Date
आइत, असार १, २०८२
Sun, June 15, 2025

एल.एस.न्यूरो हस्पीटलका लपर्वाहीले भारतिय युवाको मृत्यु भएको आफन्तको आरोप

वीरगंज, १३ कात्तिक ।
एल.एस.न्यूरो एण्ड जेनेरल हस्पीटलको लपर्वाहीले आज एक जना विरामीको मृत्यु भएको आफन्तहरुले आरोप लगाएका छन । वीरगंज ८, पानीटंकी स्थित रहेको हस्पिटलको आइसियु कक्षमा भर्ना भई उपचार गराईरहेका भारत विहार मोतिहारी जिल्ला थाना पलनवा बहुअर्वा घर भएका २८ बर्षिय अनिल कुमार गुप्ताको मृत्यु भएको हो ।

- Advertisement -

मृतकका आफन्तहरुका अनुसार मोटरसाईकल दुर्घटनामा घाइते भएका गुप्ता हस्पीटलमा ११ दिन देखी भर्ना भई उपचार गराई रहेका थिए । उनले विहान घुमफिर समेत गरेको थिए । विहान साढे ६ बजेको करिबमा अस्पतालको नर्सले जबरजस्ती इन्जेक्सन दिएका कारण मृत्यु भएको मृतकका आफन्त निलमनी कुमार गुप्ताले आरोप लगाए ।

हामीले नर्सलाई इन्जेक्सन नदिन भने पनि उनी जबरजस्ती इन्जेक्सन दिएका कारण मृत्यु भएको आफन्तहरुको भनाई छ । मृतकका आफन्तहरु अस्पतालमा अहिले पुगी आरोप लगाउदै हुहल्ला समेत गरेका छन भने प्रहरीको अस्पतालमा बाक्लो उपस्थिती रहेको छ । यस बिषयमा अस्पताल प्रशासन संग बुझन खोज्दा सम्बन्धीत डाक्टर आए पछि उहांले नै यस बारेमा बताउने बताएको छ ।

ताजा अपडेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज बसपार्कमा डिबिएस अटो वर्कसप र कार क्याफे संचालनमा

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित नयाँ बसपार्कमा डिबिएस अटो वर्कसप शनिबारदेखि संचालनमा आएको छ । वीरगन्जका चारजना युवाहरुको संयुक्त लगानीमा आएको...

वीरगञ्ज अठराहामा “पार्क उद्घाटन भयो, तर पार्कै छैन

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर २६ अठराहा स्थित श्रीराम जानकी मन्दिर परिसरमा चिल्ड्रेन पार्क नबन्दै आर्थिक अनियमितता भएको पाएको छ । गत आर्थिक बर्ष...

जगरनाथपुर गाउँपालिकामा पनि असार १ देखि ६ गतेसम्म थप गर्मी विदा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले बढ्दो गर्मीका कारण विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै थप गर्मी विदा दिएको छ। गाउँपालिका अध्यक्षको...