Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

रगतको अभाव भएपछि वीरगंजमा आकस्मिक रक्तदान

spot_img
spot_img

वीरगंज । वीरगंजमा बढ्दो रगतको अभालाई परिपूर्ति गर्ने अभिप्रायले शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भोलेन्टियर समूह वीरगंज र जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा २ जना महिलासहित ५६ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम, मिश्र, नेपाल रेडक्रस सोसाइटी पर्साका मन्त्री विनोद गिरी, भोलेन्टियर टिम वीरगंजका संयोजक राजन श्रीवास्तव, महासचिव श्याम सरार्फ लगायतको उपस्थिती रहेको थियो ।

सो अवसरमा अनिता ठाकुर, पवन देवकोटा, रमेश केसी, दीपक पटेल, प्रकाश कुमार, सागर पटेल लगायतले रक्तदान गरेको महासचिव सर्राफले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...