Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

नारायणी सिचाई जल उपभोक्ता संस्था व्लक नं. २, हरिहरपुरको कार्यालय उदघाटन

spot_img
spot_img

पर्सा, १८ कात्तिक ।
नारायणी सिचाई प्रणाली जल उपभोक्ता संस्था ब्लक नं. २, हरिहरपुर कार्यालय भवनको आज उदघाटन भएको छ । कालिकामाई गाउँपालिकाको वडा नं. ३, हरिहरपुरमा निर्माण भएको भवनको आई.डब्लु.आर.एम.टि. का प्राजेक्ट मनेजर शशी बहादुर बिष्टले उदघाटन गर्नु भयो ।

कार्यालय भवनको उदघाटन गर्दै मनेजर बिष्टले ब्लक नं. २ अन्तर्गतका ३ हजार हेक्टर जग्गा र ७० हजार मानवको भरनपोषणको जिम्मेवारी जल उपभोक्त समितिलाई रहेकोले इमन्दारी पूर्वक जिम्मेवारी निभाउन आग्रह गर्नु भयो ।

जल उपभोक्ता समिति बलक नं. २ का अध्यक्ष कुशुम देवी कलवारको अध्यक्षतामा भएको उदघाटन समाहरोहमा कार्यक्रमका विशिष्ट अतिथी उमेश सजकार, इन्जिनियर सुबोद्ध कुशवाहा, सुरेश प्रसाद साह, समितिका उपाध्यक्ष श्याकिशोर चौहान, सचिव मदन ठाकुर लगायतकाले मन्तव्य राखेका थिए ।

कार्यक्रमको संचालन प्रभु पटेलले गर्नु भएको थियो भने कार्यक्रका अतिथीहरुलाई स्वागत दिनेश प्रसाद कलवारले गर्नु भएको थियो । २४ लाखको लागतमा २ तल्ले ३ वटा कोठा र एउटा हल भएको भवनको निर्माण भएको जल उपभोक्ता समितिका सदस्य ताजिन्द्र साहले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...