Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026

नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, गोली लागेर एकको मृत्यु

spot_img
spot_img

सर्लाही, १३ कात्तिक । सर्लाहीको रामनगर–४ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपका क्रममा गोली चल्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय रामविलास महतो छन् ।

प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) हरिबहादुर पालले दिएको जानकारी अनुसार थप ४ जनालाई पनि गोलीको छर्रा लागेको छ । यद्यपि, उनीहरुको अवस्था सामान्य रहेको पालले बताए ।

यस अघि सोमबार नागरिकता बनाउनका लागि सिफारिस लिन गएको नेकपाको एक समूहको वडाध्यक्ष रामनरेश महतोसँग विवाद भएको थियो । महतो कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

विवादका क्रममा उनीमाथि आक्रमण समेत भएको थियो । सोही विवादलाई लिएर कार्यकर्ताबीच मंगलबार बिहान झडप भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका एक अधिकारीले बताए ।

अज्ञात व्यक्तिले भरुवा बन्दुक चलाउँदा रामविलासको मृत्यु भएको प्रहरीले जनाएको छ । गोली चलाउने व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

घटनापछि सर्लाहीमा व्यापक प्रहरी परिचालन गरिएको छ । प्रदेश प्रहरी कार्यालय, जनकपुरबाट ६५ जनालाई त्यहाँ पठाइएको छ भने जिल्ला प्रहरी कार्यालय, रौतहटबाट पनि १५ जनाको टोली पठाइएको छ ।

स्रोतका अनुसार हाल त्यहाँ २ सय बढी सुरक्षाकर्मी खटिएका छन् । यद्यपि, हालसम्म गोली चलाउने व्यक्तिको पहिचान भएको छैन । स्थानीयले हाल मृतकको शव उठाउन दिएका छैनन् । अनलाइनखबर

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...