Date
आइत, असार १, २०८२
Sun, June 15, 2025

बाराको सिम्रौनगढमा बालकको अपहरण गरी हत्या, अभियोगमा दुई जना पक्राउ

वीरगंज, २८ असोज । बाराको सिम्रौनगढ नगरपालिका ३ नयकाटोलाका ६ वर्षीय बालकको अपहरण गरी हत्या भएको छ बुधबारदेखि हराएका गोलु भनिने दिपक प्रसाद यादवको शव गाउँ नजिकै जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।

- Advertisement -

घर नजिकै रहेको रानीवासमा हजुरबुबासँग मेला हेर्न गएका दिपक अपराहृन ४ बजेतिर हराएका थिए । परिवारले साँझ ७ बजे प्रहरीलाई खबर गरेका थिए ।

बालकको अपहरण पछि हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय १७ बर्षे हरेन्द्र कुमार कुश्वाहा र २३ बर्षे सुखल वैठा छन् ।

प्रहरीको प्रारम्भीक अध्ययन अनुसार ऋण नदिएको झोकमा बालकको हत्या गरेको खुल्न आएको छ ।

पक्राउ अभियुक्त हरेन्द्रले एक महिना अगाडि गोलुका बाबु धनेश्वर प्रसादसँग दुई लाख रुपैयाँ ऋण मागेका थिए । तर, ऋण दिन अस्वीकार गरेपछि कुशवाहाले समय आएपछि देखाउने भनि धम्की दिएको पाइएको छ ।

बालक हराएको भोलिपल्ट बिहान करिब १० बजे धनेश्वरलाई अभियुक्त श्याम बैठाले १० लाख फिरौती समेत माग गरेको कल रेकर्डका आधारमा खुलेको छ । बालकको भने अपहरण गरेकै राति घाँटी थिचेर हत्या गरेको पाइएको बाराका प्रहरी नायब उपरिक्षक रन्जित सिँह राठौरले जानकारी दिए ।

ताजा अपडेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज बसपार्कमा डिबिएस अटो वर्कसप र कार क्याफे संचालनमा

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित नयाँ बसपार्कमा डिबिएस अटो वर्कसप शनिबारदेखि संचालनमा आएको छ । वीरगन्जका चारजना युवाहरुको संयुक्त लगानीमा आएको...

वीरगञ्ज अठराहामा “पार्क उद्घाटन भयो, तर पार्कै छैन

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर २६ अठराहा स्थित श्रीराम जानकी मन्दिर परिसरमा चिल्ड्रेन पार्क नबन्दै आर्थिक अनियमितता भएको पाएको छ । गत आर्थिक बर्ष...

जगरनाथपुर गाउँपालिकामा पनि असार १ देखि ६ गतेसम्म थप गर्मी विदा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले बढ्दो गर्मीका कारण विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै थप गर्मी विदा दिएको छ। गाउँपालिका अध्यक्षको...