Date
बिहि, असार ४, २०८३
Thu, June 18, 2026
Home Blog Page 329

नारायणी अस्पतालमा छात्रासंग याैन दुर्व्यवहार गर्ने चाैरसियालाई बचाउन विभिन्न चलखेल

वीरगंज । वीरगंजस्थित नारायणी अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीले अस्पतालमा प्रेटिकलका लागि आउने छात्राहरुसंग याैन दुर्व्यवहार गर्ने गरेकाे आराेप लागेकाे छ ।

वीरगंज महानगरपालिकाकाे वडा नं. १९ बिन्दवासिनी निवासी ३० बर्षिय अगन्ध चाैरसियाले याैन दुर्व्यवहार गरेकाे भन्दै १७ बर्षिय र २२ बर्षिय छात्राले आइतबार जिल्ला प्रहरी कार्यालय पर्सामा उजरी दिएका छन् ।

अस्पतालको आकस्मिक कक्षमा कार्यरत सीएमए चौरसियाले सोही शाखामा अन द जब ट्रेनिङ (ओजेटी) का रूपमा कार्यरत रहेकी दुई जना छात्रासँग यौन प्रस्ताव राख्दै दुर्व्यवहार गरेको आरोप लागाउँदै पिडित छात्राहरुले उजरी दिएका हुन् ।

पीडित मध्येका एक छात्राका अनुसार आकस्मिक कक्षमा कार्यरत चौरसियाले लामो समयदेखि ओजेटीमा आउने छात्राहरूलाई विभिन्न किसिमको प्रलोभन तथा धाक धम्की दिएर अनैतिक क्रियाकलाप गर्न दबाब दिँदै आएका छन् ।

उनले कालिका टाईम्ससंग कुरा गर्दै भनिन स्वयम् आफुलाई चाैरसियाले बैशाख ६, ७ र ८ गते लगातार डियुटकाे क्रममा याैन दुर्व्यवहार गर्दै मानसिक तनाव दिएकाे वताइन । त्यसपछि आफु दाईकाे विहेमा गएकाे र विहेबाट फर्केर आउँदा पनि त्यस्तै हर्कत दाेहाेर्‍याउँदै धम्की समेत दिएपछि आफुले बाध्य भएकाे प्रहरीमा उजरी दिएकाे वताइन ।

विभिन्न शैक्षिक संस्थाबाट ओजेटीका रूपमा आउने छात्राहरूलाई चौरसियाले आफूले भने जस्तो नगरेको खण्डमा राम्रो अङ्क नदिने जस्तो धम्की समेत दिने गरेको पीडित उनले बताइन ।

प्रहरीले समेत आफूलाई सहयोग नगरेको छात्राको आरोप छ । ‘हामीलाई मिलापत्र गर्न प्रहरीबाट नै दबाब आइरहेको छ,’ उनले भनिन्, ‘दोषीलाई कारबाही गर्ने ठाउँमा प्रहरीले हामीलाई नै उल्टै अनावश्यक प्रश्नहरू गरेर दबाब दिन खोजिरहेको छ । मिलापत्र गरिहाल भन्ने किसिमको कुरा गर्दै छ ।’

पिडितहरुले उजरी दिएपछि प्रहरीले आराेपित चाैरसियालाई साेही दिन नियन्त्रणमा लिएकाे हाे । पिडितले दिएकाे उजरीकाे आधारमा अनुसन्धान गर्न आइतबार नै चाैरसियालाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

कार्य क्षेत्रमा याैन दुर्व्यवहारकाे मुद्दा प्रहरीलाई हेर्न नमिल्ने भन्दै पक्राउ परेका चाैरसियालाई आज छाेड्न लागिएकाे उनले वताए । कार्य क्षेत्रमा याैन दुर्व्यवहारकाे मुद्दा जिल्ला प्रशासनले हेर्न अधिकार रहेकाे डिएसपी थापाले वताए । नत्र पिडितले सिधै अदालत जान्न मिल्ने उनकाे भनाई थियाे ।

यता केही नेताहरुकाे दबावमा प्रहरी आराेपित चाैरसियालाई छाेड्न लागेकाे बुझिएकाे छ । नेताहरुकाे दबावका कारण प्रहरीले मुद्दा दर्ता नगरी विभिन्न बहाना बनाउँदै यसरी नै छाेडन लागेकाे हाे ।

यस बिषयमा बुझ्न पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालसंग फाेनमा सम्पर्क गर्न खाेज्दा फाेन नउठेका कारण सम्पर्क हुन सकेन ।

अशोक राई नेतृत्वको जसपालाई निर्वाचन आयोगले दियाे मान्यता

वीरगंज । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट छुट्टिएर बनेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएको छ ।

निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई दलको मान्यता प्रदान गरेको नवगठित जनता समाजवादी पार्टीका उपमहासचिव प्रदिप यादवले जानकारी दिए ।

आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेय पनि नयाँ दललाई दर्ता गर्ने निर्णय भएको जानकारी दिए । राईसहित प्रतिनिधि सभाका ७ जना सांसदहरूले नयाँ दर्ताका लागि आइतबार आयोगमा निवेदन दिएका थिए ।

सहायक प्रवक्ता पाण्डेयका अनुसार राजनीतिक दलसम्बन्धी ऐन २०७३, राजनीतिक दलसम्बन्धी नियमावली २०७४ र प्रचलित संघीय कानून बमोजिमका कानूनी प्रावधान पालना गर्ने सर्तमा उक्त दल दर्ता गरिएको हो ।

‘राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ र नियमावलीको नियम ५ बमोजिम जनता समाजवादी पार्टी नामक राजनीतिक दल दर्ता गरी आयोगको दल दर्ता किताबमा अभिलेखीकरण गर्ने निर्णय भएको छ,’ उनले भने।

आयोगले यो अभिलेखको विवरण संघीय संसद सचिवालय, सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय र उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई पनि पठाउने निर्णय गरेको उनले जानकारी दिए ।

रोट्रयाक्टकाे डिष्ट्रिक सेमिनार चितवनमा सम्पन्न

चितवन । रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपालले चितवनमा डिष्ट्रक सेमिनार सम्पन्न गरेको छ । सेमिनार रोट्रयाक्ट डिष्ट्रका डि आर आर रोसन कार्किको अध्यक्षयता तथा रोटरि डिष्ट्रक २०२४। २५ का डि जि राजेन्द्रमान शेरचनको प्रमुख आतिथ्यितामा सम्पन्न भएको हो । 

रोट्रयाक्ट डिष्ट्रकले आगामि बर्ष गर्ने कामको बारेमा समिक्षा गदै बाषिक कार्ययोजना निमार्ण गरेर सेमिनार सम्पन्न भएकोे रोट्रयाक्ट डिष्ट्रिका डि आर आर इलेक्ट बिक्रम क्षेत्रीले बताए । दुई दिन सम्म चलेको सेमिनारमा करिब ६० जना डिष्ट्रीक मेम्बरहरुको सहभागिता रहेको थियो । सेमिनारले बिगत बर्षमा भन्दा अब आउने बर्षमा युवा मैत्रि कार्यक्रमहरु सञ्चालन गर्ने गरि कार्य योजना निमार्ण गरेको बताए । 

कार्यक्रममा बोल्दै रोटरि डिष्ट्रीक २०२४,२५ का डिष्ट्रक गर्भनर राजेन्द्र मान शेरचनले रोट्रयाक्ट डिष्ट्रीकले बिगत देखि गरेका कामहरको प्रसंसा गरे । डिष्ट्रीकले अव नयां कार्ययोजना बनाउदा बिगतका बर्ष भन्दा फरक खालका खालका कार्यक्रमहरु सन्चालन गनुपर्ने उनले बताए । धेरै जसो युवाहरु रोजगारिको लागि बिदेश जानु पर्ने बाध्यता आएको हुदा स्वदेशमै रोजगारिको सिर्जना गर्ने खालका बिभिन्न सिप मुलक तालिमहरु सन्चालन गनुपर्ने उनको भनाई छ । यसको लागि रोटरि डिष्ट्रीकले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । 

कार्यक्रममा बोल्दै रोटरियन राजन पियाले रोट्रयाक्ट डिष्ट्रीकले बिगत देखि नै निकै राम्रो र महत्वपूर्ण कार्यक्रमहरु सन्चालन गदै आएको भन्दै सह्राना गरे । रोट्रयाक्ट अभियानमा रोटरिको निरन्तर साथ र सहयोग रहने प्रतिवद्धता पनि उनले जनाए । 

सेमिनारमा सौगात गौतम, सुरज पौडेल, नानि काजि खडका, बिक्रम क्षेत्रि, दिनेश गैरे, माधव पराजुली, अनुप पाण्डे, सुविन खडका लगायतले सहजीकरण गरेका थिए ।

वीरगंजबाट १० किलो गाँजासहित दुई महिला पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । वीरगंज महानगरपालिका वडा नम्बर २१ हनुमान चौकस्थित सडकखण्डबाट २ जना पक्राउ परेका हुन् । 

नारायणगढ चितवनबाट वीरगंजतर्फ आउँदै गरेको ना ४ ख ५९३७ नम्बरको सार्वजनिक बसमा प्रहरी चौकी परवानीपुरबाट खटिएको टोलीले चेकजाँच गरेको हो ।

बसको पछाडीको सिटमा बसेका महिलाले कालो रङ्को २ वटा झोला चेकजाँच गर्दा १० किलो गाँजा फेला परेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।

मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर २ निवासी ४२ वर्षीय ईन्द्र कुमारी चेपाङ्ग र सोही ठाउँकी ४२ वर्षीय फुलमाया स्याङ्बोलाई नियन्त्रणमा लिईएको थापाले बताए । उनकाअनुसार दुवै जना विरुद्ध लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ । 

एमाले पर्साकाे पदाधिकारीमा अध्यक्ष शर्मा कै प्यानल विजयी

वीरगंज । नेकपा एमाले पर्साको उपाध्यक्षसहितका पदाधिकारीमा नवनिर्वाचित जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्माकै प्यानल विजयी भएको छ।

आइतबार साँझ सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार उपाध्यक्षमा मनोज गुप्ता निर्वाचित भएका छन् । गुप्ता ३२६ मतका साथ उपाध्यक्षमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी लालबाबु शेखले १६६ मत मात्रै पाए ।

यस्तै सचिवमा पनि अध्यक्ष शर्माकै प्यानलका महेश दास २३९ मतका साथ निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नवराज शर्माले २३३ मत पाए । उपसचिव (खुल्ला)मा नविजान मियाँ २०२ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी रामकिशोर सिंह परागले १९१ मत मात्रै पाउन सकेको निर्वाचन समितिले जनाएको छ । गुप्ता, दास र मियाँ तीनै जना अध्यक्ष शर्मा प्यानलका हुन् । 

पर्सामा एमालेको जिल्ला अध्यक्षमा शर्मा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए भने उपाध्यक्षसहितका पदाधिकारी चयनका लागि गत शुक्रबार राति मतदान भएको थियो ।

उपसचिव(महिला)मा सीतादेवी लामा २४६ मतका साथ निर्वाचित हुदाँ उनकी प्रतिस्पर्धी गीता भण्डारीले २०५ मत मात्रै पाइन् । लामा शर्मा इतर पक्षकी हुन् ।

यस्तै लेखा समितिको अध्यक्ष शिवजी गुप्ता २७७ मतका निर्वाचित भएका छन् । लेखा समितिको उपाध्यक्षमा गोविन्द प्रताप श्रेष्ठ भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।  

उपाध्यक्षसहितका पदाधिकारी र लेखा समिति चयनका लागि शुक्रबार राति भएको मतदानमा कूल ५३३ मत खसेको थियो । 

अशोक राईकाे नेतृत्वमा जसपा फुट्याे, प्रदिप यादवसहित मेयर सिंहकाे पनि साथ

वीरगंज । पूर्व मन्त्री अशोक राईको नेतृत्वमा विभाजित जनता समाजवादी पार्टी (जसपा) नेपालको नयाँ कार्यसमिति गठन भएको छ ।

आइतबार वरिष्ठ नेता अशोक राईको नेतृत्वमा जसपा नेपाल विभाजित भएको हो । राई अध्यक्ष रहेको नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरिएको सांसद प्रदीप यादवले जानकारी दिए । 

उनका अनुसार नयाँ दलको नाम जनता समाजवादी पार्टी (जसपा) र चुनाव चिह्न मुट्ठी दाबी गर्दै आयोगमा निवेदन दर्ता गराइएको छ । राईको नेतृत्वमा जसपाका बहुमत ७ सांसदले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेर निवेदन दिएका छन् । 

जसपाका अध्यक्ष उपेन्द्र यादव भने अमेरिकामा छन् । यादव अमेरिकामै रहेका बेला राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि जसपा संसदीय दलका प्रमुख सचेतक प्रदीप यादव, नवलकिशोर साह सुडी, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, हसिना खानुत र रञ्जु झाले हस्ताक्षर गरेका छन् । 

प्रतिनिधिसभा जसपा नेपालका १२ सांसदमध्ये बहुमत ७ सांसद विभाजनको पक्षमा उभिएका हुन् । विभाजनको पक्षमा उभिएका महतो बहालवाला वन तथा वातावरण मन्त्री हुन् ।

नव गठित पार्टीको सङ्घीय परिषद्को अध्यक्षमा राजेन्द्र श्रेष्ठ छन् भने रेणु यादवलाई सह अध्यक्षमा राखिएको छ । नवलकिशोर साह, रणध्वज लिम्बु, परशुराम बस्नेत, सुशीला श्रेष्ठ उपाध्यक्षमा चयन भएका छन् भने महासचिवमा इस्तियाक राई रहेका छन् ।

प्रदीप यादव उपमहासचिव, दीपक कार्की र रञ्जु ठाकुर सचिव तथा डा. वीरेन्द्र महतो कोषाध्यक्ष रहेका छन् । 

यस्तै केन्द्रिय सदस्यमा आङकाजी शेर्पा, माेहलाल चाैधरी, कृष्ण बहादुर धजु, लाल बहादुर तामाङ्ग, राधा तिमिल्सीना, सिमा सिंह, कमला विश्वकर्मा, शाेभा ब्रजाचार्य, प्रमाेद गुप्ता, पारस साह, पंचलाल महर्जन, केशव पाैडेल, मनिकर कार्की, राजेशमान सिंह, हसिना खान, हेमन्तराज भण्डारी, पिंकी देवी यादव, नविन सुनुवार रहेका छन् ।

पर्साबाट प्रदिप यादवसहित वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंह , मोहनलाल चौधरी र पिंकी देवी यादव तथा बाराबाट प्रमोद गुप्ता र पारस साह रहेका छन् ।

रास्वपा पर्सा क्षेत्र नं. ४ काे आयाेजनामा निशुल्क आँखा तथा दन्त शिविर सम्पन्न

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर १ मिर्जापुरमा निशुल्क आँखा तथा दन्त शिविर सम्पन्न भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) क्षेत्र नम्बर ४ को आयोजनामा भएकाे शिविरमा १६५ जनाले लभान्वित भएकाे आयाेजकले जनाएकाे छ । 

वीरगंज सामुदायिक आँखा तथा दाँत अस्पतालको प्राबिधिक सहयोगमा भएकाे शिविरमा चेकजाँच गराएकामध्ये २५ जना भन्दा बढीमा मोतियाबिन्दुको लक्षण फेला परेको वीरगंज सामुदायिक आँखा तथा दाँत अस्पतालका मेडिकल संयोजक महेशसिंह धामीले जानकारी दिए । उनकाअनुसार मोतियाबिन्दु भएका बिरामीहरुको निशूल्क शल्यक्रिया पनि गरिनेछ ।  

ग्रामीण भेगका नागरिकलाई लक्षित गर्दै शिविरको आयोजना गरिएकाे रास्वपा पर्सा क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्रले वताए । 

निखिल ज्वेलर्सकाे आयाेजनामा रक्तदान कार्यक्रम सम्पन्न

वीरगंज । निखिल ज्वेलर्स वीरगंजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६ महिलासहित ४६ जनाले रक्तदान गरेका छन् ।

वीरगंजमा रगतको अभाव भएपछि गहवा मन्दिर पार्कमा निखिल ज्वेलर्सले आकस्मिक रुपमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको थियाे । साे कार्यक्रममा प्राविधिक सहयोग रक्त संचार केन्द्र वीरगंजका प्राबिधिकहरुले गरेका थिए ।

कार्यक्रममा रक्तदान गर्ने दाताहरुलाई नविल बैंक कोशी प्रदेश प्रमुख दिपक श्रेष्ठ एवं युवा व्यवसायी पंकज पटेलले प्रमाण पत्र वितरण गरेका थिए । समाजिक सेवामा अग्रसर रहँदै आएको निखिल ज्वेलर्सका संचालक उपेन्द्र सर्राफले गर्मी मौसममा रक्तदान कार्यक्रम कम हुने गरेको एवं आवश्यता बढी पर्ने गरेको कारण रक्तदान कार्यक्रमको आयोजना गरेको बताए ।

उनले निखिल ज्वेलर्सले रहेक बर्ष रक्तदान कार्यक्रम गर्दै आएको बताए । रक्तदान जीवन दान कार्यक्रममा सहभागी भई रक्तदान गर्ने सवै दाताहरुलाई सर्राफले धन्यवाद व्यक्त गरे ।

संचालक सर्राफकाे अध्यक्षतामा भएकाे कार्यक्रममा जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ, बृजेस चौधरी, नेपाल पोष्ट डेलीका प्रबन्ध निर्देशक संतोष साह लगायतको पनि उपस्थिती रहेको थियो ।

गाैतम स्कुलकाे मनाेपरी, नियम कानुनकाे धज्जी उडाउँदा पनि सम्बन्धित निकाय माैन

वीरगंज । वीरगंजको नारायणी रंगशाला नजिक रहेको गौतम मावि स्कुलको रवैका कारण अभिभावकहरु आर्जित बनेका छन् । बिभिन्न बहाना बनाएर अभिभावकहरुलाई अपमान गर्न थालेपछि गौतम स्कुललाई कारवाही गर्नु पर्ने अवाजहरु उठन थालेका छन् ।

अभिभावकहरुका अनुसार स्कुलका प्रिन्सिपल तथा कर्मचारीहरुले वालवालिकाहरुको मनोबल खस्ने गरी भाषा प्रयोग गर्ने गरेका छन् । त्यती मात्र नभई बिधार्थीहरुलाई डिमोटिभेट गर्ने काम गौतम स्कुलले गर्दै आएको अभिभावकहरुको भनाई छ । प्रि प्राइमरी तथा प्राइमरी तहका वालवालिकाहरुलाई ढटुवा नगर्ने सरकारी नियमको धज्जी उडाउँदै पैसा कमाउँनका लागि मात्र वालवालिकाहरुलाई स्कुलले कक्षा घटुवा गर्ने गरेका छन् ।

स्थापनाका वेला घर घरमा पुगेर संचालक तथा कर्मचारीहरुले अभिभावकसँग अफ्ना नानिवाबुलाई आफ्नो स्कुलमा भर्ना गर्न हार गुहार गरेका थिए । तर थोरै नाम चलेपछि गौतम स्कुल पछिल्लो समय आफ्नो हैसियत बिर्सिदै गएको एक अभिभावकले वताए ।

गौतम स्कुल पछिल्लो समय अभिभावकलाई ठग्ने काम मात्र गरेको तथा स्कुलमा नयाँ बिधार्थी भर्ना गर्न नेता, वाउन्सर तथा शैक्षिक माफियाहरुको भनसुन काम लाग्ने गरेको ती अभिभावकले नाम नछाप्ने सर्तमा बताए । जेहन्दार बिधार्थीलाई पनि भर्ना गर्न पनि स्कुलले अनाकानी गर्ने गरेको तथा अभिभावकहरुको आर्थिक हैसियत सोध्दै बिधार्थीलाई फिर्ता पठाउने गरेका छन् । राम्रो कमाई नभएको अभिभावकका बच्चालाई स्कुलले अपमान जनक शब्द समेत प्रयोग गर्ने गरेका छन् ।

कुल बिधार्थीको १० प्रतिशत स्कुलले छात्रावृति दिनु पर्ने प्रवधानलाई पनि स्कुलले धज्जी उडाएको छ । नेता तथा बाउन्सरको सिफारिसको अधारमा छात्रावृति दिने काम स्कुलले गरी रहेको तथा सोको सूचना लुकाउने काम पनि गर्दै आएको छ ।
विगतमा सार्वजनिक जग्गा मिच्चने काम गरी आलोचित हुँदै आएको गौतम मावि शिक्षालाई उद्योगको रुपमा संचालन गरेको तथा कमाई खाने भाडो बनाएको भन्दै अभिभावक संघर्ष समितिले पटक पटक आन्दोलन समेत गर्दै आएका छन् ।

प्रत्येक बर्ष पुस्तकमा धेर थोर परिवर्तन गरी प्रकाशन समूह तथा बिक्रेताहरुसँग कमिसन लिने काम गौतम स्कुल गर्दै आएको छ । त्यती मात्र नभई पछिल्लो समय वीरगंजको मुर्लि चौकमा रहेको राज होजियारीसँग सेटिङ्ग मिलाई स्कुल ड्रेसको नाममा कमसल कपडा, टाई वेल्ट, भेष्ट, जुता मोजा लगायतका समान महंगो दाम खरिद गर्न अभिभावकहरुलाई बाध्य पार्ने गरेका छन् । सो बापत समेत स्कुलले मोटो कमिसन खाने गरेको स्रोतको दावी छ ।

यस सम्बन्धमा नियामक निकाय वीरगंज महानगरपालिकाको शिक्षा महाशाखाले चैत महिनामै सबै स्कुलहरुलाई परिपत्र गरि शुल्क तत्काल नबढाउँन, पुस्तक परिवर्तन नगर्न, पुस्तक तथा ड्रेस पाउँने स्थान नतोक्न तथा स्कुल परिसरमा किताव बिक्री वितरण नगर्न स्कुललाई भनि सकेको छ ।

छात्रावृतिको हकमा वीरगंज महानगरपालिकाले कक्षा ८ सम्म स्कुललाई र ९, १० तथा ११ कक्षाको लागि महानगरको शिक्षा महाशाखाले नै अधिकार दिएको छ । जसको लागि असाढ २३ गते छात्रावृति दिवस मनाउँने एवं सो दिन सबै छात्रावृतिहरु वितरण गर्ने लक्ष्य महानगरले लिएको वीरगंज महानगरपालिका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले बताए ।

तर यी कुनै पनि नियमको पालना गौतम स्कुलले गरेको छैन् । स्कुलकै मिलोमतोमा गौतम स्कुल छेवछावमा रहेको किराना पसलमा समेत पुस्तक तथा स्कुलका समाग्री बिक्रि वितरण हुँदै आएको छ । सो कामको स्टेशनरी एसोसियसनले समेत बिरोध गर्दै आएको छ ।

अभिभावक संघर्ष समिति पर्साका अध्यक्ष संदिप साहका अनुसार अन्य बिभिन्न नाममा स्कुलले अभिभावकलाई ठग्ने काम गरेको एवं धरौटी वापत समेत मोटो रकम लिने गरेको छ । यसको साथै हरेक त्रैमासिक परिक्षामा बालवालिकालाई विल थमाउँने गरेको तथा अभिभावकले समयमा विल नतिर्दा बिधार्थीहरुलाई मानसिक यातना दिने काम पनि गौतम स्कुले गर्दै आएको छ ।

अतः पछिल्लो समय समान्य हुने खाने अभिभाकले गौतम स्कुलमा आफ्ना छोराछोरी पढाउँने बातावरण नरहेको उनले बताए । सरकारले १० देखि ४ बजे कक्षा संचालन गर्नु पर्ने नियम राखेको भएपनि कुनै स्कुलले नियम पालना नगरेको उनको भनाई छ ।

बैशाख ८ गते गौतम माविमा रिजल्ट लिन पुगेका अभिभावकहरुलाई शुल्क बृद्धि वारेको लिखित कागाजमा जबरजस्ती हस्ताक्षर गराएका थिए । शुल्क सम्बन्ध उच्च अदालत जनकपुर अस्थाई इजलास वीरगंजमा परेको मुद्दा बिचाराधिन रहेको अवस्थामा रहेकोले तत्काल शुल्क बृद्धि गर्न नमिल्ने अभिभावक संघर्ष समितिको भनाई छ ।

शुल्क बृद्धि गर्दा शैक्षिक सत्र शुरु हुन अगावै स्थानिय तहमा निवेदन दर्ता गराउनु पर्ने एवं स्विकृत भएमा मात्र शुल्क बृद्धि गर्न पाउँने कानुनी व्यवस्था छ । तर गौतम स्कुलले मनोमानी रुपमा शुल्क बृद्धि गरी वीरगंज महानगरपालिकालाई नै चुनौती दिएको छ ।

बिभिन्न स्कुलले गरेको शुल्क बृद्धिवारे अभिभावक संर्घष समितिले वीरगंज महानगरपालिकालाई लिखित जनाकारी गराएको भएपनि हाल सम्म महानगरले कुनै कारवाही प्रक्रिया अगाडी बढाएको छैन् । यता गौतम स्कुल प्रशासनले शुल्क बृद्धि लगायतका कामहरु सबै अभिभावकहरुको आपसी सहमती एवं छलफल बाटै तय हुँदै आएको जनाएको छ । साथै किताव, ड्रेस अथवा कुनै शैक्षिक समाग्री किन्न पसल नतोकिएको स्कुलको दावी छ । स्कुलको कुशल छवी रहेको गौतम स्कुल प्रशासनको भनाई छ ।

एमाले पर्साकाे अध्यक्षमा डा. शर्मा निर्विराेध

वीरगंज । नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर कुमार शर्मा निर्विराेध निर्वाचित भएका छन् ।

९ औं पर्सा जिल्ला अधिवेश अन्तर्गत जिल्ला अध्यक्षकाे लागि डा. शर्मासहित ३ जनाले उम्मेदवारी दर्ता गराएका थिए । जिल्ला अध्यक्षमा उम्मेदवारी दिएका कुनाल महताे थारु र हनिफ मियाँ जाेलाहाले आफ्नाे उम्मेदवारी फिर्ता लिएपछि डा. शर्मा निर्विराेध भएका हुन् । 

जिल्ला उपाध्यक्षकाे लागि लालबाबु शेख र मनोज कुमार गुप्ताकाे उम्मेदावरी यथावत रहेकाे छ । त्यस्तै सचिवमा नवराज शर्मा र महेश दासकाे उम्मेदवारी कायम रहेकाे छ । उपाध्यक्ष र सचिव पदमा पनि सहमती प्रयास भइरहेकाे बुझिएकाे छ ।

उपसचिवमा रामकिशोर सिंह (पराग), ईमरान हुसेन र नविजान मियाँ अन्सारी प्रतिस्पर्धामा छन् भने महिलातर्फ गिता देवी भण्डारी र सिता देवी लामाले उम्मेदवारी दिएकी छन् । 

लेखा समिति अध्यक्षमा पनि सन्तोष कुमार सिंह र शिवजी गुप्ताको उम्मेदवारी परेको छ । लेखा समिति उपाध्यक्षमा भने गोविन्द प्रताप श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । 

सकेसम्म सहमतीमै निर्विरोध समिति चयन गर्ने गरी छलफल भइरहेको सचिवका आकांक्षी महेश दासले बताए । सहमतीमा नटुंगिए निर्वाचन हुने उनको भनाई छ ।