Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
Home Blog Page 1185

नेपाल चामल, तेल, दाल सङ्घको अध्यक्षमा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष गुप्ता निर्वाचित

0

वीरगन्ज, १९ असोज ।
नेपाल चामल तेल, दाल उधोगको अधिवेशन सहितको ४२ औं बार्षिक साधारण सभा आज काठमाण्डौमा सम्पन भएको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सुबोध कुमार गुप्ताज्यू नेपाल चामल, तेल, दाल सङ्घ, काठमाण्डौंको ४२ औं वार्षिक साधारण सभाबाट अध्यक्ष पदमा निर्वाचित भएका छन ।

गुप्ताको अध्यक्षतामा चैन गरिएको कार्यसाितीमा सन्दिप कुमार अग्रवाल प्रथम उपाध्यक्ष, राम थापा द्धितिय उपाध्यक्ष, नरेश राठी महासचिव, दिपक कुमार पौडेल उप महासचिव, धिरज गोल्छा कोषाध्यक्ष, रतन लाल केडिया, जगदिश अग्रवाल, मुक्ति अग्रवाल, दिपक सापकोटा, चीरन्जीवी रिजाल, सुसान्त कुमार बोहरा सदस्यमा निर्वाचित भएका छन ।

बिपत जोखीम न्युनिकरण सम्बन्धी सरोकारवालाहरुको बैठक सम्पन्न

1

वीरगंज, १९ असोज ।
बिपत जोखीम न्युनिकरण सम्बन्धी पर्साका सरोकारवालाहरुको बैठक आज वीरगंजमा सम्पन्न भएको छ । बैठकमा वोल्दै सरोकारवालाहरुले जनप्रतिनिधीहरु आफ्नो जिम्मेवारी नबुझदा पर्सामा बिपत जोखीम न्युनिकरण तथा बिपत ब्यवस्थापन संतोषजनक हुन नसकेको आरोप लगाएका छन ।

जिल्ला बिपत ब्यवस्थापन समिती पर्साका संयोजक तथा प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडयालको अध्यक्षतामा र जिल्ला समन्वय समिती पर्साका प्रमुख नेकमहम्मद अंसारीको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको हो । बैठकले बिपत जोखीम न्युनिकरण अन्र्तराष्ट्रिय दिवस यहि आश्विन २७ गते देखी एक हप्ता मनाईने निर्णय गरेको छ ।

अन्तराष्टिय दिवस प्रत्येक स्थानिय तहले आ आफ्नो स्थानिय तहमा मनाउने निर्णय भएको छ । जिल्ला स्तरीय कार्यक्रम असोज २७ र २८ गते २ दिन भब्यताका साथ बिरगंजमा मनाईने पनि निर्णय भएको छ । त्यसको संयोजनको जिम्मेवारी बिरगंज महानगरपालिकालाई दिइएको प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले बताए ।

कार्यक्रममा १४ वटा स्थानिय तहका प्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरुलाई बोलाइए पनि ५ वटा स्थानिय तहको मात्र उपस्थिती रहेको थियो । बिपत जोखीम न्युनिकरण तथा बिपत ब्यवस्थापनको प्रस्तुती प्रमुख जिल्ला अधिकारी पौडयालले गर्नु भएको थियो । जिल्ला बिपत ब्यवस्थापन समितीको आयोजनामा बिरगंज महानगरपालिकाको सभाहालमा बैठक बसेको थियो ।

सांसद हरिनारायण राैनियार पदबाट निलम्बित

0

काठमाडौं, १९ असोज ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै सत्तारुढ संघीय समाजवादी फोरमका सांसद हरिनारायण रौनियार स्वतः निलम्बनमा परेका छन् ।

पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रौनियार, पप्पु कन्स्ट्रक्सनका अध्यक्ष तथा सांसद रौनियारका छोरा सुमित, सडक डिभिजिन प्रमुखसहित १२ जनाविरुद्ध अख्तियारले शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

भ्रष्टाचार निवारण ऐन २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी ऐन २०४८ अनुसार भ्रष्टाचारको मुद्दा दायर भएसँगै सार्वजनिक पद धारण गरेका व्यक्तिको पद स्वतः निलम्बनमा पर्ने अधिवक्ता नवराज थपलियाले बताए ।

रौनियार प्रतिनिधिसभाको निर्वाचनअघिसम्म पप्पु कन्स्ट्रक्सनका अध्यक्ष थिए । सांसद निर्वाचित भएसँगै उनले अध्यक्ष पद छाडी छोरालाई जिम्मा लगाएका हुन् ।

अर्बपति बिनोद चौधरीको आत्मकथा प्रदेश २ मा

0

काठमाण्डौ, १९ असोज ।
नेपालका चर्चित अर्बपति उद्योगी बिनोद चौधरीको आत्मकथा हिन्दीमा प्रकासन भएको छ । आफनै संघर्षले सन्सारका अर्बपतिहरुको सूचिमा पर्न सफल नेपाली उद्यमी चौधरीको आत्मकथा नेपाली , हिन्दी , अंग्रेजि, रसिया र सर्बियन भासामा प्रकाशन भैसकेको छ । उनका आत्मकथा पढने जेकोहि पनि उत्साहित हुने गरेका छन ् ।

नेपालवाट २०३४ सालमा बिराटनगरको पशुपति मैदामिलवाट आफनै पुख्र्यौली ब्यबसायको नेतृत्व गरेर अर्बपति बन्न सफल चौधरीको ब्यापार बिभिन्न देशमा फैलिदो छ ।

उनको आत्मकथा पछिल्लो पटक प्रदेश नम्बर २ का हरेक पुस्तक पसलमा पाइने ब्यबस्था मिलाइएको छ । नेपालको सबै भन्दा धेरै बिक्री भएको पुस्तक त्यहाका पाठकलाई लक्षित गरेर प्रकासकले बजारमा लगेका हुन् । अत्यन्त उत्साहजनक र पढनथालेपछि छोडनै मन नलाग्ने पुस्तक हरेककालागि उपयोगि रहेको प्रबुद्ध पाठकहरुको प्रतिकृया रहेको छ ।

प्रदेश नम्बर २ को वीरगंज, जनकपुर , कलैया , गौर , जलेश्वर , लाहान , राजबिराज , चन्द्रनिगाहपुर लगायतका बजारमा रहेका मुख्य पुस्तक पसलमा आत्मकथा बिक्रीको ब्यबस्था मिलाइएको छ । हिन्दी भाषिहरुको बाहुल्यता रहेको प्रदेश २ मा त्यहाका पाठकलाई लक्षित गरेर पुस्तक बजारमा लगिएको हो ।

विन्दवासिनी गाउँपालिकामा छात्रवृति वितरण तथा वृक्षारोपण कार्यक्रम सम्पन्न

1

वीरगंज, १८ असोज ।
विन्दवासिनी गाउँपालिकाको श्री ज्ञान सागर दलित प्रा.वि. गर्दौलमा आज छात्रवृति वितरण तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । वडा नं. १ का वडा अध्यक्ष सागिर मियाँको अध्यक्षतामा र गाउँपालिका अध्यक्ष श्रीलाल साह कानुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत सम्पूर्ण वालवालिकाहरुलाई विद्यालय पोशाक र स्टेशनरी सामग्री वितरण गरिएको छ ।

विद्यालय प्राङ्गण मै विभिन्न प्रजातिका ५० वटा विरुवा समेत रोपिएको गाउँ कार्यपालिका कार्यालय समाजिक विकास शाखाका रमेन्द्र नाथ तिवारीले वताए । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष किरण देवी गुप्ता, समाजसेवी बब्लु श्रीवास्तव, वडा सदस्य गम्भीरा साह लगायतकाको सहभागिता रहेको थियो ।

जितिया पर्वको अवसरमा पकहा मैनपुरमा झन्डा मेला भव्य रुपमा सम्पन्न

0

पोखरिया, १८ असोज ।

पर्साको पकहा मैनपुर गाउँपालिकाको वडा नं. ५, पोखरियामा बुधबार झन्डा मेला शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । विगत २० बर्ष देखि जितिया पर्वको अवसरमा लाग्दै आएको मेला यस बर्ष पनि शान्ति पुर्ण रुपमा सम्पन्न भएको हो ।

मेलामा लाठीफाटा खेल खेल्दै गाउँलेहरुले बाजागाजा सहित गाउँ परिक्रमा गरी मेला स्थलमा पुगेका थिए । मेलाको एक कार्यक्रमका बिच वडा नं. ५ का वडा अध्यक्ष लेकमन पटेलले रिबन काटेर उदघाटन गरेका थिए ।

मेलामा नाचगान, खेलतमासा, कुस्ती प्रतियोगिताको समेत आयोजना गरिएको थियो । मेलामा प्रहरी चौकी सबैठवा र सिमा सुरक्षा बल सबैठवाका प्रहरीहरुले शान्ति सुरक्षाको लागि खटेका थिए ।

गुणस्तरीय शिक्षा एवं सुधारको लागी उच्च कोटिको ठोस निति ल्याउनुस मुख्यमन्त्री : युवा नेता सराफ

0

गुणस्तरीय शिक्षा एवं सुधारको लागी उच्च कोटिको ठोस निति ल्याउन प्रदेश नंं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दिलाई युवा नेता ओमप्रका सराफले आग्रह गरेका छ्न । स्कुल/क्याम्पसको सुधार/ बिकास भए हिन्दु, मुस्लिम,सिख इसाई लगायत सबै धर्मावलम्बी लाभान्वित हुने छ उनको भनाई छ ।

21 औं सताब्दीको आधुनिक संसारमा गरिब, दलित, धनी, उत्पीडित पनि एकै छानामुनी एकै प्रकारको आधुनिक शिक्षा/ सुबिधा प्राप्त गर्न सक्ने सुरक्षीत र सुनौलो वातावरणको निर्माण गर्न पनि मुख्यमन्त्रीलाई नेता सराफको आग्रह छ ।

हाम्रो समुदायमा मुस्लिम समुदायका गरिब बालबालिका मात्रै होइन, अन्य धर्मका गरिब, दलित एवं आम समुदायका लाखौं बालबालिकाहरु स्कुल जानबाट बन्चित छन् ।

बालमजदुरी गर्न बाध्य छन् । जसको लागी सामुदायिक एवं सरकारी स्कुलको सुधार, बिकास एवं स्कुल जाने सहज वातावरणको निर्माण नै समग्र समाधानको उपाय हुन सक्छ उनको धारणा छ ।

यसरी विभेद रहित शिक्षित समतामूलक समाज निर्माणको लागी आधार तयार हुने छ । साथै आपसी सद्भाव एवं धार्मिक सहिष्णुताको पनि दायरा फराकिलो हुने छ ।

नीतिनिर्माता तपाईहरु हो, समाजको दशा र दिशा तपाईंहरुको हातमा छ । धार्मिक, पार्टीगत, जातिगत भुमरीबाट माथी उठि समाजवादको सिद्धान्तमा अग्रसरताको लागी उनले आग्रह गरेका छन ।

प्रराम्भिक कक्षा पढाई कायक्रम अंन्तर्गत कालिकामाईमा उत्कृष्ट अभिभावकहरुलाई सम्मान

0

पर्सा, १७ असोज ।

राष्ट्रिय प्रराम्भिक कक्षा पढाई कायक्रम अंन्तर्गत कालिकामाई गाउँपालिकामा बुधबार १३ जना अभिभावकलाई उत्कृष्ट अभिभावकको रुपमा एक कार्यक्रमका बिच सम्मान गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय शिक्षा बिकास समन्वय शिक्षा ईकाई, पर्साको आयोजनामा भएको कार्यक्र्रममा कालिकामाई गाउँपालिका अन्तर्गतका १० वटा सामुदायिक विद्यालयका १३ जना अभिभावकहरुलाई सम्मान गरिएको हो ।

श्री जनता मा.वि. मुडलीमा भएको कार्यक्रममा रामबालक प्रसाद चौरसिया, शेषनाथ प्रसाद चौरसिया, विजय प्रसाद कुशवाहा, विरेन्द्र राम, रम्भु पटेल, कालिचरण महतो, राजिन्द्र प्रसाद कुर्मी, संतोष साह तेली, मदन प्रसाद साह, शिवनारायण कुर्मी, रामराज प्रसाद कुर्मी, धनिलाल साह र दुखी राउत कुर्मीलाई उत्कृष्ट अभिभावकको रुपमा दोसला ओढाएर कदर पत्रले सम्मान गरिएको थियो ।

जनता मा.वि. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी प्रसाद कुशवाहा, शिक्षा विकास तथा समन्वय ईकाई कार्यालयका, पर्सा अधिकृत हरि राउत कुर्मी, उमेश सहनी, गैसस महासंघ नेपाल, पर्साका अध्यक्ष छठु साह, वडा अध्यक्ष सोनालाल चौरसिया, स्रोत व्यक्ति छोटेलाल साह लगायतकाले मन्तव्य राखेका थिए ।

समयमा विद्यालय पठाउने, बालबालिकाहरुको सरसफाई धयान दिने गरेको र विद्यालय अध्ययन अध्ययापन प्रति चासो राख्ने अभिभावकहरुलाई छनौट गरि सम्मान गरिएको स्रोत व्यक्ति छोटेलाल साहले वताए ।

नहरमा नुहाउने क्रममा वेपता भएका वालकको शव फेला

0

वीरगंज, १७ असोज ।
नहरमा नुहाउने क्रममा वेपता भएका वालकको शव आज फेला परेको छ । भारत विहार पश्चिमी चमपारण सिकटा निवासी सिपुजन साह तेलीको १३ बर्षिय छोरा राजेशवर साहको शव फेला परेको हो ।

सबैठवा, सिकटा नेपाल–भारतको सिमा रहेको सिकटा नहरमा मंगलबार साथी संग नुहाउने क्रममा राजेशवर वेपता भएका थिए । एस.एस.वी., भारतिय प्रहरी र स्थानियहरु द्वारा मंगलबार देखी नै भइरहेको खोज तलासको क्रममा आज विहान नहरमा नै शव फेला परेको भारतिय प्रहरीले जनाएको छ ।

तराई मधेशमा हुने जितिया पर्वमा महिलाहरुको साथमा बालबालिकाहरु साथी संगै नदिमा नुहाउने क्रममा वेपता परेको स्थानियहरुले वताएका छन ।

जोखिममा परेका किशोरीहरुलाई शैक्षिक सामग्री वितरण

0

वीरगंज, १६ असाेज ।
किशाेरी सशक्तिकरणको लागि जोखिममा परेका किशोरीहरुलाई मंगलबार शैक्षिक सामग्री वितरण गरिएको छ । युराेपियन युनियनकाे सहयोगमा र नेपाल ग्रामिण पुननिर्माण संस्था (आ.आर.एन.) काे अायाेजनामा ४७ जना किशोरीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको सुपरभाइजर सुनेशवर साहले वताए ।

पि.एन. र सि.एन. को सहकार्यमा संचालित किशोरी सम्बाद कार्यक्रम अन्तरगत वीरगंज महानगरपालिकाको वडा नम्बर २९ को मुसैली, रतनपुर, बसडिलवा र ३० को लालपर्सा र प्रसोतिपुरका जोखिममा परेका किशोरीहरु लाई शैक्षिक सामग्री वितरण गरिएको हाे ।

सामग्री वितरण कार्यक्रममा अार.अार.एन. काे किशोरी सम्बाद कार्यक्रमका टिम लिडर भानु पराजुली, कार्यक्रम संयोजक भागवती शर्मा भण्डारी, वडा अध्यक्ष अमानत अंसारी, वडा सदस्य बुधिया देवी, सम्वाद अधिकृत प्रकाश पाण्डे लगायतकाको सहभागिता रहेको थियो ।