Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

लियो क्लब द्धारा दशै, दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान

spot_img
spot_img

वीरगंज,२७ असोज । हिन्दुहरुको महान चाडपर्व बडा दशै ,दिपावली, नेपाल सम्वत ११३९ र छठपर्वको अवसरमा लियो क्लब अफ वीरगंजले शुभकामना आदान प्रदान कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।

वीरगंजको मुर्लीमा रहेको सगरमाथा एकेडमी प्रालिको प्रांगणमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो । क्लबका सम्पुर्ण पदाधिकारीले शुभकामना आदान प्रदान गर्दे बडादशै ,दिपावली, नेपाल सम्वत ११३९ र छठपर्वलाई एक अर्कोमा आपसी सदभाव ,भाईचारा , हर्षा उल्लासका साथ मनाउने भन्दै एक आपसमा शुभकामना सटासाट गरेका थिए ।

साथै क्लबमा आवद्ध भएका भगवती सिग्देल ,अमृता ठाकुर , अन्जना साह ,नाजिया रेहमानी लगायतका नयाँ सदस्यलाई स्वागत गरीएको क्लबका सचिव महम्द मेराजुल हवारीले जानकारी दिए ।

शुभकामना आदान प्रदान कार्यक्रममा लियो क्लब अफ वीरगंज कि अध्यक्ष लियो सिमोन गुरुगं,उपाध्यक्ष अंजली गर्ग ,कोषाध्यक्ष रामविनेश यादव ,पुर्व अध्यक्षहरु सरीता खड्गी ,दिपेन्द्र यादव ,रिसभ राजअग्रवाल ,सल्लाहकारद्धव तिवारी यादव, ईश्क कुमार, अन्कित श्रेष्ठ ,दिलपाल साह लगायतका गरी क्लबका २५ जना सदस्यहरुको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्ज नाकाबाट धमाधम मल भित्रिँदै, गोदाम भरिएपछि वैकल्पिक भण्डारण खोज्दै कृषि सामग्री कम्पनी

वीरगञ्ज । नेपाल–भारत सरकारबीचको जिटुजी सम्झौताअनुसार खरिद गरिएको रासायनिक मल ठूलो परिमाणमा वीरगञ्ज नाकाबाट भित्रिन थालेपछि कृषि सामग्री कम्पनी लिमिटेड, मधेस प्रादेशिक कार्यालय वीरगञ्जलाई...

सिरहामा ११ क्विन्टलभन्दा बढी गाँजा बरामद, बोलेरो र मोटरसाइकल छाडेर तस्कर फरार

सिरहा । सशस्त्र प्रहरी बलले सिरहाको सुखीपुरबाट ११ क्विन्टलभन्दा बढी अवैध गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको बोलेरो पिकअप र मोटरसाइकलसमेत...

कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ । नेपाली कांग्रेसको संस्थापन पक्षले यही असोज १८...