Date
आइत, असार ७, २०८३
Sun, June 21, 2026
Home Blog Page 378

श्री रामजानकी प्राविकाे विद्यालय व्यवस्थापन समिति गठन

वीरगंज । पर्साको कलिकमाई गाउँपालिका वडा नं. २ मा रहेकाे श्री रामजानकी प्राथमिक विद्यालय भेडिहारीकाे विद्यालय व्यवस्थापन समिति बुधबार गठन भएकाे छ ।

हरिकिसोर पासवानकाे अध्यक्षतामा सर्वसहमत विद्यालय व्यवस्थापन समिति गठन भएकाे वडाध्यक्ष साेनालाल प्रसाद चाैरसियाले वताए ।

नवगठित विद्यालय व्यवस्थापन समितिकाे सदस्यमा सत्रुधन प्रसाद चौरसिया, रम्भा देवी, फुलमती देवी र लालमती देवी रहेका छन् ।

वडाध्यक्ष चौरसियाको अध्यक्षतामा सम्पन्न सदस्यहरूको बैठकले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पासवानलाई सर्वसहमत चयन गरेकाे हाे ।

साे बैठकमा विद्यालयका प्रधानाध्यापक रामबचन प्रसाद चौरसिया, समाजसेवी सञ्जय साह कानु लगायतको उपस्थिती रहेको थियो ।

काेइलाभारबाट पराल भित्र राखिएकाे ७ थान सालकाे गुलिया बरामद

वीरगंज । प्रहरीले पर्साकाे पर्सागढी नगरपालिकाकाे वडा नं. १ काेइलाभार टाेलबाट पराल भित्र राखिएकाे ७ थान सालकाे गुलिया बरामद गरेकाे छ ।

गाेप्य सूचनाकाे आधारमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैली र अस्थाई प्रहरी पाेष्ट मानवाबाट खटिएकाे संयुक्त टाेलीले मंगलबार सांझ ७:३० बजे काेइलाभार टाेलमा परालकाे टाल भित्र राखिएकाे सालकाे गाेलिया  बरामद गरेकाे इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीका प्रहरी निरिक्षक रामराज केशरीले वताए ।

उनका अनुसार बरामद हुने सालकाे गुलिया ४० इन्च माेटाई र ७ फिट लम्बाईकाे एक थान, ३५ इन्च माेटाई र ४ फीट लम्बाईकाे २ थान, ३० इन्च माेटाई र ४ फिट लम्बाईकाे ४ थान रहेकाे छ ।

बरामद साल जातिकाे गुलिया सव डिभिजन वन कार्यालय सखुवनियाकाे  जिम्मा लगाईएकाे प्रहरी निरिक्षक केशरीले जानकारी दिए ।

अवैध तरिकाले गिट्टी बालुवा ओसारपसार गर्ने ३ वटा ट्याक्टर प्रकाउ

वीरगंज । पर्साको पर्सागढी नगरपालिका अन्तर्गत पर्ने सिगयाही खोलाबाट अवैध रूपमा गिट्टी बालुवा उत्खनन गरिरहेको अवस्थामा प्रहरीले ३ वटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ ।

सिगयाही खोलामा गिट्टी बालुवा उत्खनन गरी अवैध रूपमा ओसारपसार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ट्र्याक्टरहरू नियन्त्रणमा लिएको हो ।

प्रहरी चौकी मानवाको टोलीको सहयोगले सिगयाही खोलाबाट गिट्टी बालुवा ओसारपसार गर्न प्रयोग भइरहेको ना ४ त–६२४६, ना ६ त– ७३५५ र ना ५ त– ५०५२ नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख एवम् प्रहरी निरिक्षक (इन्स्पेक्टर) रामराजा केशरीले वताए ।

नियन्त्रणमा लिएको ट्र्याक्टरलाई प्रहरी चौकीले पर्सागढी नगरपालिकाको राजस्व शाखामा पठाएको इन्स्पेक्टर केशरीले जानकारी दिए ।

बारामा बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

वीरगंज । बारामा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।बलात्कार आराेपमा जिल्ला प्रहरी कार्यालय बाराले प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई नियन्त्रणमा लिएकाे हाे ।

कात्तिक १९ गते आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरुद्व मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकाे थियाे । पीडितको स्वास्थ्य परिक्षण मङ्सिर १७ गते नै प्रादेशिक अस्पताल कलैयमा गरिएकाे थियाे ।

पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक (डिएसपी) दधिराम न्यौपानेले बताए ।

पर्सामा करेन्ट लागेर एक जनाकाे मृत्यु

वीरगंज । पर्सामा करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे छ । स्याउला टिप्न रुखमा चढेका बेला करेन्ट लागेर पटेर्वा सुगौली गाउँपालिकाकाे वडा नं. ५ मनिहर्वाका ५५ बर्षिय चोकट साह तेलीकाे मृत्यु भएकाे हाे ।

मङ्गलवार दिउँसो १ बजेतिर बाख्राका लागि स्याउला टिप्न घर नजिकैको रुखमा चढेका बेला ११ हजार भोल्टको तारमा टाँसिदा तेलीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शी स्थानीय शिक्षक हरिराज प्रसाद यादवका अनुसार तेलीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको थियो ।

तेलीको शव पोस्टमार्टमका लागि वीरगंजस्थित नारायणी अस्पतालमा ल्याइएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामराजा केशरीले जानकारी दिए ।

वीरगंजकाे ४ वटा वडामा सुशासन समितिको अनुगमन

वीरगंज । वीरगंज महानगरपालिकाले ग्रामिण क्षेत्रको वडा कार्य अझ प्रभावकारी बनाउन सुशासन तथा संस्थागत विकास समितिले वडा समितिहरुको अनुगमन तिव्र बनाएको छ ।

वीरगंज महानगरपालिकाद्वारा गठित सुशासन तथा संस्थागत विकास समितिले सोमबार महानगरको ४ वटा वडाको सेवा प्रभावह बारे वडा नं. २५, १७, १९ र २४ को अनुगमन गरेको हाे ।

अगामी दिन ग्रामिण क्षेत्रको वडाहरुमा अझ प्रभावकारी कार्य तथा सेवा दिलाउन कार्य अधि बढाएको समितिका संयोजक प्रदीप चौरसियाले जानकारी दिए । वडामा कर्मचारीको उपस्थिति, सेवा प्रवाहको अवस्था, राजश्व संकलन लगायतका विषयमा जानकारी लिएको समितिका संयोजक चौरसियाले वताए ।

कतिपय वडामा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या आएको र कतिपय स्थानमा राजश्व संकलनमा समेत समस्या देखिएकाले वास्तविकता यकिन गर्न अनुगमन थालिएको उनले  बताए ।

वडामा संकलन हुने राजश्व साप्ताहिक रुपमा दाखिला गराउनु पर्नेमा कतिपयले दाखिला नगरेको देखिएकाले त्यसलाई कडाई गरिने महानगरको प्रशासन महाशाखा प्रमुख राजकृष्ण ताम्राकारले बताए ।

अब ३२ वटै वडामा दैनिक रुपमा अनुगमन गर्ने र समयमा कार्यालयमा अनुपस्थिती भेटिने कर्मचारीलाई कारबाही पनि गरिने उनले बताए ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जनप्रतिनिधि रहने वडा कार्यालयमा नै सेवाग्राहीले सास्ती पाएको तथा राजश्व संकलनमा समसया देखिएको गुनासो आएपछि अनुगमनलाई कडाई गर्न निर्देशन दिए बमोजिम समितिले अनुगमन सुरु गरेको हो ।

वडा नं. ५ का वडाध्यक्ष समेत रहेका समितिका संयोजक चौरसियाको नेतृत्वमा गएको प्रशासन महाशाखा प्रमुख राजकृष्ण ताम्राकार, महानगर प्रमुखका सचिवालय सल्लाहकार हरि पोखरेल, प्रेस सल्लाहकार महेश दास लगायतकाे अनुगमन टाेलीमा सहभागि थिए ।

पकहाँ मैनपुरमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन सम्बन्धी अन्तरक्रिया

वीरगंज । पर्साकाे पकहाँ मैनपुर गाउँपालिकामा मंगलबार भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय हेटौडाको आयोजनामा गाउँ कार्यपालिकाकाे कार्यालय पकहाँ मैनपुरमा भएकाे पालिका स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे कार्यालय हेटौडाका उपप्रमुख सुरेन्द्र घिमिरेको अध्यक्षतामा भएकाे कार्यक्रममा वाेल्लै गाउँपालिका अध्यक्ष अध्यक्ष सुरेश प्रसाद मेहताले अख्तियारमा उजरी गर्नु पुर्व गाउँपालिका कार्यालयामा गुनासो गर्नु पर्ने वताए ।

उनले गाउँपालिकामा आएकाे गुनासाे सम्बाेधन नभएपछि अख्तियारमा उजरी गर्नु पर्ने वताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अध्यक्ष मेहताले गाउँपालिकाकाे हरेक गतिबिधीमा जनताले निगरानी गर्नुपर्ने वताए ।उनले ठेकेदारले राम्राे काम नगरेकाे खण्डमा साेही ठाउँमा काम रोक्नु पर्ने वताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय हेटौडाका उपप्रमुख घिमिरेले २०७९।२०८० मा संघमा ३ सय ५६, प्रदेशमा ४ सय १ र स्थानिय तहमा १५ सय ६९ उजुरी परेको वताए । उनले परेकाे उजरी अन्तर्गत संघका २ सय ४५, प्रदेशका २ सय ५१ र स्थानिय तहका ९ सय ५० फर्छाैट भइसकेकाे बताए ।

उनले मधेश प्रदेशकाे बारा जिल्लामा १ बर्षमा ५ सय ४१, पर्सामा ४ सय ४९, मकवानपुरमा ४ सय ६७, रौतहटमा ४ सय ५७ उजुरी परेको बताए । उनका अनुसार पर्सामा सब भन्दा बढी मुद्धा वीरगंज महानगरपालिकामा १ सय ३५ उजरी परेकाे छ । 

यसैगरी धोबिनी गाउँपालिकामा ३०, छिपहरमाईमा २९, पकहाँ मैनपुरमा २० र कालिकामाई २१ उजरी परेकाे छ । १ सय ८५ देशमा २०२२ सम्मको डाटा अनुसार नेपाल १ सय १० औ स्थानमा रहेको छ भने पहिलाको डाटा अनुसार १ सय १७ स्थानमा थियो । उनले पहिला भन्दा अहिले भ्रष्टाचारमा केही सुधार भएको पनि बताए । 

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय हेटौडाका प्रहरी नायब निरिक्षक डा. हेमबहादुर केसीले सार्वजनिक निमार्ण, अनुगमन समाजिक सुरक्षा, भ्रटाचार गर्ने संरचनागत ब्यवस्था, संगठानिक एवम् कानुनी संरचनाकाे बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा पकहाँ मैनपुर गाउँपालिकाकाे वडा नम्बर १ का वडाध्यक्ष बिनोद मेहता, विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष बृजमोहन पाण्डे, बिरेन्द्र यादव, प्रधानाध्यापक राधा बैठा, ईन्जिनियर भोला साह कलवार, वडा नमबर ५ का वडा सचिव ताजेश्वर कुश्वाहा लगायतकाले आ आफना जिज्ञासा तथा सुझावहरु राेखका थिए ।

मेलामा प्रहरीले नाच नाच्न नदिएपछि झडप, अश्रुग्यास र गोलि चल्यो

वीरगंज । वीरगंज महानगरपालिका वडा नं १७ अलौको सिवान टोलस्थित शनिबार लागेकाे महाबिरी झण्डा मेलामा प्रहरीले ज्यादती गरेकाे स्थानियहरुले आराेप लगाएका छन् । मेलामा शनिबार राति शान्तिपूर्ण तरिकाले नाच नाचिरहे पनि प्रहरीले अवराेध गर्दै लाठी चार्ज समेत गरेकाे स्थानियहरुकाे भनाई छ ।

प्रहरीले ज्यादती गरेकाे भन्दै स्थानियहरु आइतबार अलाैंकाे हनुमान मन्दिर चाैकमा टायर बालेर प्रदर्शन समेत गरेका छन् ।

मेलामा नाच नचाउने विषयमा दर्शक र नेपाली सुरक्षाकर्मीबीच विवाद भएकाे थियो । विवाद झडपमा परिणत हुँदा एक जना सर्बसाधारणसहित केही सुरक्षाकर्मी समेत घाइते भएका छन् । प्रहरीले राती ११ बजेपछि नाच नचाउन नपाउने भन्दै अवरोध गरेको थियो । तर पनि राती १२ बजेसम्म नाच नचाउन दिइएको थियो ।

राति १२.३० बजेपछि नचाउने काम नरोकिएको कारण स्थानीय प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्साबाट थप प्रहरी मगाएपछि नाच हेर्न आएका दर्शकहरुमाथि प्रहरीले लाठीचार्ज गरेको थियो ।

लाठीचार्ज पछि सो स्थानको अवस्था तनावग्रस्त भएको थियो । नेपालको सिवानटोल र भारतीय सीमावर्ती गाउँ हरैयाका स्थानीयवासीले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि केही सुरक्षाकर्मी समेत घाइते भएकाे वताइएकाे छ ।

झडपमा प्रहरी चौकी श्रीसियाका सहायक प्रहरी हवल्दार सुबोध कुमार यादव, प्रहरी जवानद्वय सुभाष चौधरी, रोसन सिंहल घाइते भएकाे बुझिएकाे छ ।

प्रहरीले भिडलाई तितरवितर पार्न ३ राउन्ड अश्रुग्याँस र १ थान रबरको गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी कुमार विक्रम थापाले बताए।

घटनामा हरैयाका १७ वर्षीय युवक राजनकुमार घाइते भएका छन् । उनको बायाँ खुट्टामा गम्भीर चोट लागेर डंकन अस्पतालमा उपचार भइरहेका छ । घाइते परिवारजनका अनुसार प्रहरीको गोलीको छर्रा लागेर राजन घाइते भएको दावी गरिएको छ । तर सुरक्षा निकायले उनीमाथि गोलि नचलाएको र भाग्ने क्रममा लडेर चोट लागेको हुन सक्ने अथवा अश्रु ग्याँसको सेलबाट खुट्टा पोलेको हुन सक्ने भनी आशंका गरेको छ।

हरेकवर्ष छठ पर्वको १५ दिनपछि महाबिरी झण्डा मेला दुई देशको गाउँ नेपालको शिवानटोला र भारतको हरैया गाउँका स्थानीयको संयुक्त सहमतिमा मेला समिति चयन गरेर झण्डा मेला लाग्दै आएको छ ।

हिजोको महाबिरी झन्डा मेलामा भारत बिहार मझौलियाका चर्चित नाच ल्याइएको थियो । मेलामा रातिकाे समय धेरै बर्ष पहिलादेखि नाच नाच्दै आएपनि यस बर्ष प्रहरीले अवराेध गरेपछि विवाद भएकाे स्थानियहरुले वताएका छन् । 

पकहाँ मैनपुरकाे मधुबनीमा १५ बेडको अस्पताल बनाउने निर्णय

वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँ कार्यपालिकाको आइतबार बसेकाे बैठकले बिभन्न निर्णय गर्दै सम्पन्न भएकाे छ ।

गाउँपालिका अध्यक्ष सुरेश प्रसाद मेहताको अध्यक्षतामा बसेको बैठकले योजनाको काम संचालन गर्ने, वडा नम्बर २ मधुबनीको कर्बाेला नजिककाे जग्गामा १५ बेडको अस्पतालको भवन निर्माण गर्ने निर्णय गरेकाे छ ।

यसैगरी बैठकले वडा नम्बर २ मा रहेको स्वास्थ्य चौकीको ठाउँ सानो आकारको भएकोले अर्काे ठाउँमा सार्ने समेत निर्णय गरेकाे गाउँपालिकाका योजना शाखा प्रमुख सुधान्सु शेखर सोनीले बताए ।

बैठकले वडा नम्बर ३ मा रहेको श्री रामचरित्र भगत माद्यमिक विद्यालय पकहाँ मैनपुरका विद्यार्थीहरुकाे अवलोकन भ्रमणका लागी रु ३ लाख २० हजार रकम दिने पनि निर्णय गरेकाे छ ।

गाउँपालिकाका जनप्रनिधीहरुलाई गाउँपालिकाको नियम अनुसार आवश्यक पर्ने ईन्धन दिने र कर्मचारी मध्ये शाखा प्रमुखहरुलाई मात्र ईन्धन दिने बैठकमा सहमती भएकाे छ । ईन्धनमा बढ्दो खर्चलाई कटौती गरी नियन्त्रण गर्न सबै जनाले साथ र सहयोग गर्ने समेत सहमती भएको प्रमुख प्रशासकिय अधिकृत उदयशंकर चौधरीले बताए ।

गाउँपालिकाकाे बारेमा धेरै झुठ र अफवाहरु फैलाउने काम भइरहेकाे निष्कर्ष निकाल्दै त्यसकाे पछि नलाग्न गाउँपालिकाबासीमा बैठकले आग्रह समेत गरेको छ ।

राधादेवी मेमोरिय स्कुल अब महानगर र लायन्सले संयुक्त रुपमा संचालन गर्ने

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ६ आदर्शनगरमा रहेको राधादेवी मेमोरियल लायनेस स्कुल अबदेखि वीरगंज महानगरपालिका र लायन्स क्लबले संयुक्त रुपमा संचालन गर्ने भएको छ ।

विद्यालय संचालनका लागि विगत ४२ वर्ष अघि जग्गा दान गर्ने जग्गा दाता मुरलीधर शर्मालाई आइतबार एक कार्यक्रका बीच अभिनन्दन गर्दै उनको स्वर्गीय आमाको नामबाट स्थापना भएको स्कुल अबदेखि महानगर र लायन्स दुबैले संयुक्त रुपमा संचालन गर्ने सहमति भएको हो ।

विगतमा बेवारिसे अवस्थामा रहेको स्कुललाई पुनर्जीवन दिएर नयाँ ढंगबाट गुणस्तरीय पठन पाठनको व्यवस्था मिलाउने गरी संचालन गरिने महानगर प्रमुख राजेशमान सिंहले बताए ।

उनले विद्यालय संचालनका लागि करोडौँ मूल्यको जग्गा उपलब्ध गराउने शर्मा परिवारलाई आभार प्रकट गर्दै अहिलेको समयमा पनि व्यक्तिगत भन्दा सामाजिक हितका लागि दान गर्ने शर्मा समाजकै लागि उदाहरणीय व्यक्ति रहेको बताए ।

जग्गा दाता परिवार र लायन्सको सोच अनुरुप विद्यालयलाई गुणस्तरीय र सबैको पहुँचमा रहने गरी पठन पाठन गराउने व्यवस्था महानगरले गर्ने भन्दै उनले त्यसका लागि आवश्यक गृहकार्य गर्न शिक्षा महाशाखालाई निर्देशन समेत दिए ।

कार्यक्रममा वरिष्ठ उद्योगी अशोक वैद्यले बेवारिसे अवस्थामा रहेको विद्यालयलाई पुनर्जीवन दिन महानगरले थालेको कदम सह्रानीय रहेको बताए ।

विद्यालय संचालनका लागि मुरलीधर शर्माले २०३८ असार १५ गते ७ कट्ठा ५ धुर जग्गा विद्यालयको नाममा रजिष्टर्ड गरेरै दान दिएका थिए । मुरलीधर शर्मा र उनको धर्मपत्नी विमलादेवी शर्मालाई प्रशंसा पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

विद्यालय संचालनका लागि दान गरेको जग्गामा गएको ४२ वर्षदेखि विद्यालय संचालन बेवारिसे रुपले भइरहेको भन्दै जग्गा दाता शर्माले असन्तोष व्यक्त गर्दै आएका थिए ।

अब भने महानगरले नै विद्यालय संचालन गर्ने जमर्को गरेकाले गुणस्तरीय र सबैको पहुँचमा रहने गरि विद्यालय संचालन हुनेमा आफू विश्वस्त रहेको पनि शर्माले बताए ।

लायन्स क्लब अफ वीरगंजका अध्यक्ष पप्पु श्रीवास्तवको सभापतित्वमा सम्पन्न कार्यक्रममा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, वडा नम्वर ५ का वडाध्यक्ष प्रदीप चौरसिया, वडा नं. ६ का वडाध्यक्ष जयप्रकाश साह, लायन्स क्लब अफ वीरगंजका भुतपूर्व अध्यक्ष बलराम श्रेष्ठ, छेदुप लामा, विनित जयसवाल, ग्रिन सिटी सामुदायिकका अध्यक्ष जयप्रकाश खेतान लगायतको सहभागिता रहेको थियो ।