्यक्रम गरेका छन । छठ पुजा समितिको आयोजनामा पकहा मैनपुरमा भएको सांस्कृतिक कार्यक्रममा वडा अध्यक्ष मदन साह कानुको समेत उपस्थित रहेको थियो ।

दिपावली तथा छठमा बाहिरबाट अधिकांश गाउँका ब्यक्तिहरु घरमा आउने गरेका कारण यस्ता कार्यक्रम हुने गरेको भेडिहारिका जयप्रकाश चौरसियाले वताए ।

पहिला दिपावली तथा छठमा हामिहरु ड्रामा खेल्ने गरथ्यौ अहिलेका युवाहरु नृत्य कार्यक्रम गरिरहेको गदियानीका रामउदेश गिरि बताउँछन् । पहिले रामायण, महाभारत लगायतका धार्मिक तथा समाजिका ड्रामा खेलिन थियो तर अहिले हिन्दी तथा भोजपुरी टेलर खेलिन्छ र मात्र नृत्य गरिन्छ गिरिको भनाई छ ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जनमत पार्टीद्वारा ‘घर–घर जनसन्देश’ अभियान सुरु, मतदाता दर्ता र सचेत सहभागितामा जोड

वीरगंज । लोकतन्त्रको महापर्व आगामी निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टीले मतदाता दर्ता अभियानलाई गाउँ–गाउँ र टोल–टोलसम्म पुर्‍याउने उद्देश्यका साथ ‘घर–घर जनसन्देश’ अभियान सुरु गरेको...

आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रसँग सहकार्यमा अघि बढ्दैछ : अर्थमन्त्री खनाल

वीरगंज । अर्थमन्त्री रामेश्वर खनालले आर्थिक समृद्धि हासिल गर्न सरकार निजी क्षेत्रसँग सहकार्यका लागि अग्रसर रहेको बताएका छन्। शुक्रबार वीरगंज उद्योग वाणिज्य संघमा आयोजित...

बीरगंजमा पोखरीमा डुबेर १२ वर्षीय बालकको मृत्यु

वीरगंज । वीरगंज महानगरपालिका–२८ सिधुवाटोलस्थित छठिघाट नजिकको पोखरीमा डुबेर एक १२ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु भएको बालकको शव सशस्त्र प्रहरीले उद्धार...