महोत्तरी । महोत्तरीको जलेश्वरमा गणेशको मूर्ति विसर्जन गर्ने क्रममा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा जलेश्वर नगरपालिका–१० का इन्दल यादवका १५ वर्षीय छोरा लव यादव रहेका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार शुक्रबार राति करिब ८:३० बजे जलेश्वर नगरपालिका–१० स्थित सारीको पोखरीमा गणेशको मूर्ति विसर्जन गर्ने क्रममा लव डुबेका थिए।
पोखरीमा डुबेका लवलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको थियो। तर, अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वरमै राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।








