Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, गोली लागेर एकको मृत्यु

spot_img
spot_img

सर्लाही, १३ कात्तिक । सर्लाहीको रामनगर–४ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपका क्रममा गोली चल्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय रामविलास महतो छन् ।

प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) हरिबहादुर पालले दिएको जानकारी अनुसार थप ४ जनालाई पनि गोलीको छर्रा लागेको छ । यद्यपि, उनीहरुको अवस्था सामान्य रहेको पालले बताए ।

यस अघि सोमबार नागरिकता बनाउनका लागि सिफारिस लिन गएको नेकपाको एक समूहको वडाध्यक्ष रामनरेश महतोसँग विवाद भएको थियो । महतो कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

विवादका क्रममा उनीमाथि आक्रमण समेत भएको थियो । सोही विवादलाई लिएर कार्यकर्ताबीच मंगलबार बिहान झडप भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका एक अधिकारीले बताए ।

अज्ञात व्यक्तिले भरुवा बन्दुक चलाउँदा रामविलासको मृत्यु भएको प्रहरीले जनाएको छ । गोली चलाउने व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

घटनापछि सर्लाहीमा व्यापक प्रहरी परिचालन गरिएको छ । प्रदेश प्रहरी कार्यालय, जनकपुरबाट ६५ जनालाई त्यहाँ पठाइएको छ भने जिल्ला प्रहरी कार्यालय, रौतहटबाट पनि १५ जनाको टोली पठाइएको छ ।

स्रोतका अनुसार हाल त्यहाँ २ सय बढी सुरक्षाकर्मी खटिएका छन् । यद्यपि, हालसम्म गोली चलाउने व्यक्तिको पहिचान भएको छैन । स्थानीयले हाल मृतकको शव उठाउन दिएका छैनन् । अनलाइनखबर

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रभु हस्पिटलद्वारा महिला स्वास्थ्य शिविर

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्सामा प्रभु हस्पिटल वीरगञ्जले बुधबार महिला स्वास्थ्यसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शिविरमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत महिला प्रहरी...

पोखरियाका २३० विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण

पोखरिया । पर्साको दोस्रो सदरमुकामका रूपमा परिचित पोखरिया नगरपालिका–३ बसनपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका २३० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको...

जिराभवानीमा समावेशी शिक्षाबारे वक्तृत्वकला प्रतियोगिता

वीरगंज । समावेशी शिक्षाको महत्व र आवश्यकताबारे विद्यार्थी, अभिभावक तथा समुदायमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पर्साको जिराभवानी गाउँपालिका–३ परसवामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ...