Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026

मोटरसाईकलको ठक्करबाट घाईते भएकाहरु मध्ये १ जनाको मृत्यु

spot_img
spot_img

बीरगंज, ४ कार्तिक ।
बीरगंज २७ रामगढवामा गएराती मोटरसाईकलको ठक्करबाट घाईते भएकाहरुमध्ये १ जनाको उपचारको क्रममा मृत्यु भएको छ । एन एस न्युरो अस्पतालमा उपचारको क्रममा विरगंज महानगरपालिका वडा न. २४ रामगढवा निवासि ११ बर्षिय खुशबु कुमारीको आज विहान साढे ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक ज्ञानकुमार महतोले जानकारी दिनुभयो ।

अन्य घाइतेमध्ये रेनु कुमारी पटेल, पप्पु पटेलको एन एस न्युरो अस्पतालमा उपचार भइरहेको छ भने प्रतिमा देविको नारायाणी उपक्षेत्रिय अस्पतालामा उपचार भइरहेको छ । त्यस्तै भुबन पटेल र राम निलमको उपचार पछि डिस्चार्ज भएको छ । गएराती करीब ८ बजे झिझिया डुबाउन जादै गरेका बालिकाहरुको समुहलाई पश्चिम तर्फबाट तिब्र गतिमा आईरहेको अनटेस्ट वान फिफ्टी पल्सर मोटरसाईकलले ठक्कर दिएको थियो ।

विरगंज महानगरपालिका वडा न. १७ अलौ टोल बस्ने राजेन्द्र रामका २४ बर्षिय छोरा मोटरसाइकल चालक सुरेश राम र मोटरसाइकल प्रहरीको नियन्त्रणमा लिइएको छ । घटनाको बारेमा थप अनुसंधान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...