Date
बुध, असार ४, २०८२
Wed, June 18, 2025

दीपिका पादुकोण र रणवीर सिंहले विवाह गर्ने साइत जुराए

अन्ततः दीपिका पादुकोण र रणवीर सिंहले विवाह गर्ने साइत जुराएका छन् । बलिउडका यी हट जोडीले आफ्नो विवाहको औपचारिक घोषणा गरेका छन् । उनीहरुले नोभेम्बर १४ र १५ मा जोडी बाँध्नेछन् ।

- Advertisement -

दीपिकाले आफ्नो विवाहको निमन्त्रणा कार्ड पनि सार्वजनिक गरेका छन् । कार्ड हिन्दी र अंग्रेजी दुबै भाषामा छ । कार्डमा लेखिएको छ, ‘यति बर्षसम्म तपाईहरुले हामीलाई जुन प्रेम र स्नेह दिनुभयो, त्यसका लागि आभारी छौं । हामी आफ्नो जिन्दगीको नयाँ सुरुवात गर्दैछौं । यसमा तपाईंको आर्शिवादको कामना गर्दछौं । अनगिन्ती प्रेम- दीपिका र रणवीर ।’

भनिहालौं, उनीहरुले यो विवाह इटलीको लेक कोमोमा गर्नेछन् । त्यसको उत्सव चार दिनसम्म चल्नेछ । तर, यस भव्य विवाहलाई मिडियाबाट टाढा राखिएको छ ।

दीपिका पादुकोण किङफिसर क्यालेन्डर गर्लको रुपमा ग्ल्यामर दुनियामा प्रवेश गरेकी हुन् । करियरको पूवार्द्धमा त्यसबेलाका धनाड्य विजय माल्यका पुत्रसँग दीपिकाको अफेयर रहेको चर्चा हुन्थ्यो । पछि उनी रणवीर कपुरसँग जोडिइन् ।

रणवीर सँगको उनको लभ-अफेयर बलिउडमा लामो समय चर्चामा विषय बन्यो । उनले रणवीरको नाममा ट्याटु समेत खोपाएकी थिइन् । रणवीर कपुरसँग ब्रेकअपछि उनको घनिष्ठता अर्का रणवीर अर्थात रणवीर सिंहसँग बढ्यो । त्यही घनिष्ठता प्रेममा रुपान्तरण भयो । अब त्यो दाम्पत्य जीवनमा प्रवेश गर्दैछ ।

ताजा अपडेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नबिल बैंककर्मी सन्तोष साहद्वारा सडक दुर्घटनाबाट दुई युवाको साहसी उद्धार

बारा | नबिल बैंक लिमिटेडमा कार्यरत कर्मचारी सन्तोष कुमार साहले बाराको नितनपुरमा भएको एक गम्भीर सडक दुर्घटनामा घाइते भएका दुई युवाको साहसी र तत्काल...

संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न माग

काठमाडौं । मधेशी अधिकृत समाज, नेपालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी...

वडाअध्यक्ष स्वर्णकारद्वारा रक्तसञ्चार केन्द्र वीरगंजलाई एसी हस्तान्तरण

वीरगंज । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाअन्तर्गत सञ्चालनमा रहेको रक्तसञ्चार केन्द्र, वीरगञ्जलाई वडानम्बर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार नेतृत्वको वडा समितिले एसी (एयर...