Date
शुक्र, कार्तिक २०, २०८३
Fri, November 6, 2026

जगरनाथपुरमा कक्षा ११ का ८५ विद्यार्थीलाई कोट र पाइन्ट वितरण

spot_img
spot_img

वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–५ मसिहानीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत ८५ जना विद्यार्थीलाई विद्यालय पोसाकका रूपमा कोट र पाइन्ट वितरण गरिएको छ।

शुक्रबार विद्यालय परिसरमा आयोजित एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले विद्यार्थीहरूलाई कोट र पाइन्ट वितरण गरेका हुन्।

विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहित गर्नुका साथै किशोरकिशोरीमा शिक्षाप्रति आकर्षण बढाएर अध्ययनलाई निरन्तरता दिन प्रेरित गर्ने उद्देश्यले गाउँपालिकाको तर्फबाट पोसाक वितरण गरिएको अध्यक्ष यादवले बताए।

उनले विद्यार्थीहरूलाई शिक्षामा पहुँच बढाउन र अध्ययनप्रति उत्साहित बनाउन गाउँपालिकाले यस्ता कार्यक्रमलाई प्राथमिकता दिएको बताए।

अध्यक्ष यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुस्लिम मियाँ, प्रधानाध्यापक हस्मुदिन राउत गदी, शिक्षक–शिक्षिका, अभिभावक तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सुन्तलाको भन्सार कागजातमा प्रतिबन्धित केरा ढुवानी, वीरगञ्ज भन्सारको जाँचपास प्रणालीमाथि प्रश्न

वीरगञ्ज । सुन्तलाको भन्सार प्रज्ञापनपत्र बनाएर प्रतिबन्धित केरा नेपाल भित्र्याइएको घटना सार्वजनिक भएपछि वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रणाली र भौतिक परीक्षण प्रक्रियामाथि गम्भीर प्रश्न...

वीरगञ्ज बाल सुधार गृहमा बालकमाथि हिंसा, औँला काटिएको परिवारको दाबी

वीरगञ्ज । पर्साको वीरगञ्जस्थित बाल सुधार गृहमा एक बालकको औँला काटिएको घटना सार्वजनिक भएको छ। घटनामा प्रहरी र सुधार गृहमा रहेका अन्य बालकको संलग्नता...

पर्सामा तिहार–छठमा प्रशासनको कडाइ, राति ९ बजेपछि देउसी–भैलो बन्द; पटका र जुवातासमा पूर्ण प्रतिबन्ध

वीरगञ्ज । आसन्न दीपावली (तिहार) तथा छठ पर्वलाई सुरक्षित, शान्तिपूर्ण र मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय पर्साले विभिन्न गतिविधिमा प्रतिबन्ध लगाउँदै सुरक्षा सतर्कता बढाएको...