Date
सोम, कार्तिक १६, २०८३
Mon, November 2, 2026

प्रसौनीमा ७ करोड ४७ लाखको लागतमा १० शय्याको अस्पताल उद्घाटन

spot_img
spot_img

बारा । बाराको प्रसौनी गाउँपालिकामा निर्माण सम्पन्न भएको १० शय्याको प्राथमिक अस्पताल औपचारिक रूपमा उद्घाटन गरिएको छ।

प्रसौनी स्वास्थ्य चौकी परिसरमा आयोजित एक समारोहबीच नवनिर्मित अस्पतालको उद्घाटन गरिएको हो। अस्पताल निर्माणमा कुल ७ करोड ४७ लाख रुपैयाँ खर्च भएको जनाइएको छ।

कार्यक्रमको अध्यक्षता वडा नं. १ का अध्यक्ष लालबाबु मुखियाले गरेका थिए भने प्रमुख अतिथिका रूपमा विनोद प्रसाद जसवाल सहभागी थिए।

कार्यक्रममा वडा नं. २ का अध्यक्ष हृदय साह, वडा नं. ३ का अध्यक्ष छोटेलाल साह, वडा नं. ७ का अध्यक्ष इस्लाम मियाँ तथा गाउँपालिकाका प्रशासकीय अधिकृत पवन केसरीलगायत जनप्रतिनिधि, कार्यपालिका सदस्य, वडा सदस्य र स्थानीय बासिन्दाको उपस्थिति थियो।

१० शय्याको अस्पताल सञ्चालनमा आएसँगै प्रसौनी गाउँपालिका तथा आसपासका क्षेत्रका बासिन्दाले स्थानीय स्तरमै स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ। अस्पताल सञ्चालनले सामान्य उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम गर्नुका साथै स्थानीय स्वास्थ्य सेवाको पहुँच विस्तारमा सहयोग पुग्ने विश्वास लिइएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजद्वारा निःशुल्क मुटुरोग स्वास्थ्य शिविर सम्पन्न

वीरगञ्ज । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको संयुक्त सहकार्यमा बाराको कलैयामा सञ्चालित एकदिने निःशुल्क मुटुरोग स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरबाट...

वीरगञ्जमा मोटरसाइकल चोरी गरेर भाग्दै गरेका युवक पक्राउ

वीरगञ्ज । वीरगञ्जमा पार्किङ गरी राखिएको मोटरसाइकलको लक तोडी चोरी गरेर भाग्दै गरेका एक युवकलाई प्रहरीले मोटरसाइकलसहित पक्राउ गरेको छ । पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित...

मधेस र मधेसीको हकअधिकार कटौती गर्दैछ वर्तमान सरकार : अध्यक्ष सर्राफ

वीरगंज । वीरगंज महानगरपालिका–१६ स्थित इनर्वा दक्षिण टोलमा जनमत पार्टीले टोलस्तरीय दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमलाई सम्बोधन...