Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

घडीअर्वा पोखरी छठघाटको सम्पुर्ण तयारी पुरा, सुरक्षा ब्यवस्था कडा बनाइने

spot_img
spot_img

वीरगंज, २५ कार्तिक ।
वीरगञ्जको घडीअर्वा पोखरी छठघाटको सम्पुर्ण तयारी पुरा भएको छ । घडिहर्वा पोखरी छठघाट पुजा व्यवस्थापन समितीले आज पत्रकार सम्मेलन गर्दै छठघाटमा आउने ब्रतालुहरुको सुरक्षाको मध्यनजर गर्दै विशेष गरि सुरक्षा व्यवस्था कडा बनाईने र विजुलीबती र पण्डाल लगायतको सम्पुर्ण तयारी पुरा जनााएको छ ।

घडिअर्वा छठपुजाको सजावटमा ६ लाख २५ हजार ,साउण्ड सिस्टम ३५ हजारको रहेको छ ।यस्तै भिडियोग्राफि ३५ हजार, सरसफाई खर्च १ लाख ,सुरक्षाखर्च ७५ हजार ,स्टेशनरी खर्चमा ५ हजार हुनेछ । संयोजक साहले पुरस्कार खर्च ३ लाख २५ हजार , प्रचार प्रसारमा ६० हजार ,चैति छठ  पुजामा६० हजार, अफिस खर्चमा ८० हजार जम्मा गरी १४ लाखखर्च हुने बताएकाे छ ।

छठपुजामा आम्दानी भएको खर्च गरी १ लाख २५ गरी १५ लाख २५ हजार लागत लाग्ने काेषाध्यक्ष हिरा साहले  वताए ।  पूजा व्यवस्थापन समितिले पत्रकार सम्मेलनमा घडीअर्वा स्पोर्टस क्लब, अशोकवाटिका युथक्लब र राधेमाई युवाक्लबका गरी डेढ सय जना स्वयमसेवकहरु खटाइने जानकारी दिएको हो ।

करिब ५ हजार व्रतालु एवं १ लाख ४० हजार श्रद्धालु भक्तजनआउने अनुमानगरिएको पोखरीको सजावटको काममा यस वर्ष गतवर्षभन्दा अढाई लाख रुपैयाँ बढी खर्च गरिएको साहले बताए। गतवर्ष १४ लाखको हाराहारीमा खर्च भएको थियो भने यस वर्ष १५ लाख २५ हजार खर्च हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...