Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

दीपिका पादुकोण र रणवीर सिंहले विवाह गर्ने साइत जुराए

spot_img
spot_img

अन्ततः दीपिका पादुकोण र रणवीर सिंहले विवाह गर्ने साइत जुराएका छन् । बलिउडका यी हट जोडीले आफ्नो विवाहको औपचारिक घोषणा गरेका छन् । उनीहरुले नोभेम्बर १४ र १५ मा जोडी बाँध्नेछन् ।

दीपिकाले आफ्नो विवाहको निमन्त्रणा कार्ड पनि सार्वजनिक गरेका छन् । कार्ड हिन्दी र अंग्रेजी दुबै भाषामा छ । कार्डमा लेखिएको छ, ‘यति बर्षसम्म तपाईहरुले हामीलाई जुन प्रेम र स्नेह दिनुभयो, त्यसका लागि आभारी छौं । हामी आफ्नो जिन्दगीको नयाँ सुरुवात गर्दैछौं । यसमा तपाईंको आर्शिवादको कामना गर्दछौं । अनगिन्ती प्रेम- दीपिका र रणवीर ।’

भनिहालौं, उनीहरुले यो विवाह इटलीको लेक कोमोमा गर्नेछन् । त्यसको उत्सव चार दिनसम्म चल्नेछ । तर, यस भव्य विवाहलाई मिडियाबाट टाढा राखिएको छ ।

दीपिका पादुकोण किङफिसर क्यालेन्डर गर्लको रुपमा ग्ल्यामर दुनियामा प्रवेश गरेकी हुन् । करियरको पूवार्द्धमा त्यसबेलाका धनाड्य विजय माल्यका पुत्रसँग दीपिकाको अफेयर रहेको चर्चा हुन्थ्यो । पछि उनी रणवीर कपुरसँग जोडिइन् ।

रणवीर सँगको उनको लभ-अफेयर बलिउडमा लामो समय चर्चामा विषय बन्यो । उनले रणवीरको नाममा ट्याटु समेत खोपाएकी थिइन् । रणवीर कपुरसँग ब्रेकअपछि उनको घनिष्ठता अर्का रणवीर अर्थात रणवीर सिंहसँग बढ्यो । त्यही घनिष्ठता प्रेममा रुपान्तरण भयो । अब त्यो दाम्पत्य जीवनमा प्रवेश गर्दैछ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...