Date
आइत, मंसिर १३, २०८३
Sun, November 29, 2026

दशौँ राष्ट्रिय खेलकुदमा साहेब गिरीलाई कास्य पदक, बढाए मधेश र पर्साको गौरव

spot_img
spot_img

वीरगंज । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशमा आयोजित प्रतियोगितामा मधेश प्रदेशका खेलाडी साहेब गिरीले कास्य पदक जित्न सफल भएका छन् ।

७५ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका गिरीले उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थान हासिल गरी कास्य पदक (Bronze Medal) जितेका हुन् ।

वीरगंजस्थित मसल बैंक जिम क्लब (Muscle Bank Gym Club) मा प्रशिक्षण लिँदै आएका गिरीले राष्ट्रियस्तरको प्रतियोगितामा पदक जित्दै आफ्नो खेलकौशल प्रदर्शन गरेका छन् । उनको यस सफलताले मधेश प्रदेशसँगै पर्सा जिल्लाको गौरव बढाएको छ ।

निरन्तर मेहनत, अनुशासन, लगनशीलता र खेलप्रतिको समर्पणका कारण गिरीले यो उपलब्धि हासिल गर्न सफल भएका हुन् । उनको सफलताले जिल्लाका अन्य खेलाडीलाई समेत राष्ट्रियस्तरमा अघि बढ्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

महागढीमाईका मेयर यादवसहित मधेशका १५ नगरप्रमुख आगामी चुनावमा उम्मेदवार बन्न नपाउने

वीरगञ्ज । बाराको महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रप्रसाद यादव आगामी २०८३ सालमा हुने स्थानीय तह निर्वाचनमा पुनः मेयर पदमा उम्मेदवार बन्न नपाउने भएका छन्। संविधानले...

वीरगञ्जमा तीनदिने उद्यमशीलता विकास तालिम सञ्चालन

वीरगञ्ज । युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्दै स्वरोजगारका अवसर सिर्जना गर्ने उद्देश्यले वीरगञ्जमा तीनदिने उद्यमशीलता विकास तालिम सञ्चालन भइरहेको छ। ‘उद्यमशाला परियोजना (युथ एक्सेलेरेसन प्रोग्राम)’ अन्तर्गत...

पर्साका सिडिओ भोला दाहालको सरुवा, नयाँ सिडिओमा एकदेव अधिकारी

वीरगंज । गृह मन्त्रालयले पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भोला दाहाललाई गृह मन्त्रालय, सिंहदरबारमा सरुवा गरेको छ । उनको स्थानमा गृह मन्त्रालयमा कार्यरत सहसचिव...