Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

घडीअर्वा पोखरी छठघाटको सम्पुर्ण तयारी पुरा, सुरक्षा ब्यवस्था कडा बनाइने

spot_img
spot_img

वीरगंज, २५ कार्तिक ।
वीरगञ्जको घडीअर्वा पोखरी छठघाटको सम्पुर्ण तयारी पुरा भएको छ । घडिहर्वा पोखरी छठघाट पुजा व्यवस्थापन समितीले आज पत्रकार सम्मेलन गर्दै छठघाटमा आउने ब्रतालुहरुको सुरक्षाको मध्यनजर गर्दै विशेष गरि सुरक्षा व्यवस्था कडा बनाईने र विजुलीबती र पण्डाल लगायतको सम्पुर्ण तयारी पुरा जनााएको छ ।

घडिअर्वा छठपुजाको सजावटमा ६ लाख २५ हजार ,साउण्ड सिस्टम ३५ हजारको रहेको छ ।यस्तै भिडियोग्राफि ३५ हजार, सरसफाई खर्च १ लाख ,सुरक्षाखर्च ७५ हजार ,स्टेशनरी खर्चमा ५ हजार हुनेछ । संयोजक साहले पुरस्कार खर्च ३ लाख २५ हजार , प्रचार प्रसारमा ६० हजार ,चैति छठ  पुजामा६० हजार, अफिस खर्चमा ८० हजार जम्मा गरी १४ लाखखर्च हुने बताएकाे छ ।

छठपुजामा आम्दानी भएको खर्च गरी १ लाख २५ गरी १५ लाख २५ हजार लागत लाग्ने काेषाध्यक्ष हिरा साहले  वताए ।  पूजा व्यवस्थापन समितिले पत्रकार सम्मेलनमा घडीअर्वा स्पोर्टस क्लब, अशोकवाटिका युथक्लब र राधेमाई युवाक्लबका गरी डेढ सय जना स्वयमसेवकहरु खटाइने जानकारी दिएको हो ।

करिब ५ हजार व्रतालु एवं १ लाख ४० हजार श्रद्धालु भक्तजनआउने अनुमानगरिएको पोखरीको सजावटको काममा यस वर्ष गतवर्षभन्दा अढाई लाख रुपैयाँ बढी खर्च गरिएको साहले बताए। गतवर्ष १४ लाखको हाराहारीमा खर्च भएको थियो भने यस वर्ष १५ लाख २५ हजार खर्च हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...