Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह

spot_img
spot_img

सप्तरी । प्राविधिक सञ्जय साहको गाउँमा खुसियाली आएको छ । भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कमा आएका साह गाउँ पुगेपछि स्थानीय खुसी भएका हुन् । त्रिशूली– ३ ‘ए’ आयोजनाको सुरुङबाट १०औँ दिनमा उद्धार गरिएका सप्तरी तिलाठी कोइलाडीका ३० वर्षीय सञ्जय साह आठ दिनको अस्पताल बसाइपछि शुक्रबार साँझ गाउँ पुगेका थिए ।

बाढीमा परेर नौ दिनसम्म सम्पर्कविहीन रहेको साहलाई १०औँ दिन त्रिशूली ३‘ए’ सुरुङबाट नेपाली सेनाले उद्धार गरेको  थियो । एक हप्तासम्म अस्पतालमा उपचार गराएर आइतबार सप्तरी तिलाठी कोइलाडी गाउँपालिकास्थित घर फर्किएपछि साहलाई परिवारसहित गाउँलेले स्वागत गरेका छन् ।

साहलाई परिवारका सदस्य र आफन्तले केक काटेर र मिठाई बाँडेर स्वागत गर्दै खुसी साटासाट गर्नुभएको हो ।

बाढीको कारण सम्पर्कविहीन भएका दिन बित्दै थियोे । छोराको भेटिने आश मर्दै गएको बेला छोराको उद्धार भएको सामाजिक सञ्जालमा देखेपछि भगवान्को चमत्कार भएको महसुस भएको सञ्जयका बुबा रामफल साहले बताउनुभयो ।

सञ्जयकी पत्नी लक्ष्मी साह भन्नुहुन्छ, “मेरो श्रीमान् भेटिनु हुन्छ भन्ने आश मारिसकेको बेला मेरो सिन्दूर, छोरीको बाबालाई भगवानले दोस्रो जन्म दिएर पठाउनु भएकामा भगवान्, सुरक्षाकर्मी तथा सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

साहले भन्नुभयो, “बाढी आउने जानकारी आउनासाथ हामी सावधान भयौँ तर हामीसँग समय कम थियो । बाढी आउनै लागेको जानकारी पाएका थियौँ । साथीहरूलाई निस्किन भन्दाभन्दै र आफूबाहिर निस्किने प्रयास गर्दागर्दै पानीले दिएन । एकै ठूलो छालले छोप्यो साथीहरू कहाँ कहाँ कसरी पुग्नुभयो थाहा भएन ।”

म फसेको अँध्यारो डरलाग्दो सुरुङभित्र दिन हो कि रात पत्तै हुँदैनथ्यो । दुई तीन दिन भेन्टिलेसनमा बसेर बिताए ।

एक गेडा खानेकुरा थिएन । माटो मोबिल मिसिएको धमिलो पानी कपडामा छानेर सुकिरहेको घाँटी रसाउनुको विकल्प थिएन तर नडराई महामन्त्र जप गरे । अनि हिम्मत बढ्यो । पुनर्जीवन पाएकामा खुसी लागे पनि साथीहरू अहिलेसम्म सम्पर्कमा नआएपछि दुःख लागेको छ ।”

साहले सुरुङमा बिताएको १० दिन मानवले गर्न नसक्ने सङ्घर्ष थियोे । प्रत्येक क्षण बाँच्नका लागि सङ्घर्ष भए पनि परिणाम भने मृत्युु देखिन्थ्यो । चारैतिर अँध्यारै अँध्यारो भएपछि रात र दिन छुट्याउन कठिन थियोे । बाढीेले सुरुङको स्वरूप नै परिवर्तन भएपछि बाटो पहिचान गर्ने अवस्था नभएपछि मरेतुल्य भएको महसुस हुन्थ्यो ।

उहाँले भन्नुभयो, “उद्धारकर्मीले चलाएको मेसिनको आवाज  सुनेपछि बाँच्ने आशा जागेको बताउनुभयो । उहाँले सुरुङभित्र हरेक सेकेन्ड बाँच्नका लागि गरिएको असम्भव सङ्घर्ष थियो ।”

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

एलएस हस्पिटलमा रक्तदान, १३ महिलासहित ४८ जनाले दिए रगत

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–५, नौतनस्थित एलएस हस्पिटल एन्ड मेडिकल कलेज परिसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिरामीको उपचारका क्रममा हुने रगत अभाव...

ब्रह्मकुमारीद्वारा डुम्बरवानामा बृहत् निःशुल्क आयुर्वेदिक तथा दन्त स्वास्थ्य शिविर सम्पन्न

बारा । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, डुम्बरवानाको आयोजनामा शनिबार बृहत् निःशुल्क आयुर्वेदिक स्वास्थ्य तथा दन्त क्लिनिक शिविर सम्पन्न भएको छ । ब्रह्मकुमारी ममता दिदीको अध्यक्षतामा...

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...