Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
Home Blog Page 1177

भाेजपुरी नेपाली स्टार नाईट कार्यक्रममा नृत्य गर्दै भोजपुरी स्टारहरु

0

वीरगंजकाे आदर्शनगर रंगशालामा विहिबार अायाेजित भाेजपुरी नेपाली स्टार नाईट कार्यक्रममा नृत्य गर्दै भोजपुरी स्टारहरु खेशारी लाल यादव, अम्रपालीी दुबे र काजल राधवनी । तस्बिर : प्रणय साह

हेडपी नेपालले १०० अाैं संग लाखाै रूपया ठगे, ठगिएका आक्रोसित दर्शकहरुले गरे तोडफोड

0

कास/वीरगंज, १ कात्तिक ।

हेडपी नेपालले अाज वीरगंजकाे अादर्शनगर रंंगशालामा अायाेजना गरेकाे भाेजपुरी नेपाली स्टार नाईट कार्यक्रममा तोडफोड भएको छ । कार्यक्रमका मुख्य कलाकार खेसारीलाल यादवले २ अाेटा गाना मात्र प्रस्तुत गरे पछि कार्यक्रम विशेष कारण बस एहि समाप्त गर्नु परेको वताए पछि आक्रोशित भएका दर्शकहरु तोडफोड गरेका थिए । कार्यक्रम १ घण्टा मै स्थगित भए पछि मंंहगाे दरमा टिकट कटाएर टाढा टाढाबाट अाएकाहरु कार्यक्रम स्थल कैै कुर्ससी  तोडफोड गरेका थिए ।

६०० देखी २५०० सम्मको टिकट कटाएर आएका पर्सा, बारा, रौतहट र भारत बिहारका १०० अाैं जनताहरू आयाेजकलाई गाली गलाैज गर्दै घर फरकेका छ्न । ३ बजे देखि हुने भनिएको कार्यक्रम ६ बजे देखि सुरु भएको थियो ।

कार्यक्रमका मुख्य कलाकार खेशारी लाल यादव, अम्रपाली दुबे र काजल राघवनी नआउने बिहिबार दिन भरी हल्ला चल्ले पनि राती ६ बजे कार्यक्रम स्थल पुगेका थिए । रु २५ सय तिरी रौतहटबाट कार्यक्रम हेर्न वीरगंज पुगेका राजिव कुमारकुमारले भने ३ बजे देखि ९ बजे सम्म कार्यक्रम हुने हामीलाई भनिएको थियो तर यो त एक घन्टा मै कार्यकम समाप्त गरेर हामीहामीलाई आयोजकले ठगेकाे छ ।

यस्तै अर्का एक दर्शक रु १५०० को टिकट किनेर कार्यक्रम हेर्न आएका बारा जिल्लाका सुरेन्द्र यादवले आयोजक प्रती आक्रोश पोख्दै भने हामी ठगिएका छौ । हामी संग धाेका भएकाे छ ।

ई त मत्र उधारण हुन यस्तै १५०० देखि २००० जनताहरु टिकट किनेका थिए ती सबै निराश भएर घर फर्केका छ्न । यता कार्यक्रम आयोजनाहरु गरेकाहरु हेडपी नेपालका पदाधिकारीहरु लाखौं रुपया कमाई बिदेश भ्रमणमा जान लागेको बुझिएको छ । उनिहरु कात्तिक ५ गते नै कनेडा भ्रमणमा जान लागेको बुझिएको छ ।

 

माछा मार्न पानी खन्याउदै

0

कालिकामाई गाउँपालिकाको वडा नं. २, गदियानीमा माछा मार्न खाल्डोखाल्डोको पानी खन्याउदै । तस्बिर : कालिका टाइम्स

वीरगंजकाे माईस्थान मन्दिरमा पुजा गर्दै भक्तजनहरु

0

वीरगंजकाे माईस्थान मन्दिरमा फुलपातिको दिन पुजापाठ गर्दै महिला भक्तजनहरु । तस्बिर : प्रणय साह

भारतिय एस.एस.बि. द्वारा चार केजी चरस सहित युवक पक्राउ

0

राजन कुमार बानिया  ।

पाेखरिया, ३१ असाेज ।

भारतको सिमावर्ती पुरैनिया गाउँको नजिक बाट सिकटा एसएसबी का जवानहरुले मोटरसाइकल चेक जाँचको क्रम मा चार केजी चरस सहित एक जनालाई पक्राउ गरेको छ।

एसएसबीले दिएको जानकारी अनुसार पक्राउ  पर्नेमा बिहार सिकटा थाना क्षेत्रको शिकारपुर गाउँ निवासी रामबाबु प्रसादको ३०वर्षिय छोरा चन्दन कुमार रहेका छन । निजलाई भारतिय नं. बि अार २२ ए ४४७९ मोटरसाइकल र  चरस सहित  पक्राउ गरिएको भारतिय एस.एस.बि.ले जनाएको छ ।

चन्दन कुमारले पटेर्वासुगौली गाउँबाट मोटरसाइकलमा चार केजी चरस सेटिंग गरी लक्षमीपुर सबैठवा नाका भएर भारत तर्फ लगि रहेको अवस्थामा सोमबार रातीमा एसएसबीका कमाण्डर सुमित कुमारको नेतृत्वमा रहेको टोलीले चेकजाच गरेपछी सो मोटरसाइकलमा रहेको चरस पक्रउ गरेकोको हो ।

मोटर साईकल पछाडि बसेका एकजना एसएसबी जवान लाई हेरी नेपाल तरफ भागन सफल भएको र पक्राउ परेका मान्छे, चरस र मोबाइललाई अावश्यक कार्वाहीको लागि सिकटा थानामा बुझाएको पंटोका एसएसबी कमाण्डेड पिर्यबर्थ शर्माले बताए ।

माता दुर्गाको आशिर्वादले अपराध नियन्त्रण गर्न सफल : प्रहरी उपरिक्षक ढकाल

0

बीरगंज ३० असोज ।
इलाका प्रहरी कार्यालय सेढवा पर्सामा निर्मित दुर्गा मन्दिरको आज एक समारोहका विच पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले उद्घाटन गर्नु भएको छ ।

बडा दशैंको अवसरमा आयोजित दुर्गा मन्दिर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरिक्षक ढकालले माता दुर्गाको आशिर्वादले पर्सामा अपराध नियन्त्रण गर्न प्रहरी सफल भएकोबताउनु भयो ।

सो अवसरमा उहांले प्रहरीको एकलो प्रयासले मात्र अपराध नियन्त्रण नहुने बताउदै स्थानिय वासिन्दाको सहयोग र समर्थन रहे प्रहरीले शान्ति सुरक्षा र अमन चयन कायम राख्ने अभियानमा सफता पाउने बताउनु भयो ।

हाल पर्सा प्रहरी अपराध नियन्त्रण संगै समाज सुधारका गतिविधिमा समेत अगाडी बढेको बताउदै समृद्ध समाज निर्माणका लागि सबै पक्षसंग हातेमालो गर्दै प्रहरी अगाडी बढने कुरामा जोड दिनुभयो ।

आज फुलपाति अर्थात वीरगंज मेला, हेर्नु होस फोटोफिचर

0

कास/वीरगंज, ३० असोज ।
वीरगंज मेला आज देखी सुरु भएको छ । वीरगंजमा प्रत्यक बर्ष फुलपातीको दिन देखी लाग्ने मेला यस बर्ष पनि आज फुलपाती भित्रिय संगै मेलाको औपचारिक रुपमा शुभारम्भ भएको हो ।

विहान साढे ९ बजे वीरगंजका मालपोत कार्यालयमा रहेको मन्दिरबाट, शसस्त्र प्रहरी व्यारकबाट तथा नेपाली सेनाको व्यारकाबाट फुलपातीको डोली निस्केको थियो । डोली गहवामाई मन्दिरमा पुगी प्रत्यक बर्ष झै यस बर्ष पनि विधिगत पुजापाठ गरीए पछि मेलाको औपचारिक रुपमा सुभारम्भ भएको हो ।

माइस्थान मन्दिरमा भएको फुलपातीको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेल, वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक रेवती ढकाल लगायतकाको उपस्थिती रहेको थियो ।

फोटोफिचर, तस्बिर : प्रणय साह

मधेश आन्दोलनका घाइते मुन्सी पटेललाई ह्वील चेयर सहयोग

0

प्रणय साह ।
वीरगंज, ३० असोज ।  मधेश आन्दोलनका घाइते मुन्सी पटेललाई हिन्दु स्वम्सेवक संघ नेपालले ह्युल चेयर सहयोग गरेको छ । वीरगंज महानगरपालिकाको वडा नं. २८, बगही स्थित रहेको पटेलको घर मै पुगी स्वम् संघले सहयोग गरेको ह्युल चेयर एक कार्यक्रमको बिच हस्तान्तरण गरिएको छ ।

जनकपुर असहाय मंचका अध्यक्ष तथा बरिष्ठ समाजसेवी बैधनाथ साह र सामाजिक अभियान्ता प्रकाश थारुको पहलमा संघले सहयोग गरेको ह्युल चेयर पटेलको घर मै पुगी हस्ताक्षरण गरिएको हो । स्थानिय ज्ञानालाल राउत, कृष्ण पटेल, कलाकार अजमत अली र पत्रकार विपिन साहको उपस्थितीमा सामाजिक अभियान्ता थारुले घाइते पटेलाई ह्युल चेयर हस्तान्तरण गर्नु भयो ।

आगलागीमा ६ लाख मुल्य बराबरको क्षति

0
सांकेतिक फाइल तस्बिर

बारा ,२९ असोज ।
बाराको परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरीमा एक घरमा आगलागी भएको छ । आगलागीमा स्थानीय रामपृत पासवानको घर जलेर नष्ट भएको हो । आगलागीमा ६ लाख मुल्य बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी रञ्जित सिंह राठौरले जानकारी दिनुभयो । राति एक्कासी आगलागी हुँदा घरमा रहेको नगद ३ लाख, गरगहना, लत्ता कपडा गरी ६ लाख मुल्य बराबरको क्षति भएको पीडित परिवारले दावी गरेका छन् । राति भएको आगालागी स्थानीय बासिन्दा र गण्डक प्रहरी चाकीका प्रहरी मिलेर नियन्त्रणमा लिएको स्थानीय सञ्जु साहले बताउनुभयो ।

सिके राउतका २८ जना समर्थक वीरगंजबाट पक्राउ

0

वीरगंज, २९ असोज/
राजद्रोहका मुद्दा खेपिरहेका सिके राउतका २८ जना समर्थकलाई अाइतबार वीरगंजबाट पक्राउ गरिएको छ ।
उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजमा पेशीको क्रममा दिउँसो १ बजे भएको प्रदर्शनमा समर्थकलाई पक्राउ गरी जिल्ला प्रहरी कर्याालयको हिरासतमा राखिएको पर्सा प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा प्रदेश २ का पर्सा, बारा, रौतहट, महोत्तरी, धनुषा, सप्तरीलगायत जिल्लाका ४ महिला र २० पुरुष छन् । उनीहरूलाई सार्वजनिक मुद्दा अनुसार कारबाई हुने प्रहरीले जनाएको छ ।
यसैबीच रौतहटबाट असोज २१ गते पक्राउ परेका राउतको विषयमा बहस भएको छ । राउतलाई प्रहरीले रौतहट अदालत परिसरमा हाजिर भएको बेला पक्राउ गरी हिरासतमा राखी राज्यले देशद्रोहको मुद्दा चलाएको छ ।

राउतका अधिवक्ताहरूले कानूनविपरीत र मानव अधिकार उल्लङ्घन भएको भन्दै बन्दी प्रत्यक्षीकरण मुद्दा उच्च अदालतमा दायर गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहट र नेपाल प्रहरीलाई विपक्षी बनाई हालिएको मुद्दाको सवालमा आज उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजको १ नं इजलासका प्रमुख न्यायाधीश डिल्लीराज अचार्यले राउत विरुद्ध चलेको मुद्दाको सकल फाइल तथा हालसम्मको नजीर र प्रमाण प्रतिलिपि पेश गर्नेगरी कात्तिक १ गते बिहान ११ बजेदेखि बहस हुने आदेश गरेको छ ।

राउतले मधेस गठबन्धन जिन्दाबाद, सबैलाई आजादी चाहियो, स्वतन्त्र मधेस र मधेस खाली गर भन्ने नारा लगाएको भिडियोको आधारमा देशद्रोहको मुद्दा दायर भएको प्रहरीले जनाएको छ ।

असोज २१ गते सिके राउतसँगै अन्य चारजना गरी कुल पाँचजना पक्राउ परेका थिए । राउतको तर्फबाट बहस गर्नेमा अधिवक्ता रामनारायण कुर्मी, वीरेन्द्रप्रसाद यादव र लालबाबू यादव रहेका थिए ।