Date
बुध, असार ३, २०८३
Wed, June 17, 2026
Home Blog Page 314

सिद्धार्थ बैँकमा भएकाे आगलागीबाट करोडौँको क्षति

वीरगंज । सिद्धार्थ बैँकको वीरगंज शाखामा भएको आगलागीबाट करोडौँको क्षति भएको छ । बैँकको आर्दशनगरस्थित शाखामा भएको आगलागीबाट २ करोड रुपैँयाभन्दा बढीको क्षती भएको प्रहरीले जनाएको छ ।

सोमबार अपरान्ह बैँकको माथिल्लो तल्लाबाट अचानक आगलागी सुरु भएको थियो । अपरान्ह सुरु भएको आगो करिब ४ घण्टापछि मात्र नियन्त्रणमा आएको थियो ।

आगोलाई वीरगंज महानगरपालिका, पोखरीया नगरपालिका, सखुवा प्रसाैनी गाउँपालिका, नेपाल प्रहरी, बाराको कलैया उपमहानगरपालिका, जितपुरसिमरा उपमहानगरपालिका र भारतसमेतबाट आएको बारुणयन्त्रहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाकाे सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बैँकमा रहेको स्टोर रुमबाट सल्किएको आगो उग्र रुप लिएर यत्रतत्र फैलिएको थियो । ‘स्टोर रुममा सर्ट सर्किट भएर सुरुमै आगो लागेको थाहा नपाउँदा जताततै फैलिएको अनुमान छ, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक इन्स्पेक्टर पुष्कर बोगटीले भने, विस्तृत विवरण भने आउन बाँकी छ ।’

उनका अनुसार घटनाको यथार्थ कारणबारे भन्ने खुल्न बाँकी छ । आगलागीका कारण अत्यन्तै ठूलो क्षति भए पनि एकीन विवरण आउन बाँकी रहेको भन्दै उनले २ करोडभन्दा बढीको क्षती भएको अनुमान रहेको उनले बताए । प्रहरीका अनुसार आगलागीबाट बैँकको कोठाहरुमा पूर्ण रूपमा क्षति भएको छ ।

बैंकको भुइ तल्ला बाहेक अन्य ४ तल्लाका सम्पूर्ण कोठाहरु जलेर नष्ट भएको प्रहरी निरिक्षक बोगटीले बताए । यस्तै आगोका कारण बैँकका फाइल, फर्निचर, १ वटा जेनेरेटर लगायत समेत जलेको प्रहरीले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

वीरगंजमा ५ बर्षिया नाबालिका बलात्कृत, आराेपित पक्राउ

वीरगंज । पांच बर्षिया नाबालिकालाई बलात्कार गरेकाे आराेपमा प्रहरीले एक युवकलाई पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालयकाे क्राइम ब्रान्चले वीरगंज महानगरपालिकाकाे वडा नं. ३१ निवासी २१ बर्षिय निरञ्जन मण्डललाई पक्राउ गरेकाे हाे ।

वीरगंज महानगर कै वडा नम्बर १३ निवासी ५ वर्षीया नाबालिका बलात्कृत भएकाे भन्दै पिडित नाबालिकाकाे अभिभावकले मण्डल विरुद्ध साेमबार जिल्ला प्रहरी कार्यालयमा उजरी दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएकाे हाे । 

घरमा कोही नभएको मौका छोपी मण्डले कक्षा युकेजीमा अध्ययनरत नाबालिकाको बलात्कार गरेको पिडित बालिकाका अभिभावकले वताएका छन् । ललाइफकाइ गरेर मण्डले आफ्नाे छाेरीलाई असार १३ गते बलात्कार गरेको पिडित नाबालिकाका बुवाले वताए ।

कामको सिलसिलामा बाहिर रहेका आफु घर आएपछि छाेरीकाे आमाले घटना बारे जानकारी गराएपछि आफु प्रहरीमा उजरी दिएकाे उनले वताए । आफुले साेमबार विहान प्रहरीमा उजरी दिएपनि प्रहरीले मंगलबार मात्र वीरगंजस्थित नारायणी अस्पतालमा छाेरीकाे गराएकाे पिडित नाबालिकाका बुवाले जानकारी दिए । 

घटना बारे अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्याालय पर्साका प्रमुख एसपी कुमोध ढुंगेलले वताए । उनले बलात्कार घटनाबारे प्रहरीमा उजुरी आएपछि घटनाबारे अनुसन्धान भइरहेको र मुद्दा दर्ता प्रक्रियामा अगाडि बढाइएकाे जानकारी गराए ।

कांग्रेस र एमाले बिच भएकाे सहमती पुरा भए देश अगाडी बढ्छ : नेता काेइराला

वीरगंज । नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर काेइरालाले नेपाली कांग्रेस र एमाले बिच भएकाे सहमती पुरा गर्न सकिए देश अगाडी बढन सक्ने वताएका छन् ।

वीरगंजमा मंगलबार आयाेजित स्व. गिरजा प्रसाद काेइरालाकाे शालिक अनावरण कार्यक्रमलाई सम्बाेधन गर्दै डा. काेइरालाले साेमबार राति नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओली बिच भएकाे समझदारी पुरा गर्न सकिए देशलाई गन्तव्यमा पुर्याउन सकिने वताएका हुन् ।

उनले भने “मैले ७/८ महिना पहिला नै नेपाली कांग्रेस र एमाले एक ठाउँमा भयाे भने गन्तव्यमा पुग्न सकिने भनिरहेका थिए । आफु जहाँ गएपनि भनिरहेकाे कुरा अहिले आएर पुरा भएकाे छ । पहिला नै हुनु पर्ने कुरा अहिले आएर भएकाे छ । जुन सहमती पुरा भयाे भने देश अगाडी बढछ ।”

नेता काेइरालाले कांग्रेस सभापति र एमाले अध्यक्ष बिच संविधान संसाेधन गर्ने, सरकारकाे नेतृत्व आलाेपालाे गर्ने लगायतका समझदारी पत्रमा हस्ताक्षर भएकाे वताउँदै त्याे अहिले आवश्यकता भएकाे वताए ।

उलने हालकाे निर्वाचन प्रणालीलाई हामीले नै खराब बनाइदिएकाे वताउँदै संसदिय व्यवस्था अनुसारकाे याे निर्वाचन प्रणाली नै परिवर्त गर्नु पर्ने धारणा राखे । स्व. गिरजा प्रसाद काेइराला नभइदिएकाे भए गणतन्त्र नै आउँदैन थियाे उनले भनाई थियाे । साना दलहरुकाे कारण लाेकतन्त्र खतरामा पर्न सक्ने पनि उनकाे कथन थियाे ।

पार्टीकाे कुरा राख्दै नेता काेइराले सहमती, सहकार्य र एकताबाट अगाडी बढनु पर्ने वताए । उनले गठबन्धनबाट पार्टीकाे भलाे कहिले नहुने वताउँदै उनले लथालिङ अवस्थामा रहेकाे पार्टीलाई सुदृढ गर्दै अगाडी सहमती, सहकार्य र एकता भएर अगाडी बढनु पर्ने धारणा राखे । 

नेपाली कांग्रेस पर्सा क्षेत्र नं. २ का सभापति माेहम्मद साहाबुदिनकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाली कांग्रेसका सह महामन्त्री बद्री पाण्डे, केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा सदस्य रमेश रिजाल, अजय चाैरसिया, नेता सुरेन्द्र चाैधरी, पर्सा जिल्ला सभापति एंव प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री, प्रदेश सभा सदस्य श्याम पटेल लगायतकाले मन्तव्य राखेका थिए ।

चर्चित सौन्दर्य विशेषज्ञ पुरस्कारबाट बाराकी सजना सम्मानित

वीरगंज । प्रत्येक बर्ष विभिन्न सौन्दर्य कला तथा कलाकारिता क्षेत्रमा प्रतिभाशाली ब्यक्तित्वहरुलाई सम्मान गर्दै आएकाे हिमालयन मुभी प्रोडेकसन हाउसले यश बर्ष नेपाल फैसन एण्ड इन्टरनेशनल अवार्ड २०२४ पिरामिड इजिप्टको काइरो सहरमा सम्पन्न गरेको छ ।

अवार्ड कार्यक्रममा विभिन्न क्षेत्रका कलाकार तथ सौन्दर्य प्रतिभासिल ब्यक्तिवहरुको सहभागिता रहेको थियो । साेही अवार्ड समाहारोमा बाराकी सजना खतिवडा चर्चित सौन्दर्य विशेषज्ञ पुरस्कारबाट सम्मानित भएकी छन् ।

कार्यक्रममा चर्चित गायक धिरज राईले सजनालाई वार्ड प्रदान गरेका थिए । खतिवडाले बिगत लामो समयदेखि अत्यन्त निष्ठा र समर्पणका साथ नेपाली सौन्दर्य क्षेत्र, कलाकारिता र सामाजिक कार्यका लागि निरन्तर सकृय रहँदै आएकी छन् ।

सजनाले गत बर्ष पनि थाइल्यान्डमा भएको समाहारोमा मस्ट पपुलर म्याक्प आर्टिस्ट अवार्ड पाएका थिइन ।

प्रेस युनियनद्वारा पत्रकार महासंघ पर्सा शाखा पनि धर्ना

वीरगंज । नेपाल पत्रकार महासंघको सदस्यता नामावलीको विरोधमा देशैभर आन्दोलनरत नेपाल प्रेस युनियनले पर्सामापनि धर्ना दिएको छ ।

प्रेस युनिनयन पर्साले सोमबार वीरगंजस्थित नेपाल पत्रकार महासंघ पर्सा शाखाको कार्यालय अगाडि धर्ना दिएको हो । प्रेस युनियन पर्साका अध्यक्ष विजय महतोको नेतृत्वमा युनियनमा आबद्ध पत्रकारहरुले पत्रकार महासंघको कार्यालय अगाडि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म धर्ना दिएका हुन् । प्रेस युनियनको केन्द्रिय कार्य समितिको निर्देशन अनुसार पर्सामापनि दुई घण्टा धर्ना दिइएको प्रेस युनियन पर्साका अध्यक्ष महतोले बताए ।

पत्रकार महासंघको केन्द्रिय नेततृत्वले कुनै संगठन विशेषलाई महासंघको निर्वाचनमा लाभ हुने गरी महासंघको विधान मिचेर सदस्यता नामावली जारी गरेपछि देशैभर युनियनले विरोध जनाउँदै आन्दोलन गरिरहेको अध्यक्ष महतोले बताए ।

महासंघको विधान र प्रकृया पालना गरेर सबै संगठनको सर्वसम्म्तिमा सदस्यता नामावली प्रकाशन नगरिएसम्म युनिनयनको आन्दोलन जारी नै रहने उनले बताए । सदस्यता विवाद सुल्झिएसम्म प्रेस युनियनले महासंघको निर्वाचन पप्रकृया अगाडि बढाउनै नै नदिने चेतावनी पनि अध्यक्ष महतोले दिए ।

धर्ना कार्यक्रममा प्रेस युनियनका केन्द्रिय सदस्यद्वय निलिमा पौडेल र श्रीराम रायमाझी, जिल्ला उपाध्यक्षद्वय क्रान्ति शाह र अली असगर देवान, सचिव इरफान अली, उदय दास थारु, हुकुम सिंह, श्रवण साह, नूर आलम, राहुल गुप्ता, एसएम जहाँगस्त लगायतको सहभागीता रहेको थियो । यसअघि गत शनिबार प्रेस युनियन पर्साले पत्रकार महासंघ पर्सा शाखामा तालाबन्दी गरेको थियो ।

वीरगंजबाट लागु औषध गाँजा सहित दुई जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले वीरगंजबाट प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेकाे छ । प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज र प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको संयुक्त चेकिङ् टोलीले एक भारतिय सहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ बस्ने १८ वर्षीय ईमताज आलम र भारत पुर्वी चम्पारणको मोतिहारी थाना भेलाही मुसहरवा २ बस्ने २२ वर्षीय नवरेज आलम रहेका छन् ।

भारतको रक्सौलतर्फ जाने यात्रुवाहक अटोमा सवार दुबै जनालाई लागु औषध गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।

उनका अनुसार खानतलासी गर्ने क्रममा ईमताजले बोकेको कालो झोलाभित्र लुकाईछिपाई राखिएको अवस्थामा पाँच किलो ७२० ग्राम लागुऔषध गाँजा फेला परेको हो ।

ईमताजसँगै सवार नवरेजलाई पनि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भारतीले बताए । दुवै जनालाई जिल्ल प्रहरी कार्यालय पर्सामा राखी लागुऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी गराए ।

जगरनाथपुर गाउँपालिकामा धान राेपेर मनाइयाे धान दिवस

वीरगंज । पर्साकाे जगनाथपुर गाउँपालिकामा धान राेपाई गरेर शनिबार धान दिवस मनाइएकाे छ । ”जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने राष्ट्रिय नाराका जगरनाथपुर गाउँपालिकाकाे वडा नं. ४ हरपुर स्थित खेतमा धान राेपाई गरेर धान दिवस मनाइएकाे गाउँपालिकाकाे कृषि बिकास शाखा प्रमुख दायानन्द चाैहानले जानकारी दिए ।

२१ औं राष्ट्रिय धान दिवस महोत्सवकाे अवसरमा जगरनाथपुर गाउँपालिकाकाे कृषि बिकास शाखाद्वार आयोजित धान राेपाई कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव सहितका जनप्रतिनिधि तथा कर्मचारीहरु सहभागि भएका थिए ।

गाउँपालिका अध्यक्ष यादव कै अध्यक्षतामा भएकाे कार्यक्रममा उपाध्यक्ष बबिता सिंह क्षेत्री, वडाध्यक्ष सुभाष प्रसाद यादव, प्रभुनाथ प्रसाद नुनिया, गाउँपालिकाका याेजना शाखा प्रमुख पिन्कु राम, स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र साह, शिक्षा शाखा प्रमुख अशाेक सिंह, कृषि विकास शाखाका शत्रुधन चाैरसिया लगायतकाे सहभागिता रहेका थिए ।

साे अवसरमा गाउँपालिका अध्यक्ष यादवले एक दर्जन भन्दा बढी कषकहलाई पुरस्कृत समेत गरेकाे गाउँपालिकाकाे कृषि बिकास शाखाले जनाएकाे छ ।

जगरनाथपुरमा धान राेपेर मनाइयाे धान दिवस

वीरगंज । पर्साकाे जगनाथपुर गाउँपालिकामा धान राेपाई गरेर शनिबार धान दिवस मनाइएकाे छ । ”जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने राष्ट्रिय नाराका जगरनाथपुर गाउँपालिकाकाे वडा नं. ४ हरपुर स्थित खेतमा धान राेपाई गरेर धान दिवस मनाइएकाे गाउँपालिकाकाे कृषि बिकास शाखा प्रमुख दायानन्द चाैहानले जानकारी दिए ।

२१ औं राष्ट्रिय धान दिवस महोत्सवकाे अवसरमा जगरनाथपुर गाउँपालिकाकाे कृषि बिकास शाखाद्वार आयोजित धान राेपाई कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव सहितका जनप्रतिनिधि तथा कर्मचारीहरु सहभागि भएका थिए ।

गाउँपालिका अध्यक्ष यादव कै अध्यक्षतामा भएकाे कार्यक्रममा उपाध्यक्ष बबिता सिंह क्षेत्री, वडाध्यक्ष सुभाष प्रसाद यादव, प्रभुनाथ प्रसाद नुनिया, गाउँपालिकाका याेजना शाखा प्रमुख पिन्कु राम, स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र साह, शिक्षा शाखा प्रमुख अशाेक सिंह, कृषि विकास शाखाका शत्रुधन चाैरसिया लगायतकाे सहभागिता रहेका थिए ।

साे अवसरमा गाउँपालिका अध्यक्ष यादवले एक दर्जन भन्दा बढी कषकहलाई पुरस्कृत समेत गरेकाे गाउँपालिकाकाे कृषि बिकास शाखाले जनाएकाे छ ।

कानु युवा समाजकाे बैठक सम्पन्न

वीरगंज । कानु युवा समाज नेपालका कृयाशिल युवाहरुको बैठक शनिबार वीरगंजमा सम्पन्न भएको छ । वीरगंजस्थित गेटवे होटलमा सम्पन्न बैठकमा कानु समाजबाट प्रतिनिधित्व गर्ने युवाहरु छलफल गरेका थिए ।

कानु समाज नेपाल पर्साको जिल्ला सचिव श्रवण साहको अध्यक्षतामा बसेको बैठकले हरेक वडा स्तरमा कानु युवा समाजको समितिको गठन गर्ने तथा कानु समाजमा रहेका युवाहरुलाई समितीमा सक्रिय गराउने छलफल भएको थियाे ।

त्यस्तै अहिले रक्त संचार केन्द्र वीरगंजमा रगत अभाव देखिएकोले कानु युवा समाजले रक्तदान कार्यक्रमको आयोजना गर्ने तथा आउदो वर्ष देखि एसईईमा उत्कृष्ट अंक ल्याउने कानु समाजका छात्रछात्रालाई सम्मान गर्ने निर्णय पनि निर्णय गरेकाे छ ।

बैठकमा सहभागि युवाहरुले शनिबार असार १५ गते धान दिवसको अवसर पारेर दहि चिवरा खाएर शुभकामना आदानप्रदान समेत गरेका थिए । साे छलफल बैठकमा वीरगंजका मुन्ना साह, राजेश साह, प्रणय साह, विबेक साह, ओम प्रकाश गुप्ता, अखिलेश साह, राहुल गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

बिएचसि सहित चार ठाउँमा भएकाे कार्यक्रममा २०८ जनाद्वारा रक्तदान

वीरगंज । वीरगंज हेल्थ केयर हस्पिटलकाे आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । हस्पिटल परिसरमै आयाेजित कार्यक्रममा अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी गरी १ सय १५ जनाले रक्तदान गरेका हुन् ।

वीरगंजको रक्त सञ्चार केन्द्रमा रगत अभाव भएपछि केन्द्रको अनुरोधमा रक्तदान कार्यक्रममा ७ महिला सहित १ सय १५ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्राविधिक प्रमुभ सराैभ राज पाण्डेले जानकारी दिए ।

रगत दान गर्नेहरुमा हस्पिटलका चिकित्सकहरु डाक्टर नाजदा खातुन, डाक्टर फिरोज अफजल, डाक्टर इल्ताफ अन्सारी, डाक्टर नौशाद आलम, डाक्टर विष्णुकान्त तिवारी, डाक्टर अजय महत्तो, डाक्टर धिरज, स्टाप नर्स विन्ध्या प्रधान, खुश्बु नेशाल निशा चौधरी, शारजाह खातुन, ज्योति श्रेष्ठ, रेडियोलोजी प्राविधिक अफसर आलम, हासिम अन्सारी, वीरगंज–१४ का वडाध्यक्ष महबुब इलाही, स्टार क्लबका शम्शाद अली लगायतका रहेको हस्पिटलका अध्यक्ष डाक्टर अबुलहैस अन्सारीले जानकारी दिए ।

यसैगरी बृहस्पति फाउन्डेसन नेपालद्वारा आयोजित कार्यक्रममा ४ महिला सहित २९ जनाले रक्तदान गरेका छन् । वीरगंजकाे माइस्थानमा भएकाे कार्यक्रममा स्वस्तिका चाैधरी, धिरज गुप्ता, रिसु पटेल, राहुल बर्णवाल, विजय साह, सुजिता राउत, अमाेद प्रसाद गुप्ता लगायतले रक्तदान गरेका हुन् ।

त्यसै गरि नवजन कल्याण युवा संजाल वीरगंजद्वारा वीरगंजकाे आदर्शनगरमा आयोजित कार्यक्रममा ४ महिला सहित ३८ जना, सामाजिक सेवा संस्था बिश्रामपुर गाउँपालिका ५, इटियाहीद्वारा आयाेजित कार्यक्रममा २६ जनाले रक्तदान गरेकाे रेडक्रस पर्साका राजन श्रीवास्तवले जानकारी दिए ।