Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

लागु औषध नाईट्रोभेट ट्याबलेट सहित युवक पक्राउ, अवैध सर-समान र सालको काठ बरामद

spot_img
spot_img

वीरगंज, ९ कात्तिक ।
पर्सा प्रहरीले लागु औषध नाईट्रोभेट ट्याबलेट सहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर मनहरी गा.पा. वडा नं. ८ बस्ने बिरबहादुर बि.क.को छोरा २२ बर्षका घनश्याम बि.क. रहेका छन ।

अस्थाई प्रहरी पोष्ट ईनर्वा पर्साबाट खटेको प्रहरी चेकजाँच टोलीले वीरगंज १६, ईनर्वा गाउँ स्थित सडकबाट लागु औषध नाईट्रोभेट ट्याबलेट सहित बिहिबार सांझ ५ बजे धनश्यामलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

निजको साथबाट ला.औ.नाईट्रोभेट ट्याबलेट ३ पत्तामा १५ पिसको दरले ४५ पिस फेला परेकोले सो लागु औषध सहित निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई लागु औषध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ ।

भंसार छली लैजादै गरेको अवैध सर-समान बरामद

भारतबाट नेपालतर्फ ल्याउदै  गरेको अबस्थामा बीरगंज महानगरपालिकाको विभिन्न स्थानहरुबाट प्रहरीले अवैध सर-समान बरामद गरेको छ । पंखा १ पिस, ग्यास चुलो १ पिस, प्रेसर कुकर १ पिस, आईरन १ पिस,  चिम ५ काटुन, तेल १० लिटर, पलाष्टिक २ बोरा,  बिष्कुट २४ प्याकेट, दालमोट ४ प्याकेट, पापड ३ प्याकेट, चकलेट ८ प्याकेट, दुधको ३  प्याकेट, हाईड्रो १ प्याकेट, राजनिवास ५ पिस, साईकल २ थान र पटकाहरु  समेत नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि बीरगंज भंसार कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ  ।

सालको काठ बरामद

ईलाका प्रहरी कार्यालय सेढवा पर्साबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती पर्सा जिराभवानी गा.पा.वडा नं.-३ सहजनपुर स्थितमा अबैध रुपमा ल्याउदै गरेको ७ फिट लम्बाई र ३.५ फिट गोलाई भएको साल गोलिया काठ १ थान र साईकल १ थान समेत नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि जिल्ला बन कार्यालय बीरगंज पर्सामा बुझाइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...