Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

spot_img
spot_img

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ।

स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५ वर्षीया छोरी चाँदनी पटेल र भोला पटेलकी १६ वर्षीया छोरी निशा पटेलको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

पोखरीमा डुबेको खबर पाएलगत्तै स्थानीयको सहयोगमा दुवै किशोरीलाई उद्धार गरी तत्काल अस्पताल पुर्‍याइएको थियो। तर, चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।

मृतक दुवै किशोरीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीले जनाएको छ।

जितिया पर्वको व्रत तथा खुसीयाली मनाइरहेका बेला भएको यस दुःखद घटनाले देवताल गाउँपालिका–६ सहित स्थानीय समुदाय शोकमा डुबेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...

लैङ्गिक हिंसापीडितलाई न्यायका लागि आर्थिक सहयोग आवश्यक

वीरगंज । पर्सामा लैङ्गिक हिंसापीडित महिला तथा बालबालिकाको न्यायमा पहुँच सुनिश्चित गर्न आर्थिक सहयोगको व्यवस्था गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। दिब्य विकास स्रोत केन्द्र (डीडीआरसी),...