Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

spot_img
spot_img

वीरगंज । भगवान गौतम बुद्धको २६४९औँ जन्मजयन्ती, २६१४औँ बुद्धत्व प्राप्ति दिवस तथा २५६९औँ महापरिनिर्वाण दिवसको अवसरमा वीरगंजमा एक भव्य र सन्देशमूलक सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। एलाइड युथ सोसाइटी वीरगंज–पर्साको अगुवाइमा आयोजना गरिएको यो अभियानमा स्थानीय निकायदेखि सुरक्षानिकायसम्मको उल्लेखनीय सहयोग तथा युवाको जोशिलो सहभागिता देखिएको थियो।

“शान्ति र स्वच्छता दुबै बुद्धको शिक्षाको मर्म हो,” अभियानका संयोजक तथा एलाइड युथ सोसाइटीका सचिव सन्नी श्रीवास्तवले बताए। “हामीले यो अभियान केवल सरसफाइका लागि मात्र नभई सामाजिक चेतना अभिवृद्धि, धार्मिक सहिष्णुता, र युवाको सकारात्मक भूमिकाको उदाहरण दिनका लागि सुरु गरेका हौं,” उनले थपे ।

कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी बल, जिल्ला प्रहरी कार्यालय पर्सा, र बीरगन्ज महानगरपालिकाले सक्रिय सहभागिता जनाएका थिए। साथै, श्री श्री जंग गण, सशस्त्र प्रहरी बल न.म. १३ गण पर्सा, गौतम विद्यालय, र नेशनल इन्फोटेक विद्यालयले विशेष सहयोग प्रदान गरेका थिए।

विशेष अतिथिका रूपमा उपस्थित गौतम विद्यालयका सञ्चालक सोनम लामाले युवालाई सम्बोधन गर्दै बुद्धको जीवन दर्शन, अहिंसा र सहिष्णुताको मूल्यलाई वर्तमान पुस्तामा स्थानान्तरण गर्नुको आवश्यकता औंल्याए। “शिक्षा भनेको केवल किताबी ज्ञान होइन, यो जीवनका मूल्यहरूसँग जोडिनुपर्छ। बुद्धको शान्तिको सन्देश आजको समाजका लागि झन् सान्दर्भिक छ,” लामाले भने।

कार्यक्रममा एलाइड युथ सोसाइटीका अध्यक्ष ओम झा, मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य, सुरक्षानिकायका उच्च अधिकारीहरू, विभिन्न विद्यालयका शिक्षक–विद्यार्थीहरू, सामाजिक अभियन्ता तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

एलाइड युथ सोसाइटीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ कि यो अभियानले युवाहरूमा सामाजिक उत्तरदायित्वको भावना जागृत गराउनुका साथै धार्मिक सहिष्णुता र साझा संस्कृति प्रति सम्मानको भाव अभिवृद्धि गरेको छ।

“बुद्धको दर्शनलाई व्यवहारमा उतार्न सक्ने शक्ति युवामा नै छ,” एलाइड युथ सोसाइटीले जोड दिएको छ। सोसाइटीले आगामी दिनमा पनि यस्ता सचेतनात्मक, वातावरणीय र समाजिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

दीपावली र छठलाई लक्षित गर्दै रक्सौल–नेपाल सीमामा सुरक्षा सतर्कता बढाइयो

रक्सौल। दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै भारत–नेपाल सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण तथा सीमाको सुरक्षा...

चाडपर्वको मौका छोपेर अनलाइन कपडा बिक्रीका नाममा ठगी

वीरगञ्ज। तिहार तथा छठ पर्व नजिकिएसँगै अनलाइनमार्फत कपडा बिक्री गर्ने बहानामा सर्वसाधारणलाई ठगी गर्ने गिरोह सक्रिय हुन थालेको पाइएको छ। सामाजिक सञ्जालमा आकर्षक कपडाका...

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रुपमा...