Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

३ दिन देखी सम्पर्क विहिन भएका युवकको शव फेला

spot_img
spot_img

कास /वीरगंज,  २८ असोज ।
पर्साको सखुवाप्रसौनी गाउँपालिकाको वडा नम्बर ६, लखनपुरमा ३ दिन देखी सम्पर्क विहिन भएका एक युवकको आज शव फेला परेको छ । स्थनिय हरि ठाकुर हजामको २० बर्षीय छोरा शिवशंकर ठाकुर हजामको शव फेला परेको प्रहरीले जनाएको छ ।

शुक्रबार मर्नीङवालकमा निस्केका शिवशंकर सम्पर्क विहिन भएका थिए । घर परिवारको सम्पर्क विहिन भएका शिवशंकरको शव लखनपुर स्थित गण्डक नहरमा फेला परेको प्रहरी चौकी महुवनका प्रहरी सहायक निरिक्षक जिवश कुमार शर्माले वताए ।

दिउसो नहरमा शव दखे पछि स्थानियवासीहरु प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमका लागी नारायणी उपक्षेत्रिय अस्पताल बिरगंजमा पठाईएको सहायक प्रहरी निरिक्षक शर्माले वताए । घटना बारे अनुसन्धान भइरहेको र पोष्टर्माड पछि नै मात्र केही भन्न सहिने उनले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...