Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

घडिअर्वा पोखरी परिसरमा भएको रक्तदान कार्यक्रममा १ सय २१ जना द्वारा रक्तदान

spot_img
spot_img

वीरगंज, २५ कात्तिक ।
वीरगंजको घडिअर्वा पोखरी परिसरमा आज भएको रक्तदान कार्यक्रममा ३ महिला सहित १ सय २१ जनाले रक्तदान गरेका छन । छठ पूजाको उपलक्ष्यमा घडिअर्वा स्पोर्ट क्लबद्वारा आयोजित बृहत रक्तदान कार्यक्रममा १ सय २१ जनाले रक्तदान गरेको रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डेले जानकारी दिए ।

स्पोर्ट क्लबका अध्यक्ष लखन गुप्ताको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा लवकुश कुमार साह, सुनिल कुमार साह, विरेन्द्र साह कानु, दिपेन्द्र गिरी, अरबिन्द प्रसाद साह, लालबाबु साह कानु, निरज साह कानु, धिरज कर्ण, राणा गुप्ता, दिपक यादव, पवन श्रीवास्तव, रोशन कर्ण, गोपाल झा, निराजन प्रसाद साह, आलोक कुमार बर्णवाल, संदेश गुप्ता, रमेश साह, शनि कुमार साह, सुनिल सराफ, फिरोज बदसाह लगायतकाले रक्तदान गरेका छन ।

वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीको प्रमुख आतथ्यतामा भएको रक्तदान कार्यक्रमममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक रेवती ढकाल, घडिअर्वा छठ पुजा समितिका अध्यक्ष प्रेम साह कानु, सशस्त्र प्रहरी उपरिक्षक प्रेम धवज साह, मेजर जनक सापकोटा, विद्यार्थी नेता प्रभाकर गुप्ता, निखिल बर्णवाल, राकेश गुप्ता लगायतकाको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...