Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

नबिल बैंककर्मी सन्तोष साहद्वारा सडक दुर्घटनाबाट दुई युवाको साहसी उद्धार

spot_img
spot_img

बारा | नबिल बैंक लिमिटेडमा कार्यरत कर्मचारी सन्तोष कुमार साहले बाराको नितनपुरमा भएको एक गम्भीर सडक दुर्घटनामा घाइते भएका दुई युवाको साहसी र तत्काल उद्धार गरेर नागरिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेका छन्।

बिहान करिब १०:५० बजे, शालीमार एग्रो फार्म नजिकै  २५ प ५३ को नम्बरको मोटरसाइकल सडकको डिभाइडरमा ठोक्किँदा दुई जना सवार गम्भीर घाइते भएका थिए।
प्रदिप पासवान नामका एक युवाको टाउकोमा गहिरो चोट लागेको थियो, तर घटनास्थलमा उपस्थित भीडले सहायता गर्नुभन्दा मोबाइल निकालेर भिडियो खिच्नमै व्यस्तता देखाएको बताइएको छ।

त्यसैबेला कार्यालयको कामले जितपुर जाँदै गरेका सन्तोष साहले दुर्घटना प्रत्यक्ष देखेपछि तुरुन्तै आफ्नो गाडी रोकेर घटनास्थलमा हस्तक्षेप गरे। उनले घाइतेको टाउकोमा कपडा बाँधेर रक्तस्राव रोक्ने प्रयास गरे र नजिकैको नारायणी वयोध्या अस्पतालमा आपतकालीन रूपमा पुर्याए।

अस्पताल प्रशासनले साहको पहललाई “उदाहरणीय सामाजिक दायित्व” को संज्ञा दिएको छ।
सन्तोष यसअघि पनि विभिन्न घटनामा तीन जनाको जीवन बचाएको इतिहास राख्ने कर्मशील व्यक्ति हुन्।

यो घटनाले नबिल बैंकका कर्मचारीहरूको संस्थागत मूल्य, सामाजिक उत्तरदायित्व र संवेदनशील नागरिक भूमिकालाई झल्काएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...