Date
बिहि, असार ४, २०८३
Thu, June 18, 2026
Home Blog Page 330

नबिल बैंक र प्रहरीले किन लुकाउन चाहन्थ्याे चाेरीकाे घटना ?

वीरगंज । वीरगंजस्थित नबिल बैंकको बाइपास शाखाबाट एक कराेड ३४ लाख रुपैयाँ चाेरी भएकाे पुष्टि भएकाे छ । आइतबार राति बैंकमा चाेरी भएपनि प्रहरीले मंगलबार मात्र पुष्टी गरेकाे हाे । बैंकले पनि मंगलबार मात्र जिल्ला प्रहरी कार्यालय पर्सामा उजरी दिएकाे छ ।

नबिल बैंककाे बाइपास शाखामा साेमबार विहान चाेरी भएकाे जिल्ला प्रहरी कार्यालय पर्सा प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले वताए । चाेरी बारे मंगलबार मात्र बैंकले उजरी दिएकाे उनले जनाए । चाेरीमा संलग्न केहीलाई पक्राउ गरि अनुसन्धान भइरहेकाे प्रवक्ता थापाले वताए । तर उनले पक्राउ परेकाहरु संख्या पनि खुलाउन चाहेनन् ।

चाेरीकाे घटना बारे साेमबार विहानै बैंक र प्रहरी दुबैलाई थाहा भएपनि वताउन चाहेका थिएन । केही संचारमाध्यमले साेमबार नै बैंकमा चाेरी भएकाे समाचार प्रकाशन गरेका थिए । तर चाेरी बारे पर्सा प्रहरीका प्रवक्ता डिएसपी थापासंग बुझ्दा आधिकारिक जानकारी नभएकाे वताएका थिए । बैंकका जिम्मेवार अधिकारीहरुले पनि फाेन सम्पर्कमा आउन चाहेका थिएन । बैंकले अझै सम्म प्रहरी वाहेक अधिकारी रुपमा चाेरी बारे केही जानकारी गराएकाे छैन । 

चोरी भएकै कारण साेमबार बाइपास शाखाबाट कारोबार भएको थिएन । ‘यस शाखामा विशेष कारणवश कारोबार हुन नसकेकोले नजिकैको वीरगंज शाखा र पावर हाउस शाखाबाट कारोबार गरिदिनुहुन अनुरोध गर्दछौ । यसबाट ग्राहक वर्गमा पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौँ,’ शाखा कार्यालयको गेटमा सूचना टाँसिएको थियाे ।

तर चाेरी भएकै कारण बैंककाे सेवा प्रभावित भएपनि साेमबार नै बैंकले प्रहरी कार्यालय किन उजरी दिएन ? चाेरी बारे वीरगंजका पत्रकारहरुलाई थाहा भएपनि पनि बैंकका अधिकारीहरुसंग बुझ्न चाहँदा किन बताउन मानेन ? पर्सा प्रहरीलाई चाेरीकाे घटना बारे माैखिक जानकारी भएपनि किन बताउन मानेका थिएन ? पर्सा प्रहरीका प्रवक्ता थापाले चाेरीकाे घटना बारे आधिकारी जानकारी नभएकाे वताएपछि पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक कुमाेद ढुंगेलसंग पनि फाेनमा सम्पर्क गर्न खाेज्दा उनले पनि कुरा गर्न चाहेका थिए । के प्रहरी र बैंक दुबैले चाेरीकाे घटना लुकाउन चाहन्थ्याे ?  

सामाचार स्राेतका अनुसार नबिल बैंकको शाखाबाट गत आइतबार राति पाँच जनाको संख्यामा रहेका चोरहरुको समुहले मूल गेटको ताल्चा फोडेर भित्र प्रवेश गरी टिनको बाक्सामा रहेको १ सय र २० रुपैयाँको नोट गरी १ करोड ३४ लाख ६५ हजार रुपैयाँ बोरामा हालेर लगेको बैंकको सिसिटिभीको फुटेजमा देखिएको छ ।

बैंकको भल्टभित्र रहेको फलामे सेफमापनि ५ करोड भन्दा बढी नै रकम राखिएको थियो । तर चोरहरुले टिनको बाकसमा रहेको रकममात्रै चोरेर लगेको र सेफमा रहेको रकम भने सेफमै सुरक्षित अवस्थामा रहेको थियो । चाेरी भएकाे बैंककाे शाखामा रातीकाे समयमा सुरक्षा गार्ड राखिएकाे थिएन ।

बैंकमा चोरी गर्नुभन्दा पहिले चोरहरुको समुहले गत आइतबार वीरगन्जको नयाँ बसपार्कस्थित रानीपोखरी होटलमा छोटेलाल जयसवालको नाममा कोठा बुक गरेर बसेको थिए । 

हरवाचरवा लगायत कृषि मजदूरका समस्या समाधानका लागि आग्रह

वीरगंज । राष्ट्रिय हरवाचरवा अधिकार मञ्च र राष्ट्रिय दलित नेटवर्क नेपाल (आरडिएन) ले दासप्रथाको अवशेषका रुपमा रहेका हरवाचरवा लगायत कृषि मजदूरका समस्या समाधानका लागि आग्रह गरेका छन् ।

१३५ औँ अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा बुधबार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरी सबैप्रकारका श्रम शोषणको अन्त्य गर्दै मुक्त हरवाचरवा, हलिया तथा कमैयाको पूर्ण पुनःस्थापनाका लागि सङ्कल्प गर्न सरकारलाई आग्रह गरेका हुन् ।

“नेपालको संविधानको धारा २४ (छुवाछूतविरुद्धको हक), २९ (शोषणविरुद्धको हक) र ४० (दलित हक) विपिरित आज पनि पश्चिम नेपालका मुक्त कमैया, कम्लरी तथा हलियाहरूको पुनःस्थापनाको काम अझै पूरा हुनसकेका छैनन । त्यसैले उनीहरुको पुनःस्थापनाको लागि सरकारले गठन गरेको मुक्त कमैया, हलिया तथा हरवाचरवा अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन गर्न, पुनस्र्थापनासम्बन्धी कार्यविधि पारित गरी सोही अनुसार तत्काल पुनःस्थापनाका बाँकी काम अगाडि बढाउन आग्रह गर्दछौँ”, विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी नेपालको पूर्वी तराई अर्थात मधेशका आठ जिल्लामा विद्यमान हरवाचरवा प्रथा मुक्तिको घोषणा गरिए पनि पुनःस्थापनाका प्रारम्भिक कामसमेत अगाडि बढ्न नसकेकामा सरोकारवालाहरूको ध्यानाकर्षण गराउँदै कृषि तथा सेवालगायत श्रमका विभिन्न क्षेत्रमा श्रम र सीप लगानी गरी मधेश प्रदेशको समृद्धिमा योगदान गरिरहेका एक लाखभन्दा बढी हरवाचरवा परिवारको तथ्याङ्क सङ्कलन, प्रमाणीकरण तथा वैज्ञानिक वर्गीकरणसहित पुनःस्थापनाको कामअघि बढाउन पनि माग गरिएको छ ।

“दासप्रथाको अवशेषको रुपमा रहेका कृषि मजदूरको अवस्था सदाका लागि अन्त्य गर्दै मर्यादित श्रम, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायतका श्रमिक अधिकारलाई सुनिश्चित गर्नेतर्फ अग्रसर श्रमिक दिवसले सबैलाई प्रेरणा प्रदान गरोस्”, अधिकार मञ्चका अध्यक्ष दशनलाल मण्डल र आरडिएनका अध्यक्ष मोहन ओडद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

विद्यालयलाई पंखा तथा शैक्षिक समाग्री सहयोग

बलात्कार आराेपितलाई छटाइदिन्छु भनि १७ लाख ठगि गर्ने पक्राउ

वीरगंज । पुर्पक्षमा रहेका व्यक्तिहरू छुटाईदिन्छु भनी रकम लिने एक जनालाई बारा प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
 
वीरगंज कारागारमा रहेकाे दुई जनालाई छुटाईदिन्छु भनी रु १७ लाख ठगि गर्ने बाराकाे कलैया उप-महानगरपालिका वडा नं.२३ बैराठपुर निवासी २५ बर्षिय सहदेव पटेललाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले जानकारी दिए ।
 
अपहरण शरिर बन्धक तथा जबरजस्ती करणी कसुर मुद्दाको पुर्पक्षको लागि कारागार कार्यालय पर्सा बीरगंजमा रहेका  व्यक्तिलाई छुटाईदिन्छु भनी रू.१० लाख र अर्को जबरजस्ती करणी कसुर मुद्दाको पुर्पक्षमा रहेको व्यक्ति छुटाईदिन्छु भनी रू.७ लाख समेत लिएर ठगी गरेकाे आरोपमा पुर्पक्षमा रहेका व्यक्तिहरूको आफन्तहरुले दिएको जाहेरीको आधारमा पक्राउ गरिएकाे सुचना अधिकारी न्याैपानेले वताए 
 
पक्राउ परेका पटेल विरुद्ध जिल्ला अदालत बारामा ठगी मुद्दा दर्ता गरी थप गरी अनुसन्धान कार्य भई रहेको न्याैपानेले वताए ।
 
साथै यस्ता किसिमका ठगी अन्य व्यक्तिहरूसंग पनि हुनसक्ने भएकोले ठगीमा पर्नु भएका व्यक्तिहरूले यस जिल्ला प्रहरी कार्यालय, बारामा सम्पर्क गरी जाहेरी दरखास्त दिन समेत उनले प्रेस विज्ञप्ती मार्फत आग्रह गरेका छन् ।

एनएमएसआरए वीरगंजले विभिन्न कार्यक्रम गरि मजदूर दिवस मनायो

वीरगंज । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (एनएमएसआरए) वीरगंजले बुधबार विभिन्न कार्यक्रमकाे आयाेजना गरि १३५ मजदुर दिवस मनाएकाे छ ।

मजदुर दिवसकाे अवसरमा संघले बुधबार विहान वीरगंजमा माेटरसाइकल र्‍याली निकालेका थियाे । अमर चौकस्थित संघकाे कार्यालयबाट निस्केकाे माेटरसाइकल र्‍याली, नारायणी अस्पताल हुँदै घण्टाघर र नेशनल मेडीकल कॉलेज पुगी पुन: बाईपास हुँदै अमर चौकमा पुगी कोण सभामा परिणत भएकाे थियाे ।

काेण सभामा वाेल्ने वक्ताहरुले अझै पनि श्रमकाे उचित मुल्यांकन नभएकाे गुनासाे गरे । उनीहरुले सबै श्रमिकहरु श्रमकाे सवालमा एक हुनु पर्ने धारणा राखेका थिए ।

त्यसैगरी संघले बुधबार नै नारायणी अस्पतालमा बिरामी र कुरुवाहरुलाई फलफूल तथा जूस बितरण गरेकाे छ । मजदुर दिवस कै अवसरमा अस्पतालका विभिन्न वार्डमा उपचारत बिरामी र कुरुवाहरुलाई फलफूल तथा जुस वितरण गरिएकाे संघका दिपेन यादवले वताए ।

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ वीरगंज इकाईका अध्यक्ष राम गोसाईकाे अध्यक्षतामा भएकाे कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष मनोज साह, केन्द्रीय सचिव नरेन कुशवाहा, केन्द्रीय सदस्य राजकुमार चौधरी, वीरगंज इकाईका सदस्यहरु गौतम कर्ण, ध्रुव मानस, अमित कर्ण, रमेश गिरी, दीपेन्द्र लाल कलवार, बिकाश कुशवाहा, अजित कुशवाहा, दीपेन यादव, नितेश पटेल, सुनील माली, अनुराग गुप्ता, धर्मेन्द्र कुशवाहा लगायतकाे उपस्थिति रहेकाे थियाे ।

बाराबाट २१६ किलो लागू औषध गाँजासहित ट्रक र दुई जना पक्राउ

कलैया । बारा प्रहरीले निजगढ नगरपालिकाकाे वडा नं. १० लालपार्कबाट २१६ किलो लागू औषध गाँजासहित २ जनालाई पक्राउ गरेकाे छ ।

मकवानपुरकाे मनहरी गाउँपालिका बड़ा नं. ३ स्थायी घर भई बाराकाे जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२ निवासी ३२ बर्षिय आकाश भन्ने दिपक कोईराला र मकवानपुर कै हेटौडा उपमहानगरपालिका वडा नं. १३ पदम पोखरी निवासी ३० बर्षिय जिबन घलानलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

विशेष सूचनाको आधारमा साेमबार राति १०:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय निजगढ र अस्थाई प्रहरी पोष्ट रतनपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले दुबै जनालाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले जानकारी दिए ।

रतनपुरबाट निजगढ तर्फ जादै गरेको ना ५ ख ७५५२ नम्बरको ट्रकलाई रोकी चेक जाँच गर्दा ट्रक भित्र लुकाई छिपाई राखेको २१६ किलाे लागू औषध गाँजा बरामद भएकाे प्रवक्ता न्याैपानेले वताए । त्यसपछि ट्रक ड्राइभर आकाश र ट्रकमा सवार जिवनलाई नियन्त्रणमा लिई आवश्यक कारवाही अगाडी बढाईएकाे प्रहरीले जनाएकाे छ ।

पटेर्वा सुगाैलीकाे रंगपुरमा आधुनिक बजार बन्ने, पालिका प्रमुखले गरे शिलान्यास

बीरगंज । पर्साकाे पटेर्वा सुगौली गाउँपालिका वडा नं. २ गादीको रंगपुरटाडीमा आधुनिक बजार निर्माण हुने भएको छ । सोही बजारको मंगलवार एक कार्यक्रमकावीच गाउँपालिका अध्यक्ष दिनेश चौधरीले शिलान्यास गरेका हुन् ।

शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष चाैधरीले गौरव कै आयोजनाको रुपमा रंगपुरस्थित हप्ताको २ पटक सोमबार र शुक्रबार अव्यवस्थित रुपमा मुल सडकको छेउ छाउमा लाग्दै आएको हाट बजारलाई ब्यवस्थित गर्ने उदेश्यले गाउँपालिकाले बजार सेड निर्माण गर्न लागेकाे वताए ।

उनले आन्तरिक पर्यटनमा पर्सा जिल्ला कै प्रमुख गन्तव्य मध्यको एक भुमरीमाई धार्मिक बन छेउ मै आफ्नै जग्गा खरिद गरि आज बिधिवत रुपमा रङ्गपुर बजार निर्माणको शिलान्यास गरिएकाे वताए ।

बजार निर्माण गाउँपालिकाकाे साथै वडाको गौरबको योजना भएको वडाध्यक्ष बिजय गैरेले बताए ।  पहिलो चरणमा १ करोड ९ लाख रुपैयाको ठेक्का लागेको वडाध्यक्ष गैरेले जानकारी दिए ।

शिलान्यास कार्यक्रममा उपप्रमुख ममता महतो, प्रमुख प्रशासकिय अधिकृत देवनाथ साह, गाउँपालिका कार्यालयका बिभिन्न शाखाका प्रमुखहरु, समाजसेवी महेन्द्र चौधरी, कालकुमार बस्नेत लगायत जनप्रतिनिधि र स्थानीयहरुको सहभागिता रहेको थियो ।

धाेबिनीकाे जगरनाथपुरमा आगलागी, ४ वटा घर जल्याे

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिका वडा नं. ५ जगरनाथपुरमा मंगलबार दिउसाे आगलागी हुँदा ४ वटा घर जलेर नष्ट भएकाे छ ।

स्थानिय रहमत देवान, अमजत देवान, सम्साद देवान र रजाक देवानकाे फुसकाे घर जलेर नष्ट भएकाे इलाका प्रहरी कार्यालय लंगडीका सहायक हवल्दार राम कुमार साहले जानकारी दिए ।

आगलागीमा घर भित्र रहेकाे धान, चामल, गहुँ, दाल, भाँडाब्रतन, लत्ता कपडा लगायततका सामग्रीहरु जलेर नष्ट भएकाे उनले वताए ।पिडितहरुले आगलागीमा २७ लाख बराबरकाे क्षति भएकाे जनाएका छन् ।

विधुतकाे तार सर्किट भएकाे आगलागीमा मानविय तथा पशु चाैपायकाे क्षति भएकाे छैनन् । पाेखरिया नगरपालिकाबाट पुगेकाे बारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियकाे सहयाेगमा आगाे नियन्त्रणमा आएकाे थियाे । 

केही दिन पहिला मात्र बैशाख १२ गते धाेबिनी गाउँपालिका कै वडा नं. ३ हरिहरपुरमा भएकाे आगलागीमा ५ वटा घर जलेकाे थियाे । त्यसअघि पनि चैत २६ गते राति धाेबिनी गाउँपालिका कै वडा नं. ३ गुलरियामा भएकाे आगलागीमा ४ वटा घर जलेकाे थियाे ।

वीरगंजबाट नेपाली नक्कली नाेटसहित दुई जना पक्राउ

वीरगंज । वडा प्रहरी कार्यालय विर्ताले साेमबार वीरगंजबाट नेपाली नक्कली नाेटसहित दुई जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा बाराकाे प्रसौनी गाउँपालिका वडा नं.२ निवासी ४० बर्षिय हलिमा खातुन र भारत विहार पश्चिमी चम्पारण वेतिया भावल पञ्चायतका ३० बर्षिय क्यामुदिन मियाँ रहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

वीरगंज महानगरपालिकाकाे वडा नं. ९ घण्टाघरस्थित सडकखण्डमा साेमबार राति ८ बजेकाे समयमा संकास्पदरूपमा पैदल हिंडिरहेका अवस्थामा रोकी खानतलासी गर्दा भारतिय नागरिक क्यामुदिन मियाँको साथबाट नेपाली नक्कली रू. एक हजार दरका नोट १ थान र हलिमा खातुनको साथबाट नक्कली नेपाली रु. एक हजार दरका नोट १२२ थान गरी जम्मा रु एक लाख २३ हजार फेला परेकाे प्रवक्ता थापाले वताए ।

बरामद नक्कली नोट सहित दुबै जनालाई नियन्त्रणमा लिई मुद्रा सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेकाे उनले वताए ।

नेपालकाे संविधानमाथि विदेशी शक्तिहरुबाट प्रहार हुँदै : सांसद अमरेश सिंह

वीरगंज । स्वतन्त्र निर्वाचित प्रतिनिति सभा सदस्य (सांसद) अमरेश कुमार सिंहले विदेशी शक्तिहरुबाट नेपालको संविधानमाथि प्रहार भइरहेको वताएका छन् ।

वीरगंजमा साेमबार आयाेजित पत्रकार भेटघाट कार्यक्रम वाेल्दै सर्लाहीकाे क्षेत्र नं. ४ बाट निर्वाचित सांसद सिंहले विदेशी शक्तिहरुको इशारा र निर्देशनमा अहिले नेपालको संविधानमाथि प्रहार भइरहेको बताए । उनले संविधानका मुख्य चारवटै आधारस्तम्भ धर्मनिरपेक्षा, गणतन्त्र, संघीयता र समावेशीतामाथि प्रहार भइरहेको बताए ।

सांसद सिंहले अहिलेकाे संविधान समाप्त भएको खण्डमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जेल जाने ठोकुवा पनि गरे । सिंहले नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डमाथि द्वन्द्धकालका ३ सय भन्दा बढी मुद्धा रहेको बताउँदै यदि संविधान समाप्त भएमा प्रचण्ड जेल जाने ठोकुवा गरेका हुन् ।

उनले भने, ‘अहिलेको संविधान खतरामा पर्ने बित्तिकै प्रचण्ड जेल जानुहुन्छ । कांग्रेस, एमालेलाई केही हुँदैन । तर माओवादी खतरामा पर्छ र माओवादी खतरामा पर्ने बित्तिकै प्रचण्डमाथि खतरा हुनेवाला छ ।’ 

अर्काे प्रसंगमा कुरा राख्दै नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवालाई पढेलेखेको मान्छे मन नपर्ने गरेकाे वताए । उनले भने, ‘शेरबहादुर देउवालाई पढेलेखेको मान्छे मन पर्दैन ।’ देउवालाई इंगित गर्दै उनले थपे, ‘उहाँ भन्नुहुन्छ, एउटी मेरो श्रीमती पढेको छँदैछ, बाँकी किन चाहियो ।’ सिंहले भने, ‘उहाँ शेरबहादुर देउवा हैन, वास्तवमा शेरबहादुर राणा हो ।’

प्रधानमन्त्री कार्यालय प्रधानमन्त्री प्रचण्डका आसेपासको पूर्ण कब्जामा रहेको उनले आरोप लगाए । उनले भने, ‘पैसा उठाउन, गैर कानूनी काम गर्नका लागि प्रधानमन्त्री कार्यालयमा छोरी, बुहारी, भाई, भतिजाहरुलाई नियुक्ती गरेर राखिएको छ । योपनि एउटा अपराध नै हो ।’

नेपालको राजनीतिमा अहिले परिवारिकरण, व्यपारीकरण र भ्रष्टीकरण हाबी भएको भन्दै उनले राजनीति सेवा भावका रुपमा नभई व्यपारका रुपमा फस्टाएको टिप्पणी गरे ।  उनले नेपालमा विदेशी दलालीकरणपनि बढेको बताए ।

देश अहिले २० जना बिचौलीयाहरुले मात्रै चलाइरहेका कारण मुलुकको अर्थतन्त्र धराशायी अवस्थामा पुगेको उनले बताए । उनले भने,‘ अहिले साधरण खर्चपनि विदेशी ऋण मागेर भइरहेको छ । जब साधरण खर्च नै विदेशी ऋणमा चलिरहेको छ भने यत्तिले नै पुष्टी हुन्छ कि देशको अर्थतन्त्र कत्ति जर्जर अवस्थामा पुगेको छ ।

सांसद सिंहले पूर्व प्रधानमन्त्रीकाे सेवा सुविधा कटाैती हुनु पर्ने पनि वताए । उनले भने “पूर्व प्रधानमन्त्री र मुख्य मन्त्रीकाे नाममा जिवनभरी गाडी तथा ठुलाे संख्या सुरक्षाकाे लागि प्रहरी उपलब्ध गराउनु कतिकाे उचित छ ? एक महिना पनि प्रधानमन्त्री वा मुख्यमन्त्री बन्नेकाे खण्डमा जिवन भरी सुविधि दिनु कति उचित हाे ? यसकाे अन्त्य हुनु पर्छ ।”