Date
सोम, कार्तिक १६, २०८३
Mon, November 2, 2026

नेशनल मेडिकल कलेजद्वारा कलैयामा निःशुल्क मुटुरोग स्वास्थ्य शिविर सम्पन्न

spot_img
spot_img

वीरगञ्ज । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको संयुक्त सहकार्यमा बाराको कलैयामा सञ्चालित एकदिने निःशुल्क मुटुरोग स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरबाट २९५ जना स्थानीय नागरिकले मुटुरोगसम्बन्धी विशेषज्ञ स्वास्थ्य परीक्षण तथा निःशुल्क परामर्श सेवा प्राप्त गरेका छन् ।

मुटुरोगको समयमै पहिचान, रोकथाम तथा मुटुको स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले शिविर आयोजना गरिएको हो ।

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, नेशनल हार्ट एन्ड लङ सोसाइटी नेपाल र चेक हार्ट फाउन्डेसनको संयुक्त सहकार्यमा आयोजित शिविरमा नेशनल मेडिकल कलेजका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अच्युतानन्द लाल कर्णले सहभागीहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक परामर्श प्रदान गरेका थिए ।

शिविरमा मुटुरोगसम्बन्धी विशेषज्ञ परामर्शका साथै इकोकार्डियोग्राफी (इको), इलेक्ट्रोकार्डियोग्राम (ईसीजी), मधुमेह तथा उच्च रक्तचापको निःशुल्क परीक्षण सेवा उपलब्ध गराइएको थियो ।

विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका स्थानीय नागरिकलाई आफ्नै क्षेत्रमा मुटुरोगसम्बन्धी परीक्षण तथा परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

गाउँ तथा बस्तीस्तरसम्म गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यसहित नेशनल मेडिकल कलेजले विभिन्न स्थानमा स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने आयोजकले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

रौतहट । रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँ नगदसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहारस्थित मोतिहारी जिल्ला, घोडासन ग्रामका...

वीरगञ्जमा मोटरसाइकल चोरी गरेर भाग्दै गरेका युवक पक्राउ

वीरगञ्ज । वीरगञ्जमा पार्किङ गरी राखिएको मोटरसाइकलको लक तोडी चोरी गरेर भाग्दै गरेका एक युवकलाई प्रहरीले मोटरसाइकलसहित पक्राउ गरेको छ । पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित...

प्रसौनीमा ७ करोड ४७ लाखको लागतमा १० शय्याको अस्पताल उद्घाटन

बारा । बाराको प्रसौनी गाउँपालिकामा निर्माण सम्पन्न भएको १० शय्याको प्राथमिक अस्पताल औपचारिक रूपमा उद्घाटन गरिएको छ। प्रसौनी स्वास्थ्य चौकी परिसरमा आयोजित एक समारोहबीच नवनिर्मित...