Date
बुध, असार ४, २०८२
Wed, June 18, 2025

१० प्लस २ बनाउन मांग गर्दै कालिकामाई गाउँ कार्यपालिकाको कार्यालय घेराउ

वीरगंज, २५ असोज ।
कालिकामाई गाउँपालिकाको वडा नं. २, भेडिहारीमा रहेको श्री सुकई साह माध्यमिक विद्यालयलाई प्लस २ बनाउन मांग गर्दै गाउँ कार्यपालिकाको कार्यालय बिहिबार घेराउ गरिएको छ । १० प्लस २ को अनुमति दिलाउन गठित संघर्ष समितिले कालिकामाई गाउँ कार्यपालिकाको कार्यालय मुडली अगाडी दिन भरी धर्ना दिएको हो ।

- Advertisement -

गाउँ कार्यपालिकाले श्री सुकई साह माध्यमिक विद्यालयलाई १० प्लस २ संचालनको लागि अनुमति नदिएका कारण गाउँ कार्यपालिको कार्यालय घेराउ गरिएको संघर्ष समितिले जनाएको छ । विद्यालयलाई प्लस २ बनाउन अनुमति दिन गाउँपालिकालाई मौखिक र लिखित रुपमा आग्रह गर्दा पनि अनुमति नदिएकोले दबाव स्वरुप गाउँ कार्यपालिको कार्यालय घेराउ गरिएको संघर्ष समितिका ताजिन्द्र साहले वताए ।

हामी कार्यपालिकाको कार्यालय अगाडी धर्ना दिदा भित्र बोर्ड बैठक चलिरहेको थियो त्यही भएर आज विद्यालयलाई प्लस २ संचालनको लागि अनुमति दिने निर्णय हुन्छ भने हामी आशाबादी थियौं तर त्यसो हुन नसके पछि निराश भई घर फर्किएको साहले वताए ।

स्थानिय गैर सरकारी संस्था ब्रिलिएन्ट युवा क्लबको अगुवाईमा विद्यालयलाई प्लस २ बनाउन २ महिना देखी विभिन्न कार्यक्रम हुदै आएको छ । गाउँपालिकाको जेठो माध्यमिक विद्यालयको रुपमा रहेको विद्यालयलाई प्लस २ बनाउन अन्तरक्रिया कार्यक्रम, हस्ताक्षर अभियान संचालन गरिएको थियो ।

यस्तै गाउँपालिकालाई ज्ञापन पत्र समेत बुझाइए पनि विद्यालय प्लस २ संचालनको लागि अनुमति पाउन नसकेका कारण संघर्ष समितिको बुधबार बसेको निर्णय अनुसार गाउँ कार्यपालिका कार्यालय घेराउ गरिएको हो ।

गाउँ कार्यपालिका घेराउ कार्यक्रममा ब्रिलिएन्ट युवा क्लबका कार्यक्रम प्रमुख छठु साह, स्थानिय अगुवा ताजिन्द्र साह, जमुना चौरसिया, लालबाबु चौरसिया, रामबालक महतो कोइरी, चन्द्रिका राम, रामाधार साह तेली, सुबाष कुशवाहा, श्यामनारायण साह, आरस खाँ लगायतकाको उपस्थिती रहेको थियो ।

यता आज सम्बन्धीत वडा कार्यालयले विद्यलायलाई १० प्लस २ बनाउन गाउँ कार्यपालिकालाई सिफारिस गरेको छ । वडा नं. २ का वडा अध्यक्ष सोनालाल चौरसियाले संघर्ष समितिको दबावमा आएर विद्यालाई प्लस २ बनाउन सिफारिस गर्नु भएको वताइएको छ ।

ताजा अपडेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नबिल बैंककर्मी सन्तोष साहद्वारा सडक दुर्घटनाबाट दुई युवाको साहसी उद्धार

बारा | नबिल बैंक लिमिटेडमा कार्यरत कर्मचारी सन्तोष कुमार साहले बाराको नितनपुरमा भएको एक गम्भीर सडक दुर्घटनामा घाइते भएका दुई युवाको साहसी र तत्काल...

संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न माग

काठमाडौं । मधेशी अधिकृत समाज, नेपालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी...

वडाअध्यक्ष स्वर्णकारद्वारा रक्तसञ्चार केन्द्र वीरगंजलाई एसी हस्तान्तरण

वीरगंज । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाअन्तर्गत सञ्चालनमा रहेको रक्तसञ्चार केन्द्र, वीरगञ्जलाई वडानम्बर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार नेतृत्वको वडा समितिले एसी (एयर...