बहुवरीमा महाविरी मेलाको उदघागन गर्दै सांसद यादवले भने कुस्ती खेल मधेसको पहिचान
कलैयामा भएको रक्तदान कार्यक्रममा ६ महिला सहित ५२ जना द्वारा रक्तदान
कास/कलैया, २७ असोज ।
राजदेवी सांगितिक समूहको १५ औं वार्षिक उत्सव तथा बडा दशैको उपलक्ष्यमा आज बाराको कलैयामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
राजदेवी सांगितिक समुह कलैयाले राजदेवी मन्दिरको प्राङ्गनमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६ जना महिला सहित ५२ जनाले रक्तदान गरेको रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डेले वताए ।
निरज नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव, प्रभु बैंक कलैयाका प्रबन्धक चन्दन प्रसाद, गोपाल सेवा समितिका अध्यक्ष जंगबहादुर यादव, राजदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिव्यनाथ श्रेष्ठ लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन सविन सिगदेलले गरेका थिए ।
ह्युमपाइप दुर्घटना प्रकरण : गृह मन्त्रालयद्वारा छानबिनको निर्देशन
वीरगंज, २७ असोज ।
वीरगंज महानगरपालिकाको विपी उद्यानस्थित रातो बङ्गलामा राखिएको ह्युमपाइप घटनामा एकजना बालकको ज्यान गएको र तीनजना बालिका गम्भीर घाइते भएको सन्दर्भमा गृह मन्त्रालयले छानबिनको आदेश दिएको छ ।
ह्युमपाइपमा खेल्नेक्रममा ९ वर्षीय रोहित चौधरीको मृत्यु भएको थियो भने समान उमेरका अनुष्का र अङ्किता चौधरी तथा आयुषा यादव गम्भीर घाइते भएका थिए ।
सांसद प्रदीप यादवले सरोकारवालाहरूलाई ज्ञापन दिएर घटनाको छानबिन गरी दोषीमाथि कारबाई माग गरेकाले गृह मन्त्रालयले छानबिन गर्न निर्देशन दिएको स्रोतले जनाएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले घटना छानबिनका लागि गृह मन्त्रालयको पत्र आएको पुष्टि गरेका छन् ।
यसैबीच, ह्युम पाइप दुर्घटनापछि सरोकारवालाहरूले आप्mनो दायित्वबाट पछि हट्दै एकले अर्कामाथि आरोप–प्रत्यारोप लगाउन थालेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले प्रारम्भिक रिर्पाेटमा घटना भवितव्य भनेको छ ।
कालिका कन्स्ट्रक्सनका व्यवस्थापक ठाकुर ढकालले घटनामा कालिका कन्स्ट्रक्सन दोषी नभएको दाबी गरेका छन् । उनले मझौला शहर एकीकृत वातावरणीय आयोजनाको लागि आपूmसँग एडिबीको सम्झौता भएपछि सम्झौता अनुसार ह्युमपाइप बनाएको र मेयर विजय सरावगीको मौखिक निर्देशनमा रातो बङ्गलामा जेठ महिनामा राखिएको बताए ।
उनले आपूmले विश्वव्यापी मान्यता अनुसार पिरामिड शैलीमा ह््युमपाइप राखेको तर वीरगंज महानगरपालिकाका वरिष्ठ अधिकृत सुमन श्रेष्ठले मेला प्रयोजनमा झुला राख्न समस्या देखाएर पहिले राखेको ह्युमपाइपलाई अन्यत्र हटाइएपछि त्यस ह्युमपाइपमा चढेका बालबालिकाहरू दुर्घटनाको शिकार भएको बताए ।
यता मेयर सरावगीले आप्mनो आदेशमा ह्युमपाइप त्यहाँ राखिएको स्वीकारेका छन् । कालिकाले एडिबीको आयोजनाको लागि निर्माण गरेको ह्युमपाइप राख्नको लागि स्थान दिएको तर बिनाइजाजत झुला राख्ने काम गरिंदा सो घटना भएको मेयर सरावगीले बताए ।
उनले आपूmले माँ वैष्णव गुफाको लागि मात्र इजाजत दिएकोमा सो स्थानमा जिल्ला प्रशासन कार्यालयको स्वीकृतिमा झुला राखिएको बताए । मेयर सरावगीले झुला राख्न इजाजत प्रदान नगरेको तर जिप्रकाको इजाजत लिएर महानगरपालिकाको जग्गामा गैरकानूनी तरिकाबाट झुला सञ्चालन गरिएको उनले बताए ।
मेयर सरावगीले महानगरपालिकामा लाग्ने सबै खाले मेलाको स्वीकृति महानगरबाट लिनुपर्नेमा विपी उद्यानको घण्टाघरतर्पm सञ्चालित दशैं मेलाले स्वीकृति लिएको तर रातो बङ्गलातर्पm केवल माँ वैष्णवको गुफाको लागि मात्र इजाजत दिएको प्रस्ट्याए ।
यता प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले महानगरपालिकालाई शुल्क बुझाएको रसिद हेरेर मात्र आपूmले रातो बङ्गलामा झुला राख्न स्वीकृति दिएको दाबी गरेका छन् ।
रमाइलो कुरा त के छ भने घटनामा छानबिनको दायरामा पर्ने जिल्ला प्रशासन कार्यालयलाई नै गृह मन्त्रालयले छानबिन गरेर प्रतिवेदन पेश गर्न भनेको छ । जसले गर्दा छानबिन समितिको निष्पक्षतामाथि प्रश्नचिह्न खडा गरेको छ । प्रतिक
पर्साको ग्रामिण भेगमा दशै सुरुवात संगै जुवातास पनि सुरु
कास/वीरगंज, २६ असोज ।
हिन्दुहरुको महान चाडपर्व वडा दशै शुरुवात संगै पर्साको ग्रामिण भेगमा जुवातास र गोटी खेलले ब्यापक्ता पाएको छ । हरेक बर्ष जिल्ला प्रशासन तथा ईलाका प्रहरी कार्यालयहरुले हरेक गाउँ तथा वडाहरुमा जुवातास नखेल्न माईकिंग गर्ने गथ्र्थाे तर यस बर्ष प्रहरी प्रशासनबाट गाउँघरमा यस्तो संन्देश नजादा ग्रामिण भेगमा जुवातासको बन्देज नहोला भने भ्रम सृजना भएको छ ।
पर्साको ग्रामिण भेगको सार्वजनिक ठाउँमा नै जुवातास बिहान र रातीको समयमा खुल्याम रुपमा हुने गरेको स्थानियहरुले बताएका छन । बिहान, बेलुकी र राती प्रहरीले गस्ती नगरे पछि खुल्याम रुपमा सार्वजिन स्थलमा नै जुवातास हुने गरेको स्थानियहरुको भनाई छ । जुवातास खेल्नमा प्राय ११ बर्ष देखी ४० बर्षका युवाहरुको संख्या बढी मात्रामा रहेको देखिएको छ ।
यता कालिकामाई गाउँपालिकाको वडा नं. ५ स्थित रहेको ईलाका प्रहरी कार्यालय बिरन्चीवर्वाले सोही गाउँपालिकाको वडा नम्बर १ मुडलीमा दिउसो ४ बजे ८ बर्ष देखी १६ बर्ष उमेरका दर्जनौ बालबालिकाहरुलाई जुवा खेलिरहेको अवस्थामा लखेटेको छ । प्रहरीले बालबालिकाहरुले खेली रहेको झन्डामुन्डा स्थलको केही पैसा, गोटी र खेल खेलाउने डब्बाहरु नियन्त्रणमा लिएको छ ।
यस बिषयमा प्रहरी प्रशासन मौन रहयो भने जुवातासले दिपावली सम्म ब्यापक रुपमा बिस्तार भई जाने स्थानिय अगुवाहरुले वताएका छन ।
७० के.जी. लागु औषध गांजा धुलो र चरेश सहित २ जना पक्राउ
वीरगंज, २६ असोज ।
पर्सा प्रहरीले लागु औषध गाँजा धुलो ४८ के.जी. र चरेश २१ के.जी. सहित २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र प्रहरी चौकी रंगपुरटाँडीबाट खटेको संयुक्त प्रहरी गस्ति टोलीले पटेर्वा सुगौली गाउँपालिकाको वडा नं. १, गदियानीबाट २ जना तस्कर सहित ठुलो परिमाणमा लागु औषध गाँजा धुलो र चरेश पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला मकवानपुर मनहरी गाउँपालिका वडा नं. ७ बस्ने चलान सिंहको छोरा अं. बर्ष ५५ का बिर बहादुर मोक्तान र सर्खेत पलासी गाउँपालिका वडा नं. २ बस्ने रामलाल स्याङतानको छोरा अं. बर्ष ४४ को सुर्य बहादुर स्याङतान रहेको प्रहरीले जनाएको छ ।
विहान करिब साढे ४ बजेको समयमा पटेर्वा गदियानीको पश्च्मि जंगल तिरबाट पुर्ब तर्फ ८/९ जना पुरुष व्यक्तिहरु टाउकोमा नाम्लोको भारी लगाई ढाड्रमा बोरा भरी आइरहेको अवस्थामा देखी निजहरुलाई रोक्न लाग्दा अन्य व्यक्तिहरु बोकी ल्याएको बोरा फाली फरारमा भएको र २ जनालाई मात्र प्रहरी गस्ती टोलीले पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय, पर्साले आज पत्रकार सम्मेलनको आयोजना गरि जनाएको छ ।
चाडपर्वको फाईदा उठाई लागु औषध तस्करहरुले मकवानपु तिरबाट लागु औषध चरेश समेत ओसार पोसार गरि ल्याइरहेका छन भने बिशेष सुचनाको अधारमा खोजतलाश गर्दै जादा पक्राउ गरिएको पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक रेवती ढकालले वताए ।
नेपाल टे्डयुनियनको अायाेजनामा बिजया दशमी, दिपावली तथ छठ पर्वको शुभकामना आदानप्रदान
वीरगंज, २६ असाेज ।
नेपाल टे्डयुनियन काङ्ग्रेस पर्साकाे अायाेजनामा आज बिजया दशमी, दिपावली, छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली काङ्ग्रेस को केन्द्रिय सदस्य अजय कुमार चौरसियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस पर्साका सभापति अजय कुमार दुबेदी ,प्रदेश सभासद तथा उधोग बाणिज्य संघ बिरगंजका अध्यक्ष ओम प्रकाश शर्मा ,प्रदेश सभासद रजेश्वर साह, शंकर चौधरी, शिक्षक सङको केन्द्रिय सदस्य महेन्द्र प्रसाद चौधरी , बिरगंज महानगर पालिकाकी उपमेयर शान्ति कार्की , नेपाल टे्डयुनियन काङ्ग्रेस केन्द्रिय सदस्य माधव प्रसाद उपाध्याय ,प्रदेश 2 को अध्यक्ष लक्ष्मन प्रसाद कुर्मी ,श्रम कार्यालय पर्सा प्रमुख कृष्ण यादव लगायतकाको सहभागीता रहेको थियाे ।
नेपाल टे्ड युनियन पर्साका अध्यक्ष छोटेेेलाल प्रसाद साहको अध्यक्षतामा भएकाे कार्ययक्रमको संचालन सचिव हरेन्द्र महतो तथा स्वागत उपाध्यक्ष अशोक साहले गर्नु भएको थियो ।
मधेस आन्दोलनका सहिद उमेश कापरको छोरालाई प्रदेश सरकारले दिए जागिर
महोत्तरी, २६ असोज ।
मधेश को तेस्रो मधेश आन्दोलनका शहीदका छोरालाई प्रदेश २ को सरकारले नियुक्ति दिएको छ । शहीद उमेश कापरका छोरा राजकुमार कापरलाई प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कार्यालय सहयोगीको रुपमा मन्त्री रामनरेश रायले नियुक्त गरेका हुन् ।
महोत्तरीको मनरासिसवा–८ का राजकुमारलाई बिहीबार मन्त्री रायले नियुक्तिपत्र दिएका हुन् । प्रदेशसभा सदस्य रानी शर्मा तिवारीको विशेष पहलमा शहीद कापरका छोराको शैक्षिक योग्यताको आधारमा मन्त्रालयमा नियुक्ति दिइएको हो
ड्राइपोर्ट–तिलावे सडकको समस्या समधानको लागि नेवि संघ द्वारा प्रजिअको ध्यानाकर्षण
राहुल गुप्ता ।
वीरगंज, २५ असोज ।
हुलाकी सडक अन्तर्गत ड्राइपोर्ट देखी तिलावे पुल सम्मको सडक धुलो मै भएको प्रति नेवि संघले आज प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलको ध्यान आकर्षण गराएको छ ।
बाटो निर्माणको जिम्मा पाएका पप्पु कन्स्ट्रक्सन प्रालिको लपर्वाहीका कारण लामो समय देखी पर्साका जिल्लाका जनताहरु धुलो मै यात्रा गर्न बाध्य भएकोले समस्यालाई मध्यनजर गर्दै नेवि संघ क्षेत्रिय समितिहरुले प्रजिअ पौडेलको ध्यान आक्रर्षण गराएका हुन ।
नेवि संघ पर्सा क्षेत्र नं. २ का सभापति रञ्जीत पटेल, ३ का सभापति चन्दन सहनी र ४ का सभापति विकास तिवारी द्वारा हस्ताक्षरित ज्ञापन पत्र जिल्ला प्रशास कार्यालय, पर्सा मै पुगी विद्यार्थी नेताहरुले बुझाइएका थिए ।
बाटो धुलो मै भएका कारण पर्सा क्षेत्र १ देखी ४ सम्म जोडने मुख्य सडक खण्ड भएर यात्र गर्ने दिनहु १००० औं जनताहरुको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेकोले तुरुन्त छानवि गरि समस्या समाधान गर्नु पर्ने नत्र हामी आन्दोन गर्ने बाध्य हुने छौं नेवि संघले ज्ञापन पत्र मार्फत चेतावनी समेत दिएको छ ।
१० प्लस २ बनाउन मांग गर्दै कालिकामाई गाउँ कार्यपालिकाको कार्यालय घेराउ
वीरगंज, २५ असोज ।
कालिकामाई गाउँपालिकाको वडा नं. २, भेडिहारीमा रहेको श्री सुकई साह माध्यमिक विद्यालयलाई प्लस २ बनाउन मांग गर्दै गाउँ कार्यपालिकाको कार्यालय बिहिबार घेराउ गरिएको छ । १० प्लस २ को अनुमति दिलाउन गठित संघर्ष समितिले कालिकामाई गाउँ कार्यपालिकाको कार्यालय मुडली अगाडी दिन भरी धर्ना दिएको हो ।
गाउँ कार्यपालिकाले श्री सुकई साह माध्यमिक विद्यालयलाई १० प्लस २ संचालनको लागि अनुमति नदिएका कारण गाउँ कार्यपालिको कार्यालय घेराउ गरिएको संघर्ष समितिले जनाएको छ । विद्यालयलाई प्लस २ बनाउन अनुमति दिन गाउँपालिकालाई मौखिक र लिखित रुपमा आग्रह गर्दा पनि अनुमति नदिएकोले दबाव स्वरुप गाउँ कार्यपालिको कार्यालय घेराउ गरिएको संघर्ष समितिका ताजिन्द्र साहले वताए ।
हामी कार्यपालिकाको कार्यालय अगाडी धर्ना दिदा भित्र बोर्ड बैठक चलिरहेको थियो त्यही भएर आज विद्यालयलाई प्लस २ संचालनको लागि अनुमति दिने निर्णय हुन्छ भने हामी आशाबादी थियौं तर त्यसो हुन नसके पछि निराश भई घर फर्किएको साहले वताए ।
स्थानिय गैर सरकारी संस्था ब्रिलिएन्ट युवा क्लबको अगुवाईमा विद्यालयलाई प्लस २ बनाउन २ महिना देखी विभिन्न कार्यक्रम हुदै आएको छ । गाउँपालिकाको जेठो माध्यमिक विद्यालयको रुपमा रहेको विद्यालयलाई प्लस २ बनाउन अन्तरक्रिया कार्यक्रम, हस्ताक्षर अभियान संचालन गरिएको थियो ।
यस्तै गाउँपालिकालाई ज्ञापन पत्र समेत बुझाइए पनि विद्यालय प्लस २ संचालनको लागि अनुमति पाउन नसकेका कारण संघर्ष समितिको बुधबार बसेको निर्णय अनुसार गाउँ कार्यपालिका कार्यालय घेराउ गरिएको हो ।
गाउँ कार्यपालिका घेराउ कार्यक्रममा ब्रिलिएन्ट युवा क्लबका कार्यक्रम प्रमुख छठु साह, स्थानिय अगुवा ताजिन्द्र साह, जमुना चौरसिया, लालबाबु चौरसिया, रामबालक महतो कोइरी, चन्द्रिका राम, रामाधार साह तेली, सुबाष कुशवाहा, श्यामनारायण साह, आरस खाँ लगायतकाको उपस्थिती रहेको थियो ।
यता आज सम्बन्धीत वडा कार्यालयले विद्यलायलाई १० प्लस २ बनाउन गाउँ कार्यपालिकालाई सिफारिस गरेको छ । वडा नं. २ का वडा अध्यक्ष सोनालाल चौरसियाले संघर्ष समितिको दबावमा आएर विद्यालाई प्लस २ बनाउन सिफारिस गर्नु भएको वताइएको छ ।












