Date
बिहि, असार ४, २०८३
Thu, June 18, 2026
Home Blog Page 327

पर्सामा एक महिनामा ६ कराेड ६८ लाख बराबरकाे भन्सार छलीकाे सामान पक्राउ

वीरगंज । पर्सा प्रहरीले एक महिनामा भन्सार छलीकाे ६ कराेड १३ लाख ६८ हजार ४४ रुपैया बराबरकाे विभिन्न किसिमकाे लत्ताकपडा खुद्रा, किराना, औषधी तथा ईलेक्ट्रोनिक्स सामानहरू पक्राउ गरी सम्बन्धित कार्यालयहरूमा बुझाइएको छ ।

विशेष सूचनाकाे आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बैशाख महिना भरिमा विभिन्न स्थानहरूबाट बरामद गरेकाे मालबस्तुहरू सम्बन्धित कार्यालयमा बुझाईएकाे पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

यसैगरी प्रहरीले बैशाख महिनामा फैसला कार्यन्वयन तर्फ १५१ जनालाई पक्राउ गरेकाे प्रवक्ता थापाले वताए । उनका अनुसार ५ वर्ष २९ दिन कैद रहेकाे र रु. १५ लाख ८ हजार ७ सय ४२ जरिवाना समेत उनीहरुबाट असुल गरिएकाे छ ।

यसैगरी बैशाख महिनामा प्रहरीले चालु मुद्दाका फरार प्रतिवादी ११ जना पक्राउ गरेकाे छ । एक लाख तेइस हजार नन्कली नाेट बरामद गरेकाे छ । ३५ लाख २० हजारसहित हुण्डी कारोवारी सलंग्न ३ जनालाई पक्राउ गरेकाे छ ।

यसैगरी पर्सा प्रहरीले ४२ वटा चोरी भएको मोबाईल फेला पारी सम्बन्धित धनीलाई बुझाइएको प्रवक्ता थापाले जानकारी दिए । 

यसै महिनामा प्रहरीले हतियार र लागु औषध सहित अपराधिक प्रवृतीका बब्लु पासवान समेत पक्राउ गर्न सफल भएकाे छ । विशेष सुचनाकाे आधारमा प्रहरीले राति ११ बजेकाे समयकाे उनकाे खुट्टाको घुँडामुनि गोली लागी हानी पक्राउ गर्न सफल भएकाे हाे ।

प्रहरीले लागु औषध तर्फ गाँजा १५ के.जी., खैरो हिरोईन ५७.४५ ग्राम, कोरेक्स ६७ बोत्तल, नाइट्राभेट ७९९ पिस, फेनारगन ३० एम्पुल, डाइजेल्याब ३३ एम्पुल र नुरफिन ३३ एम्पुल बरामद गरेकाे छ ।

पर्सामा एसपी कुमाेद ढुंगेल आएदेखि नै शान्ति सुरक्षा कायम हुनुकाे साथ साथै अवैध काराेबारमा कमि आएकाे छ । एसपी ढुंगेलले आफै फिल्डमा गस्तीमा निस्कनुकाे साथ साथै चेकजाँचमा समेत खटने गरेका छन् । एसपी ढुंगेलले कहिले काँही दिउसाे र रातीमा समेत एकलै सिबिल ड्रेसमा समेत गस्तीमा निस्कने गरेका कारण अवैध काराेबार गराउने प्रहरी सजग भएका छन् । 

पर्सामा पनि नौलो गणतन्त्र सम्बन्धि प्रचारप्रसार तिब्र, जेष्ठ १५ गते काठमाडौमा जनमतको शक्ति प्रदर्शन

वीरगंज । जनमत पार्टीको नयाँ राजनीतिक एजेन्डा नौलो गणतन्त्र तथा समाजिक लोकतन्त्रको आन्दोलनको घोषणा यहीँ जेष्ठ १५ गते भृकुटीमण्डप काठमाडौमा हुने भएको छ । देशमा स्थायी शान्ति एवं दिगो बिकासको लागी एक मात्र विकल्प नौलो गणतन्त्र तथा समाजिक लोकतन्त्रको अवधारणा रहेको जनमत पार्टीले दावी गरेकाे छ ।

पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतको आह्वानमा काठमाडौमा हुने बृहत् सभा एवं प्रदर्शनलाई भब्य रुपमा सफल बनाउन जनमत पार्टी, पर्साले जिल्लाको गाउँदेखि सहर सम्म प्रचारप्रसार तीब्र पारेको छ । प्रशिक्षण, अन्तरक्रिया, पम्प्लेट बितरण तथा घरदैलो मार्फत पार्टीको यो नवीन एजेन्डा जनजनमा पुर्याउने कार्य भइरहेको जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले बताए ।

काठमाडौमा हुने बृहत सभामा पर्साबाट पनि उल्लेख्य सहभागिता गराउने प्रयास भईरहेको पार्टीका पर्सा सह- इन्चार्ज मुकेश द्विवेदीले वताए । पर्सामा प्रचारप्रसारमा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, सह- इन्चार्ज मुकेश द्विवेदीको कमान्डमा केन्द्रिय सदस्यहरु बिध्यलाल प्रसाद, अनुराग द्वेवेदी, राजेश चौरसिया, जिल्ला सचिव शशी पान्डे, कोषाध्यक्ष अभिसेख तिवारी, महानगर युवा अध्यक्ष संजय सिह, उपाध्यक्ष संजय साह, सचीव लोकेश कर्ण, कोषाध्यक्ष सिकेन्द्र राम, मजदुरका जिल्ला संयोजक बिष्णु कुषवाहा, युवा नेताहरू महादेव शर्मा, महिला संयोजक अन्जना गुप्ता, रेखा यादव, डिम्पल सिन्हा, नेताहरू नागेन्द्र यादव, मनोज पटेल, राहुल सरार्फ लगायतका पार्टीका नेता, कार्यकर्ता दैनिक प्रचारप्रसारमा खटिएका छन् ।

जनमत पार्टीको यो नवीन एजेन्डालाई पार्टीका हरेक तह, तप्काका नेता कार्यकर्ता लगायत आम जन समुदायमा पुर्याउने लक्ष्य रहेको पार्टीका राजनीतिक समितिका सदस्य एवं प्रशिक्षक सिपु तिवारीले बताए ।

प्रदिप यादव बने स्वास्थ्य मन्त्री

वीरगंजका मेयर विद्यार्थीको हौसला बढाउन कक्षा कोठामा

वीरगंज । वीरगंज महानगरपालिकाले ‘कक्षा कोठामा मेयर’ कार्यक्रमको शुभारम्भ गरेको छ । महानगरपालिकाकाे–४ विर्तामा रहेको त्रिजुद्ध माद्यमिक विद्यालयबाट उक्त कार्यक्रमको शुभारम्भ गरिएको हो ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले कक्षा कोठामै पुगेर विद्यार्थीहरुलाई उत्प्रेरणा बढाउन मोटिभेसनल कक्षा लिँदै अध्ययनलाई मुख्य केन्द्रमा राखेर अघि बढ्नु पर्नेमा जोड दिए । आफ्ना अग्रजको योगदानको सम्मान गर्दै शिक्षा प्रदान गर्ने गुरुहरुको सम्मानमा कमी नल्याउन पनि उनले जोड दिए ।

यसै शैक्षिक सत्रबाट विद्यालयमा डिजिटल कक्षा समेत संचालन गरेको महानगरले त्यसको उपयोगिता र प्रभावकारिताका विषयमा समेत मेयर सिंहले अवलोकन गरेका हुन् ।

विद्यार्थीहरुलाई उत्प्रेरणा बढाउन उनले हप्ताको एक दिन विभिन्न विद्यालयमा पुगेर ‘कक्षा कोठामा मेयर’ कार्यक्रममार्फत एउटा कक्षा लिने गरेकाे उनका सचिवालयले जनाएकाे छ ।

मेयर सिंहले कक्षा १० का विद्यार्थीको कक्षामै पुगेर उनीहरुलाई उत्प्रेरणा दिँदा विद्यार्थीलाई अध्ययनका लागि झनै हौसला मिलेको त्रिजुद्ध मा.वि.का प्रधानाध्यापक नविन मिश्रले बताए ।

कक्षामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले समेत विद्यार्थीहरुको हौसला बढाउन कक्षा लिनु भएको थियो ।

मेयर सिंहले विद्यालयको अनुगमन समेत गर्दै त्यहाँ उपलब्ध साधन स्रोतको स्थिति तथा प्रयोगको अवस्थाको बारेमा समेत जानकारी लिएका थिए । यस्तै कक्षा पाँचका विद्यार्थीलाई मेयर सिंहले पुस्तक समेत हस्तान्तरण गर्नुभएको थियो ।
महानगरपालिकाले यसै शैक्षिक सत्रबाट यहाँका विभिन्न ३० वटा विद्यालयमा नेपाली भाषा सिकाईका लागि डिजिटल कक्षा समेत संचालन गर्न सुरु गरेको छ ।

पाेखरियामा याेजना शाखा प्रमुख पाण्डेकाे हालीमुहाली, याेजना बिक्री गर्दै

दिपु बर्णवाल /
वीरगंज । पाेखरिया नगरपालिकाका याेजना शाखा प्रमुख संजय पाण्डेले मेयर प्रधुन चाैहानलाई प्रभावमा पारेर याेजना बिक्री गरिरहेकाे सामाचार प्राप्त भएकाे छ ।

पाेखरिया नगरपालिकामा हालीमुहाली रहेका पाण्डेले विभिन्न ठेक्दारहरुसंग विकास निर्माणकाे याेजना उपलब्ध गराइदिने भन्दै अग्रिम कमिशन असुल्दै आएका छन् । समाचार स्राेतका अनुसार उनले एउटै याेजनाकाे लागि २/३ जना ठेक्दारसंग कमिशन वापतकाे रकम असुल्दै आएका छन् ।

याेजना कै लागि उनकाे अघिपछि दिनहुँ विभिन्न ठेक्दारहरु घुमिरहेकाे प्रत्यक्ष रुपमा देख्न सकिन्छ । तत्कालिन जिल्ला विकास समितिकाे जिन्सि शाखा प्रमुख हुँदादेखि नै ठेक्दारसंग सेटिङ मिलाउन माहिर मानिएका उनी पाेखरिया नगरपालिकामा त्यँही काम गर्दै आएका छन् ।

उनले जिल्ला विकास समितिकाे जिन्सि शाखाकाे फर्छाैट पनि हाल सम्म गरेका छैनन् । उनी जिल्ला बिकास समितिका जिन्सी शाखा प्रमुख हुँदाकाे समयमा खरिद गरिएका सामानकाे रेकर्ड पनि हालकाे जिल्ला समन्वय समितिमा बुझाएका छैनन् । जिल्ला समन्वय समितिबाट पाेखरिया नगरपालिका गएपछि त्यहाँ भए गरेकाे कामकाे फर्छाैट गरेर जानु पर्नेमा उनी पहुँचकाे आधारमा हाल सम्म गरेका छैनन् ।

जिल्ला समन्वय समितिले पाण्डेलाई जिन्सि शाखाकाे पर्छाैट गर्न बारम्बार पत्रचार गर्दा पनि उनले राजनीतिक पहुँचकाे आधारमा उन्मुक्ति पाउँदै आएका छन् । तत्कालिन जिल्ला विकास समितिमा भएकाे भ्रष्टाचारकाे पाेल खुल्ने डरले उनले फर्छाेट नगरेकाे जानकारहरु बताउँछन् ।

पाेखरिया नगरपालिकाका यस अघिका मेयर दिपनारायण राैनियारसंग पनि नजिक रहेका पाण्डेले हालका मेयर चाैहानसंग पनि उतिकै नजिक रहेका छन् । मेयर चाैहानका साथ साथै प्रमुख प्रशासकिय अधिकृत अजय श्रीवास्तवलाई पनि आर्थिक प्रभावमा पारि विकास निर्माणका याेजनाहरु उनले कमिशनकाे आधारमा बिक्री गर्ने गरेका कारण गुणस्तरिय विकास निर्माणकाे काम हुन नसकेकाे स्थानियहरुले वताएका छन् ।  

मुर्लीमा बन्न लागेकाे स्वास्थ्य चाैकीकाे मेयर सिंहद्वारा शिलान्यास

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वडा नं. १२ मुर्ली पोखरी परिसरमा निर्माण हुन लागेको वडा स्वास्थ्य चौकीको शिलान्यास गर्नु भएको छ ।

आगामी अषाढ मसान्तभित्रै निर्माण सम्पन्न गरिसक्ने गरि सुरु भएको वडा कार्यालयको सोमबार एक कार्यक्रमकाबीच मेयर सिंहले शिलान्यास गरेका हुन् । वडा स्वास्थ्य चौकी भाडामा संचालन गर्नु पर्दा निकै कठिनाई भइरहेकाले महानगरपालिकाले स्वास्थ्य चौकी निर्माणको काम अघि बढाएको हो ।

स्वास्थ्य चौकी भवनको शिलान्यास गर्दै मेयर सिंहले गुणस्तरीय स्वास्थ्य सेवा नागरिकको पहुँचमा सहज रुपमा पु¥याउन आफ्नै भवन निर्माणको काम अघि बढाइएको वताए । उनले निर्धारित समयमै गुणस्तरीय काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन पनि दिए ।

महानगरपालिकाले मुर्लीमा ८६ लाख ३६ हजार ६ सय ९६ रुपैयाँको लागतमा निर्माण गर्न लागेको स्वास्थ्य चौकीको ठेक्का दिब्य सूर्योदय आस्था जे.भि.ले सकार गरेको छ । यही असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी कम्पनीले टेन्डर सकार गरेको हो ।

शिलान्यास कार्यक्रममा वीरगंज महानगर वडा नं. १२ का वडाध्यक्ष सुरेश प्रसाद गुप्ता, वडा नं. ५ का वडाध्यक्ष प्रदीप चौरसिया, वडा नं. २३ का वडाध्यक्ष अवधकिशोर प्रसाद कुशवाहा, महानगरका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई लगायतको उपस्थिती रहेको थियो ।

नवगठित जसपाबाट प्रदिप यादव स्वास्थ्य मन्त्री बन्दै

वीरगंज । नवगठित जनता समाजवादी पार्टी (जसपा)बाट संघिय सरकारमा ३ जना थप मन्त्री बन्ने भएका छन् । अशाेक राई नेतृत्वकाे जसपाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको संघीय सरकारमा तीन जना मन्त्री पठाउने लागेकाे हाे ।

प्रतिनिधि सभा सांसद प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या, स्वास्थ्य राज्यमन्त्रीमा हसिना खान र रञ्जु झा ठाकुरलाई बिनाविभागीय मन्त्री बनाउने निर्णय भएको महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिए ।

जनता समाजवादी पार्टीमा लागेका नवलकिशोर साह सुडी यसअघिदेखि नै संघीय सरकारमा वनमन्त्री छन् ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र वन राज्यमन्त्री दीपक कार्कीले आइतबार नै पदबाट राजीनामा दिएका थिए । रिक्त स्थानमा नवगठित जसपाबाट मन्त्री बनाउन लागिएको हो ।

महासचिव राईका अनुसार पार्टीले पठाएका मन्त्रीहरूको शपथ आइतबार नै हुनेछ । ‘मन्त्रीहरूको शपथ आइतबार अपराह्न ५ बजे हुने भनिएको छ,’ उनले भने ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अशोक राईसहित ७ जना प्रतिनिधि सभा सांसद छुट्टिएर जनता समाजवादी पार्टी बनाएका थिए ।

वीरगंज महानगरद्वारा होटलहरुमा अनुगमन

वीरगंज । वीरगंज महानगरपालिकाले वीरगंजका हाेटलहरुमा अनुगमन गरेको छ । वीरगंज महानगरका उपमेयर इम्तियाज आलमको संयाेजकत्वमा गठित बजार अनुगमन समितिले होटलहरुमा अनुगमन गरेको हो ।

केही दिन पहिला मात्र संचालनमा आएकाे वीरगंजकाे केएफसिले उपलब्ध गराएको खानाकाे परिकारमा अगुणस्तरिय भएकाे तस्बिरसहित गुनासाे प्राप्त भएपछि केएफसि लगायतका हाेटलहरुमा अनुगमन गरिएकाे महानगरपालिकाले जनाएकाे छ ।  

अनुगमन टोलीले अनुगमनकाे क्रममा केएफसीकाे किचेन र आउटलेटमा अनुगमन गरेको हाे । जनगुनासाेकाे आधारमा केएफसीमा अनुगमन गरिएकाे वीरगंज माहानागरका बरिष्ठ खाद्य अनुसन्धान अधिकृत बिपिन कुमार दासले जानकारी दिए ।

यसैगरी अनगुगमन टाेलीले वीरगंजकाे गण्डकस्थित क्लार्क रिसोर्टको पनि अनुगमन गरेको छ । क्लार्क रिसोर्टमा अनुगमन गर्दा क्लार्क रिसोर्टको किचेन फोहोर देखिएको, किचेनमा प्रतिबन्धित हाइड्रो पाइएको र म्याद गुज्रेकाे मसलाहरु समेत फेला परेकाे अनुगमन टाेलीले जनाएकाे छ । अनुगमनकाे क्रममा क्लार्क रिसोर्टलाई सचेत समेत गराइएको अनुगमन टोलिका सदस्य कन्हैया ठाकुरले बताए ।

अनुगमन टोलिका सदस्य होटल तथा पर्यटन ब्यबसायी संघका अध्यक्ष हरि पन्तले राम्रो सरसफाई गरि किचेनलाई ब्यबस्थित राखेर ग्राहकहरुलाई स्वस्थ परिकार र सेवा दिएका होटल ब्यबसायीहरुलाइ प्रोत्साहन समेत गरिएको बताए ।

अनुगमन टोलिमा बिपिन कुमार दास, खाद्य अधिकृत सुरेस कुमार सिंह, होटल तथा पर्यटन ब्यबसायी संघका अध्यक्ष हरि पन्त, जिल्ला प्रशासन कार्यलयका प्रतिनिधि, उद्योग बाणिज्य संघका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतकाे सहभागिता रहेकाे थियाे ।

वीरगंजमा भइरहेकाे अघाेषित लाेडसेडिङ हटाउन रास्वपाकाे माग, नहटाए आन्दाेलन गर्ने

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा निर्वाचन क्षेत्र नं. १ ले वीरगंजमा भइरहेकाे अघाेषित लाेडसेडिङ अन्त्यकाे माग गरेकाे छ । रास्वपा पर्सा क्षेत्र नं. १ काे समितिले बिहिबार बिद्युत प्राधिकरण वीरगंज बितरण केन्द्रका प्रमुख अवधेश कुमार दुबेलाई ध्यानाकर्षण पत्र बुझाउँदै अघाेषित लाेडसेडिङ अन्त्यकाे माग गरेकाे हाे ।

बिधुत आपूर्ति नियमित नरहँदा बिद्यार्थी, ब्यपारी तथा आम जनमानसको जिवनमा प्रत्यक्ष प्रभाव परेको र यस्तो गर्मीमा पनि अघोषित लाेडसेडिङग अन्त्यकाे माग गर्दै प्रमुख दुबेलाई ध्यानाकर्षण पत्र बुझाइएकाे रास्वपा वीरगंजका नेता महादेव प्रसाद कुर्मीले वताए ।

उनले भने “वीरगंजसहित पर्सा जिल्लामा बिधुत आपूर्ति नियमित नहुँदा बि‌द्यार्थीहरुको पठनपाठन, उधोगी व्यवसायीहरुको उत्पादन तथा बिक्रीवितरणमा र गर्मी माैसममा आम जनताकाे जनजिवन कष्ठकर भएकाे छ । त्यही भएर जिल्लामा भइरहेकाे अघाेषित लाेडसेडिङ अन्त्यकाे वीरगंज वितरण केन्द्रकाे ध्यानाकर्षण गराएका छाैं ।

रास्वपाले बुझाएकाे ध्यानाकर्षण पत्रमा देशको अरु भागमा बिधुत आपूर्ति नियमित रहेता पनि पर्सा जिल्लामा बिधुत आपूर्ति नियमित नरहनु भनेको पर्साबासीसंग देशकाे दाेस्राे दर्जाकाे नगरिक झै भेदभाव गरिएकाे उल्लेख गरिएकाे छ ।

हाम्राे ध्यानाकर्षणलाई बेवास्ता गरेर अघाेषित लाेडसेडिङकाे समस्या समाधान नभए प्राधिकरणकाे वीरगंज वितरण केन्द्र विरुद्ध चरणबद्ध आन्दोलन गर्न बाध्य हुने रास्वापाले बुझाएकाे ध्यानाकर्षण पत्र मार्फत चेतावनी समेत दिएकाे छ ।

ध्यानाकर्षण पत्र बुझाउने टाेलीमा रास्पा पर्सा निर्वाचन क्षेत्र न १ का सभापति सोएब अन्वरकाे, रास्पा बिरगंजका युवा नेता महादेव प्रसाद कुर्मी, मधेस प्रदेश सदस्य मुकेश कुमार कुर्मी, शिक्षा बिभाग मधेस पर्देशका उपप्रमुख सोनालाल पटेल, सन्चार बिभागका प्रभात चौरसिया, खेल्कुद बिभागका पुन्देश्वर यादव, क्षेत्र २ का सान्साद प्रत्यासी दिपराज कुर्मी, यातायात बिभागका राम आॠ, युवा नेताहरु प्रकाश शाह, राजनन्दन कल्वार, उमेस साह, शिक्षक कृष्ण पासावान लगायतको उपस्तिथि रहेकाे थियाे ।

नारायणी अस्पतालका दैनिक ज्यालादारीका कर्मचारीले १० महिनादेखि तलब पाएनन्

वीरगंज । नारायणी अस्पतालमा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीले १० महिनादेखि तलब पाउन सकेका छैनन् । अस्पतालमा दैनिक ज्यालादारीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुले नयाँ आर्थिक मसान्त सुरु भएदेखि नै तलब पाउन नसकेका हुन् । 

नारायणी अस्पतालमा दैनिक ज्यालादारीमा चिकित्सकसहित १३८ जना कर्मचारी कार्यरत छन् । जस मध्ये अधिकांशले ६ महिनादेखि १० महिना सम्मकाे पारिश्रमिक पाउन सकेका छैनन् । चालु आर्थिक बर्ष २०८०/८१ काे साउन महिनादेखि नै हाल सम्म आफुहरु तलब पाउन नसकेकाे एक कर्मचारीले वताए ।

उनले लामाे समयदेखि आफुहरु तलब नपाएका कारण जिविकाेपार्जन गर्न गाह्राे भएकाे वताए । उनले भने “आफुहरु कार्यरत संस्थाबाट हाम्राे महान चाँड दशैं, दिपावली, छठ र हाेलीमा समेत तलब पाएनाैं । तै पनि काम गर्दै छाैं, तपाई आफै अनुमान गर्न सक्नु हुन्छ कस्ताे हालत हाेला ।”

अर्का एक कर्मचारीले कार्यरत अस्पतालबाटै पाएकाे पारिश्रमिकबाट बसेकाे काेठाकाे भाडा, छाेरा/छाेरीकाे स्कुलकाे फिअ लगायतकाे घरकाे खर्च गर्नु पर्ने हुन्छ तर लामाे समय सम्म तलब नपाएर साप्टी र कर्जा लिएर काम चलाइरहेकाे वताए । तर दुबै जनाले समाचार लेख्दा नाम नलेखिदिन अनुराेध गरे । किनभने नाम लेखेकाे खण्डमा रिसाएर अस्पताल प्रशासनले हटाउन सकने दुबै जनालाई डर थियाे ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चितरन्जन साहले पैसा अभावले केही कर्मचारीलाई मात्र तलब खुवाउन नसकिएकाे वताए । उनका अनुसार दैनिक ज्यालादारीमा कार्यरत १३८ कर्मचारी मध्ये २८ जना जतिलाई मात्र ६ महिनाकाे तलब खुवाउन नसकिएकाे हाे । तर कर्मचारीका अनुसार सबै दैनिक ज्यलादारीका कर्मचारीले ६ महिनादेखि १० महिना सम्मकाे तलब खाएका छैनन् ।

मेसु साहले भने “बिमाले गर्दा समस्या भएकाे हाे, अस्पतालमा बिमा लागु भएपछि धेरै जस्ताे बिरामीकाे बिमा नै रहेकाे छ । बिमामा उपचार गरे वापत बिमाकाे पैसा समयमा आईदिएकाे छैन । बिमाकाे पैसा आएपछि तलब खान बाकी रहेका कर्मचारीहरुकाे तलब खुवाइन्छ ।”