Date
आइत, मंसिर १३, २०८३
Sun, November 29, 2026

महागढीमाईका मेयर यादवसहित मधेशका १५ नगरप्रमुख आगामी चुनावमा उम्मेदवार बन्न नपाउने

spot_img
spot_img

वीरगञ्ज । बाराको महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रप्रसाद यादव आगामी २०८३ सालमा हुने स्थानीय तह निर्वाचनमा पुनः मेयर पदमा उम्मेदवार बन्न नपाउने भएका छन्। संविधानले स्थानीय तहका प्रमुख पदमा दुई कार्यकालभन्दा बढी निर्वाचित हुन रोक लगाएपछि यादवसहित देशभरका ५३ जना नगरप्रमुख आगामी निर्वाचनमा सोही पदको प्रतिस्पर्धाबाट बाहिरिने भएका हुन्।

नेपालको संविधानको धारा २१५ को उपधारा (७) र धारा २१६ को उपधारा (७) मा गाउँपालिका अध्यक्ष तथा नगरपालिका प्रमुख पदमा दुई कार्यकाल निर्वाचित भइसकेको व्यक्ति पुनः सोही पदमा उम्मेदवार हुन नपाउने व्यवस्था छ। यही संवैधानिक प्रावधानका कारण महागढीमाईका नगरप्रमुख यादव पुनः मेयरमा प्रतिस्पर्धा गर्नबाट वञ्चित हुने भएका हुन्।

संघीयताका जानकार अधिवक्ता रमेश काफ्लेका अनुसार संविधानले दुई कार्यकाल लगातार पूरा गरेको हुनुपर्ने सर्त राखेको छैन। बीचमा एक कार्यकाल विश्राम लिएर पुनः निर्वाचित भएको अवस्थामा पनि दुई कार्यकालको सीमा पूरा भएको मानिने उहाँको भनाइ छ।

नेपालमा अहिलेसम्म दुईपटक मात्रै स्थानीय तह निर्वाचन भएकाले दुवै निर्वाचनमा निर्वाचित भएका नगरप्रमुखले आगामी निर्वाचनमा सोही पदमा उम्मेदवारी दिन नपाउने काफ्लेको बुझाइ छ।

प्रदेशगत विवरणअनुसार आगामी निर्वाचनमा सबैभन्दा बढी मधेश प्रदेशका १५ जना नगरप्रमुख पुनः मेयर पदमा उम्मेदवार बन्न पाउने छैनन्। त्यस्तै, बागमतीका १२, कोशीका १०, लुम्बिनीका ६, गण्डकीका ५, सुदूरपश्चिमका ३ र कर्णालीका २ जना नगरप्रमुख दुई कार्यकाल पूरा गरेका कारण प्रतिस्पर्धाबाट बाहिरिनेछन्।

मधेश प्रदेशका १५ नगरप्रमुखमध्ये सप्तरीको बोदेबरसाइनका आतेशकुमार सिंह, सिरहाको मिर्चैयाका श्रवणकुमार यादव र सुखीपुरका रामऔतार यादव रहेका छन्।

त्यस्तै, धनुषाको विदेहका बेचन दास तत्मा र धनुषाधामका बालेश्वर मण्डल, महोत्तरीको भंगाहाका सञ्जीवकुमार साह, मटिहानीका हरिप्रसाद मण्डल र लोहारपट्टीका शैलेन्द्रकुमार यादव पनि आगामी निर्वाचनमा सोही पदमा उम्मेदवार बन्न पाउने छैनन्।

यसैगरी, सर्लाहीको गोडैताका देवेन्द्रकुमार यादव र बागमतीका भरतकुमार थापा, रौतहटको गुजराका सन्तलालप्रसाद चौधरी, गढीमाईका श्यामप्रसाद यादव, परोहका शेख वकिल र मौलापुरकी रीना कुमारी शाह पनि दुई कार्यकाल पूरा गरेका कारण पुनः मेयर पदमा प्रतिस्पर्धा गर्नबाट वञ्चित हुनेछन्।

बाराको महागढीमाईका नगरप्रमुख उपेन्द्रप्रसाद यादव पनि यही सूचीमा परेका छन्।

दुई कार्यकाल स्थानीय तहको नेतृत्व गरिसकेका नगरप्रमुखहरू आगामी निर्वाचनमा सोही पदमा उम्मेदवार बन्न नपाउने भएपछि स्थानीय राजनीतिक वृत्तमा नयाँ नेतृत्व र सम्भावित उम्मेदवारबारे चर्चा सुरु हुने देखिएको छ। यसले स्थानीय तहमा नयाँ नेतृत्वका लागि राजनीतिक दलहरूलाई अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जमा तीनदिने उद्यमशीलता विकास तालिम सञ्चालन

वीरगञ्ज । युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्दै स्वरोजगारका अवसर सिर्जना गर्ने उद्देश्यले वीरगञ्जमा तीनदिने उद्यमशीलता विकास तालिम सञ्चालन भइरहेको छ। ‘उद्यमशाला परियोजना (युथ एक्सेलेरेसन प्रोग्राम)’ अन्तर्गत...

पर्साका सिडिओ भोला दाहालको सरुवा, नयाँ सिडिओमा एकदेव अधिकारी

वीरगंज । गृह मन्त्रालयले पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भोला दाहाललाई गृह मन्त्रालय, सिंहदरबारमा सरुवा गरेको छ । उनको स्थानमा गृह मन्त्रालयमा कार्यरत सहसचिव...

दशौँ राष्ट्रिय खेलकुदमा साहेब गिरीलाई कास्य पदक, बढाए मधेश र पर्साको गौरव

वीरगंज । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशमा आयोजित प्रतियोगितामा मधेश प्रदेशका खेलाडी साहेब गिरीले कास्य पदक जित्न सफल भएका छन् । ७५ केजी तौल...