Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
Home Blog Page 1184

तेरापंथ महिला मण्डलद्वारा वीरगंजमा अायाेजित श्री उत्सव मेला सम्पन्न

0

वीरगंज, २० असाेज ।
वीरगंज तेरापंथ महिला मण्डलद्वारा शनिबार वीरगंजमा श्री उत्सव मेलाको आयोजना गरिएको थियाे । पर्यावरण मुखी चाड पर्व मनाउने बारे जानकारी गराउन अखिल भारतीय तेरापंथ महिला मण्डलको निर्देशनमा वीरगंज शाखाले वीरगंज स्थित तेरापंथ भवनमा कार्यक्रमको आयोजना गरेको थियाे ।

प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्धिको प्रमुख आतिथ्य र प्रदेशसभा सदस्य रागिनी देवी बरनवाल, भारतीय महा वाणिज्य दुत राजेश कुमार चुतुर्वेदी, उद्योगि तथा समाजसेवी अशोक वैधको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा वातावरण मुखी चाड पर्व मनाउनेलगायात विभिन्न विषयहरुमा चर्चा भएको थियो ।

मेलाको अबलोकन गर्दै प्रमुख अतिथि मुख्यमन्त्रि लालबाबु राउत गद्दीले प्रदुषणबाट हुने हानिका बारे चर्चा गर्दै यसलाई नियुनिकरण गर्न सबैले हातेमालो गर्न आवश्य रहेको बताए । उनले प्रदेश सरकारद्वारा संचालित हरित प्रदेश आयोजना प्रदुषणआई नियुनिकरण गर्ने उद्द्येशले पनि महत्वपूर्ण रहेको तर्क गरे ।

महिला मण्डलका सदस्यहरुद्वारा प्रेरणा आरती गरि सुरु गरिएको कार्यक्रममा विशेष अतिथि उद्योगि प्रदेशसभा सदस्य रागिनी बरनावाल, भरातीय महावाणिज्य दुत राजेश कुमार चतुर्वेदी, विशेष अतिथि उद्योगि अशोक वैधलगयात उपस्थित अतिथिहरुले वातावरन मैत्री चाड पर्व मनाउने तरिकाका बारे चर्चा गर्दै सबैलाई कम प्रदुषण हुनेगरी चाड पर्व मनाउन आग्रह समेत गरे ।

कार्यक्रममा स्वगात मन्तव्य महिला मण्डलीकि अध्यक्ष सुमन वैध गरेकी थिइन भने सल्लहाकार किरण देवी मणोतले मायाको चिन्हो प्रदान गरेकी थिईन । कार्यक्रमको संचालन दीपशिखा गान्धीले गरेकी थिईन ।

व्यवस्थित वीरगञ्ज अभियान अन्र्तगत नारायणी अस्पतालको सरसफाई

0

वीरगञ्ज, २० असाेज ।
वीरगञ्जको नारायणी उपक्षेत्रिय अस्पतालमा शनिबार बिहान सरसफाई गरिएको छ । व्यवस्थित वीरगञ्ज अभियान अन्तर्गत अस्पतालको सरसफाई गरिएको अभियानका संयोजक दिलिपराज कार्कीले बताए ।

वीरगञ्जलाई व्यवस्थित बनाउन नागरिक स्तरबाट थालिएको अभियान मार्फत साप्ताहिक रुपमा सार्वजनिक स्थलको सरसफाई गर्ने अभियान अस्पतालबाट शुरु गरिएको उनको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्याल, प्रहरी उपरीक्षक रेवती ढकाल लगायतकोे सहभागीतामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, महानगरपालिकाका सरसफाई कर्मचारी, व्यवस्थित वीरगञ्जका अभियन्ता, स्थानीय जनप्रतिनीधिहरु समेतको सहभागीतामा सरसफाई गरिएको थियो ।

अस्पतालको क्वाटरमा बस्ने चिकित्सक, स्टाफ नर्स लगायत अन्य कर्मचारीहरुले समेत सरसफाईमा ध्यान नदिने गरेको पाईएको छ । क्वाटरहरुको नियमित सरसफाई नभएका कारण घरहरुमा झाडी बुट्यान उम्रिएको, क्वाटर वरपर झाडी बनेको, जथाभावी फोहोर देखिएको वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिष्म भुषालले बताए ।

प्रमुख जिल्ला अधिकारी पौड्यालले अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा एनामुल हकलाई कर्मचारीहरुलाई बोलाएर बसोबास गरिरहेको ठाउँको सरसफाईका बारेमा ध्यान दिन लगाउन निर्देशन दिएका छन् ।

व्यवस्थित वीरगंज अभियान अन्तर्गत असोज २ गतेदेखी वीरगंजमा ट्राफिक व्यवस्थापन, छाडा चौपाया नियन्त्रण, टेम्पो, इरिक्सा व्यवस्थापन र व्यवस्थित पार्किगका लागि काम भैरहेको छ ।
सोही क्रममा सातवटा छाडा चौपाया पनि नियन्त्रणमा लिइएको छ । वीरगञ्जको मुर्ली सातवटा घोडालाई नियन्त्रणमा लिएको अभियानका सह संयोजक प्रकाश खेतानले बताए ।

पोखरीया नगरपालिकाको दोस्रो नगर सभा बाट परित निति, बजेट तथा कार्यक्रम सार्वजनकि

0

पाेखरिया,२० असोज ।
पर्साका पोखरीया नगरपालिकाको दोस्रो नगरसभा बाट परित निति तथा बजेट कार्यक्रम शनिबार पोखरीयामा सार्वजनकि भएको छ । नगरपालिकाले आन्तरिक आम्दानी १ करोड ४७ लाख ४० हजार चार सय ५५ गर्ने गरी कुल ४५ करोड ९५ लाख ५ हजारको निति तथा बजेट कार्यक्रम सार्वजनिक गरेको छ ।

“पर्साका केन्द्रबिन्दु प्रचुर बिकाशका पुर्वाधार स्वस्थ्य सुन्दर हराभरा पोखरीया स्मार्ट सिटीको अधार भन्ने मुल नाराका साथ दोस्रो नगर सभा गरिएकाे छ । नगरपालिकाले स्थानियलाई नगरपालिकाका अनुभुति दिलाउने, संयुक्त नगर निर्माण गर्ने जस्ता नारा अघि सारेको छ ।

नगरपालिकाको दोश्रो नगरसभाकाे उद्घाटन गर्दै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारसँग आवश्यक बजेट नहुँदा स्थानिय तहको माग बमोजिम बजेट विनियोजन गर्न सक्ने अवस्था नरहेको वताए । उनले पोखरीया नगरपालिका वीरगंजको दोश्रो सदरमुकाम भएकाले पोखरीयालाई व्यवस्थीत र समुन्नत बनाउन प्रदेश सरकार सहयोग गर्न तत्पर रहेको बताउदै मधेशमा विकास निर्माणसँगै सामाजिक सचेतनाका कार्यक्रम पनि सँगसँगै अगाडी लिएर बढनु पर्ने कुरामा जोड दिए ।

कार्यक्रममा सांसद हरिनारायण रौनियारले आफू माथि नियोजित षडयन्त्र भएको र षडयन्त्र विरुद्ध आफू नझुक्ने र त्यसको निष्पक्ष छानविन हुनु पर्ने माग गरे ।

कार्यक्रममा पूर्वमन्त्री सुरेन्द्र चौधरीले विकासका बाधकलाई छाडन नहुने बताउदै योजना कब्जा गर्ने र काम नगर्ने ठेकेदारलाई कारवाही हुनु पर्ने बताए ।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख सलमा खातुनले आगामी आर्थिक वर्षको कार्यक्रमहरु सार्वजनिक गरेकी थिन ।

नगरपालिकाले विशेष गरी शिक्षा, स्वास्थ्य, सडक र समाजीक विकासलाई मुख्य प्राथमिक्तामा राखेको छ ।

नगर प्रमुख दिपनारायण रौनियारको सभापतित्वमा भएको उदघाटन समारोहमा नेकपाका प्रधुमन चौहान, नेपाली कांग्रेसका रामेश्वर रौनियार, राजपाका निजमोदिन समानी, जिल्ला समन्वय समिती पर्साका सभापति नेक महम्मद अन्सारी, वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय सरावगी, प्रमुख प्रशासकिय अधिकृत नथु साह लगायतको उपस्थिती रहेको थियो ।

औषधी मात्र समस्याको समाधान होइन : नेता सुरेन्द्र चौधरी

0

प्रणय साह । पर्सा, २० असोज ।
औषधी मात्र समस्याको समाधान नरहेको पूर्व मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र चौधरीले वताएका छन । होटल भिस्वा वीरगंजमा आयोजित स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई सम्बोधन गर्दै नेता चौधरीले हाम्रो समाज अहिले एनटिभाइटिकको डग्रीस नै भइसकेको वताए ।

सानोतिनो स्वास्थ्य समस्यामा पनि एनटिभाइटिकको प्रयोग ठिक होइन उनको धारणा थियो । इन्टरनेशनल कोच भानु धमलाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल, क्षेत्र नं. १ का सभापति अरविन्द गुप्ता, पटेर्वा सुगौली गापाकी उप प्रमुख ममता महतो लगायतकाको सहभागिता रहेको थियो ।

नहरमा पानी नआउदा कृषकहरु मर्कामा

0

पर्सा, २० असोज ।
पर्साको ग्रामिण भेगका नहरहरुमा पानी नआउदा कृषकहरु मर्कामा परेका छन । बिगत केही दिन देखी पानी नपरेकोले खेतमा पानी सुके पछि कृषकहरु चिन्तामा परेका हुन ।

धान फल्ने समयमा नै खेतमा पानी नरहेको र नहरमा पनि पानी नआउदा कृषकहरु चिन्तामा परेका छन । नारायणी सिचाई डिभिजन कार्यालय डिभिजन नम्बर ५ द्धारा बितरित पानी ब्लाकनम्बर २ को एमएससीहरु र बिएससीहरुमा पानी नआउदा कृषकहरु बाध्य भएर दमकल प्रयोग गर्न थालेका छन ।

खेतमा पानी हाल्न कृषकहरु खोला, नदी, पोखरी, तलाउमा बिभिन्न माध्यमबाट सिचाई गर्न बाध्य रहेको जगरनाथपुर गाउालिकाका कृषक मुनेश्वर यादवले बताएका छन ।

यस बर्ष धानका लागी प्रयाप्त मात्रामा पानी पर्दै आएको तर धान फल्ने समयमा नै पानी नपरेको र नहरमा पनि धान फल्ने समयमा नै पानी नआउदा धानवालीमा कमी आउने कृषकहरु बताएका छन ।

यस बिषयमा गाउँपालिकाका जनप्रतिनिधीहरु चनाखो नभएका कारण कृषकहरुलाई समस्या भोग्नु परेको कृषकहरुले गुनासो गरेका छन ।

जगरनाथपुरको दसौतामा निशुल्क आंखा शिविर सम्पन्न, ३ सय जनाको आंखा परिक्षण

1

पर्सा, २० असोज ।
पर्साको जगरनाथपुर गाउँपालिकामा शनिबार निशुल्क आंखा शिविर सम्पन्न भएको छ । जगरनाथपुर गाउँपालिकाको वडा नं. २, दसौतामा भएको शिविरमा ३ सय जनाको आंखा परिक्षण गरिएको छ । जस मध्ये १४५ जनामा मोतियाविन्द फेला परेको आयोजकले जनाएको छ ।

समाजसेवी नेपाली प्रसाद कुशवाहा र साविर आलमले शिविर आयोजना गरेका थिए । किरण आँखा अस्पताल वीरगंजका डा. अमर स्याल नेतृत्वको टोलीले शिविरमा आँखा परिक्षण गरेका थिए । श्री ने.रा.प्रा.वि. दसौतामा भएको आंखा शिविरमा स्थानिय अगुवा समिन गद्दी, रमेश कुशवाहा, असलम हवारी, एकबाली साह कानु लगायतकाको सहभागिता रहेको थियो ।

रानिघाटमा भएको रक्तदान कार्यक्रममा १३ महिला सहित ११७ जना द्वारा रक्तदान

0

वीरगंज, २० असाेज ।
दुर्गा पुजा सेवा समिति रानिघाटले आज आयोजना गरेको रक्तदान कार्यक्रममा १३ जना महिला सहित ११७ जनाले रक्तदान गरेका छन ।

रानिघाटमा भएको कार्यक्रममा शतिस सिंह राजपुत, शुषमा सिंह राजपुत, राजु गुप्ता, संजय सराफ, अारसी यादव, रंजिता गुप्ता, राधेश्याम पटेल, दिलिप राैनियार, रिपु गिरी, चन्दन गुप्ता, मनाेज गुप्ता लगायतकाले रक्तदान गरेको रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डेले वताए ।

बिकास कुमार रौनियारको अध्यक्षतामा प्रत्येक बर्ष यश बर्ष पनि भएको कार्यक्रममा अरविन्द गुप्ता, रक्त संचार केन्द्र वीरगंजका प्रमुख पाण्डेले लगायतकाले मन्तव्य राखेका थिए ।

सचेत युवा समुहद्वारा जिएम विष्टलाई सम्मान

0

वीरगंज, १९ असोज । सचेत युवा समुह रामगढवा–२४ वीरगंजले आज एक भव्य समारोहका बिच एशियन डिस्टिलरीका जिएम उदय बिष्टलाई सम्मान गरेको छ ।

वीरगंज २४ स्थित वाटिका इन्टरनेश्नल होटलमा आयोजित सम्मान तथा भेटघाट कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य डा. अन्जु कुमारीले माला तथा खादा ओढाएर सम्मान गर्नु भएको थियो ।

युवा नेता अनुज यादवको अध्यक्षतामा भएको कार्यक्रममा वीरगंज वडा नं. २५ का वडा अध्यक्ष दशरथ राउत कुर्मी, वडा नं. २४ का अध्यक्ष दशरथ राउत कुर्मी, एसियन डिस्टिलरीका लेखा प्रमुख राजाराम कार्की, आकाश एफएमका एमडि आसिक अंसारी, मधेसी पत्रकार समाज पर्साका अध्यक्ष श्रवण प्रसाद साह, समाजसेवी रामाशंकर द्विवेदी, उमेश पटेल, आसुतोष चर्तुवेदी, नरेश चौधरी, दिपकराज वर्णवाल लगायत स्थानियबासीहरुको उल्लेखनिय सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन बिजय पटेलले गरेका थिए ।

दोश्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल बारामै निर्माण गर्न सरकारसँग माग

0

बीरगंज १९ असोज ।
संघले बाराको कलैयामा पत्रकार सम्मेलन गरी वन कटानका कारण वातावरणमा असर पर्ने बहानामा विमानस्थल बारामा निर्माण हुन नदिने षडयन्त्र भएको आरोप लगाएको छ । वन प्राविधिक संघ बाराले दोश्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल बारामै निर्माण गर्न सरकारसँग माग गरेको छ ।

संघका जिल्ला अध्यक्ष समेत रहनु भएका वनस्पति विभागमा पूर्व महानिर्देशक राजदेवप्रसाद यादवले विमानस्थल निर्माणका लागि ८० हजार ४५ हेक्टर वन क्षेत्र छुट्टयाइएकोमा १५ हजार ५० हेक्टर क्षेत्रको रुख मात्र कटान गरी विमानस्थल निर्माण गरिने र बाँकी ६९ हजार ९५ हेक्टर विमानस्थलका लागि संरक्षित क्षेत्रको रुपमा राख्ने योजना भएकोमा केही संघ संस्था र व्यक्तिले गलत प्रचार गरी विमानस्थल बारामा बन्न नदिने षड्यन्त्रमा लागेको आरोप लगाउनुभयो ।

विमानस्थलको डीपीआर तयार भई लगानी सुनिश्चित नभएसम्म वन कटानी गर्न नहुने समेत यादवले बताउनु भयो ।

नेपाल साफ यु-१८ महिला च्याम्पियनसिप फाइनलमा

0

काठमाडौं, १९ असोज ।
नेपाल साफ यु-१८ महिला च्याम्पियनसिप फाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा भारतलाई ३-२ ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा दुबै टिमले निर्धारित समयसम्म १-१ गोलको बराबरी खेलेका थिए । खेलको १५ औं मिनेटमा नेपालकी रश्मी कुमारी घिसिङले गोल गर्दै अग्रता दिलाएकी थिइन् । उनले किपरलाई छक्याएर सुन्दर गोल गरेकी थिइन् ।

पहिलो हाफमा १-० गोलले अघि रहेको नेपालले दोस्रो हाफमा भने खराब प्रदर्शन गर्दै गोल खाएको थियो । तुलनात्मक रुपमा नेपालले दोस्रो हाफमा राम्रो प्रदर्शन गर्न सकेन । खेलको ६२ औं मिनेटमा भारतकी समिक्षाले गोल गर्दै १-१ को बराबरीमा पुर्‍याएकी थिइन् ।

बाँकी समयमा दुबै टिमले बराबरी खेलेपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । थप गरिएको समयमा पनि दुबै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो ।

नेपालले अब उपाधिको लागि बंगलादेश र भुटानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । onlinekhabar