Date
सोम, कार्तिक १६, २०८३
Mon, November 2, 2026

वीरगञ्जमा मोटरसाइकल चोरी गरेर भाग्दै गरेका युवक पक्राउ

spot_img
spot_img

वीरगञ्ज । वीरगञ्जमा पार्किङ गरी राखिएको मोटरसाइकलको लक तोडी चोरी गरेर भाग्दै गरेका एक युवकलाई प्रहरीले मोटरसाइकलसहित पक्राउ गरेको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित लिंकरोड सडकखण्डबाट चोरी भएको मोटरसाइकलसहित बाराको निजगढ नगरपालिका–११ का २७ वर्षीय राकेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका ३० वर्षीय विकासकुमार कुशवाहाको नाममा दर्ता रहेको मधेस प्रदेश ०३–०३५ प ७१७५ नम्बरको रातो–कालो रङको २२० सीसीको पल्सर मोटरसाइकल सोमबार बिहान करिब ९ः३० बजे चोरी भएको थियो ।

पार्किङ गरी राखिएको अवस्थामा मोटरसाइकलको लक तोडी चोरी गरिएको सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले खोजतलास सुरु गरेको थियो । सोही क्रममा लिंकरोडबाटै चोरी भएको मोटरसाइकलसहित चौधरीलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

पक्राउ परेका चौधरीलाई प्रहरी हिरासतमा राखिएको छ । घटनाबारे चोरी कसुरसम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

रौतहट । रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँ नगदसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहारस्थित मोतिहारी जिल्ला, घोडासन ग्रामका...

नेशनल मेडिकल कलेजद्वारा कलैयामा निःशुल्क मुटुरोग स्वास्थ्य शिविर सम्पन्न

वीरगञ्ज । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको संयुक्त सहकार्यमा बाराको कलैयामा सञ्चालित एकदिने निःशुल्क मुटुरोग स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरबाट...

प्रसौनीमा ७ करोड ४७ लाखको लागतमा १० शय्याको अस्पताल उद्घाटन

बारा । बाराको प्रसौनी गाउँपालिकामा निर्माण सम्पन्न भएको १० शय्याको प्राथमिक अस्पताल औपचारिक रूपमा उद्घाटन गरिएको छ। प्रसौनी स्वास्थ्य चौकी परिसरमा आयोजित एक समारोहबीच नवनिर्मित...