Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

नारायणी उपक्षेत्रीय अस्पतालमा डाइटिसियन नियुक्त

spot_img
spot_img

वीरगंजमा,२५ असोज ।
वीरगंजमा रहेको नारायणी उपक्षेत्रीय अस्पतालले डाइटिसियन (पोषणविज्ञ) नियुक्त गरेका छन् । अस्पतालमा डाइटिसियन अनिवार्य भए पनि भने विगतमा डाइटिसियन नहुँदा अस्पतालमा उपचारका लागि आउने बिरामीलाई रोग अनुसार को खाना खाने, कसरी खाने भन्ने बारेमा आवश्यक सुझाव दिन असहज रहेको थियो । बिरामीको स्वास्थ्यलाई सहज पार्न सन्तुलित आहार महत्वपूर्ण रहने भएकाले अस्पतालले डाइटिसियन नियुक्त गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इमामुल हकले जानकारी दिनुभयो ।

अस्पतालले निशा सिंहलाई एक महिनाअघि डाइटिसियनमा नियुक्त गरेको छ । विगतका दिनहरुमा सो पद खाली रहेका कारण हाल बिरामीको स्वास्थ्यलाई मध्यनजर गर्दै डाइटिसियन नियुक्त गरिएको मेसु हकले बताए ।
सिंहले भिमराव अम्बेडकर विश्वविद्यालयबाट डाइटिसियन सम्बन्धी ३ वर्षे ग्राजुएसन कोर्स गर्नुको साथैं दिल्लीमा रहेको म्याक्स सुपर स्पेसालिटी हस्पिटलमा केही समय सम सेवा समेत गर्नुभए छ ।

डाइटिसियन निशा सिंह औषधि सेवनले भन्दा सन्तुलित भोजनले मानिसको स्वास्थ्य सबल र अस्पतालमा उपचारका लागि आउनेमध्ये विशेषगरी मिर्गौलाको डाइलायसिस गरिरहेका बिरामी, मुटु तथा महुमेहका रोगीहरु, कुपोषणमा परेका बालबालिका तथा गर्भवती महिला बढी लाभान्वित भएको बताउनुभयो । अहिले सिंहको दैनिकी अस्पतालमा उपचारका लागि आउने बिरामीलाई खाना कसरी खाने, कुन समयमा कुन खाना खाने, कति परिमाणमा खाना खाने भनेर सुझाव दिँदैमा बित्ने गरेको छ ।
बिरामीहरु पनि आफूले दिएको सल्लाह बमोजिम सन्तुलित आहार सेवन गर्न लागेको र यसले नियमित रुपमा डाइलायसिस गर्न आउने बिरामीमा सकारात्मक प्रभावसमेत देखिएको जनकारी दिनुभयो ।

सन्तुलित भोजनको बारेमा जानकारी नहुँदा मान्छेहरु जथाभावी खाना खाने गर्छन । जथाभावी रुपमा खाने खानाले मानव स्वास्थ्यमा नराम्रो असर पर्ने तथा स्वस्थ हुनका लागी तन्दुरुस्त हुन सन्तुलित खाना सबैले खानुपर्ने सिंहले बताउनुभयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...