Date
बुध, अशोज ७, २०८३
Wed, September 23, 2026

बलात्कार तथा महिला हिंसा बिरुद्ध युवाहरुको भुमिका बिषयक प्यानल बहस सम्पन्न

spot_img
spot_img

प्रणय साह/वीरगंज, १४ कात्तिक ।
विद्यार्थीहरुको सक्रियतामा वीरगंजमा बुधबार “बलात्कार तथा महिला हिंसा बिरुद्ध युवाहरुको भुमिका बिषयक प्यानल छलफल कार्यक्रम” सम्पन्न भएको छ । युवाहरुको समुह वेल विर्षस नेपाल संग आवद्ध कक्षा १२ मा अध्ययनरत आधा दर्जन विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा वोल्ने वक्ताहरुले नेपालमा बढदै गएको बलत्कारकार र महिला हिंसाको घटना प्रति चिन्ता व्यक्त गरे । वक्ताहरुले बलत्कार र हिंसाको घटना रोकनको लागि नैतिक शिक्षा लागु गर्नु पर्ने, महिला प्रहरीको संख्या बढाउनु पर्ने, रक्सी सेवनमा नियन्त्रण गर्नु पर्ने, अभिभावकहरुले बालबालिकाहरुलाई केयर गर्ने लगायतकका धारणाहरु राखेका थिए । बालबालिकाहरु विद्यालय र क्लेज जाने वेला केटीलाई जिस्काउने कार्य, ट्राफक प्रहरी र प्रहरीहरुबाट नै हुने गरेको महिला दुर्वव्यहार लगायतका कार्य पनि रोक्नु पर्नेमा वक्ताहरुको जोड थियो ।

वेल विर्षसका टिम लिडर प्रभाकर साहको अध्यक्षतामा भएको प्यानल छलफल कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी, जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी उपरिक्षक रेवती ढकाल, अधिवक्ता अमिता शर्मा, पोखरिया नगरपालिकाकी उप मेयर सलमा खातुन, पेटर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतो र समाजिक अभियान्ता सुष्मा तिवारी संग बहस गरिएको थियो ।

ग्लोबल विजनेस क्लेज वीरगंजमा भएको कार्यक्रममा स्वागत मन्तव्य श्रिष्टी चौधरीले गरेकी थिइन भने वेल विर्षस संग आवद्ध विद्यार्थीहरु प्रभात पटेल, आरोही साह, सुबाष यादव, देवानन्द साह, चन्देशवर साह, संदिप कंहार लगायतकाले कार्यक्रममा सहयोग गरेका थिए । मेरो शरीर मेरो अधिकार, बलात्कार र हिंसाको गरौं प्रतिकार भने नाराको साथ भएको कार्यक्रममा विभिन्न संघ/संस्थाका प्रतिनिधि, समाजिक अभियान्ताहरु, विभिन्न दलका विद्यार्थी तथा युवा नेताहरु र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

लोककल्याणकारी विज्ञापनकाे रकम कटौतीप्रति सत्तारुढ सांसद पन्तको आपत्ति

वीरगंज । प्रतिनिधिसभाको शून्य समयमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले सरकारले लोककल्याणकारी विज्ञापनको रकम कटौती गरेको भन्दै आपत्ति जनाएका छन् । बुधवार बसेको प्रतिनिधिसभा बैठकमा पर्सा...

ब्राउन सुगरसहित छिपहरमाईका आलम र जगरनाथपुरका पटेल पक्राउ

वीरगंज । पर्सामा १५४ ग्राम ब्राउन सुगर र ११ ग्राम ५९ मिलिग्राम अफिमजस्तो देखिने पदार्थसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लागूऔषध खरिद–बिक्री भइरहेको...

प्रचण्ड–माधवको वीरगंज कार्यक्रम असोज १४ गतेलाई सर्‍यो

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले जिल्ला एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको मिति परिवर्तन गरेको छ । यसअघि २०८३ असोज ११ गते...