Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026

बाढीपिडीत सोम वहादुर बिकलाई भवन हस्तान्तरण

spot_img
spot_img

पर्सा, २१ कार्तिक । ठोरी गाउपालिकाको वडा न. ४ फारलाईन निवासी सोम बहादुर बिक ( बिर्ष बहादुर बिक ) लाई आज एक कार्यक्रम बिच वडाध्यक्ष बैई बहादुर पाख्रीनको रोहवरमा निष्ट सोसाईटीले नवनिर्मित भवन हस्तान्तरण गरेको छ ।

हस्तान्तरण कार्यक्रममा निष्टका संयोजक प्रेम श्रेष्ठले बाढीपिडीतको घर बनाउन आर्थिक सहयोग गर्ने निष्टको सम्पुर्ण सदस्यहरु तथा कुसुमवाटीका मध्यवर्ती उपभोत्ता समितीका टंक प्रशाद तिमिल्सीना र खगेन्द्र श्रेष्ठलाई निष्टको अध्यक्ष निरकुमार श्रेष्ठ र आफ्नो तर्फवाट हार्दिक धन्यवाद दिनुभएको थियो ।

नवनिर्मित भवनको चावी निष्टको सदस्य द्वय टिकाराम श्रेष्ठ र हरि श्रेष्ठले हस्तान्तरण गरेका थिए । गत साउनमा आएको बाढीले सोम बहादुर बिकको घर डुवानमा परेर बस्न नसक्ने अवस्था थियो । र विक झुपडिमा वसेर निर्वाह गरिरहेका थिए ।

स्थानीय युवाहरु द्वारा गठन भएको संस्था निष्ट सोसाईटीले २०७४ अशोज २० गते शिलान्यास गरी भवन निर्माण सूरू गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

शिक्षकलाई डिजिटल साक्षरता र अनलाइन सुरक्षा तालिम

वीरगंज । पर्साकाे पटेर्वा सुगाैली गाउँपालिकामा शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि दुईदिने डिजिटल साक्षरता तथा अनलाइन सुरक्षा तालिम सुरु भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

भोटेकोसी बाढीपीडितका लागि वीरगंज महानगरले १ करोड ११ लाख सहयोग गर्ने

वीरगंज । भोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि वीरगंज महानगरपालिकाले १ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । कार्यवाहक नगर...

लंगडीमा ३ महिलासहित ८८ जनाद्वारा रक्तदान

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–४ स्थित लंगडी चौकमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मानवीय प्रेम परोपकार कोषको आयोजनामा भएको कार्यक्रममा ३ महिलासहित...